प्रमुख समाचार

नौ विद्यार्थी संगठनका नेता भन्छन्, प्रतिबन्ध हटाएर वार्ता गर्नुपर्छ


काठमाडौं । सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्ने भन्दै नौ विद्यार्थी संगठनहरूले सो प्रतिबन्ध हटाउन माग गरेका छन् । प्रतिबन्धको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले राजनीतिक तवरबाट समाधान खोज्न सरकारलाई सुझाक दिएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकपछि विज्ञप्ति जारी गरी सरकारको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । सरकारलाई द्वन्द्वको बाटोमा नजान पनि विद्यार्थीहरुले आग्रह गरेका छन् ।

नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले देश अशान्तितर्फ जान्छ, विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्छ, विप्लवले पनि अशान्ति मच्चाउने हैन र वार्तामा आउनुपर्छ भनेका छन् । ओली नेतृत्वको सरकारले सेना पनि आफूमातहत ल्याउन खोजेको उनको आरोप थियो । उनले भने, ‘देशमा अधिनायकवाद लाद्न खोजियो ।’ विप्लवबाट आफूलाई सुरक्षा थ्रेट भएको भन्दै केपी ओलीले सेना पनि आफैं परिचालन गर्न खोजेको उनको आरोप थियो । उनले भने, ‘यसले देशमा अशान्ति मच्चिन्छ र निरंकुशता निम्तिन्छ ।’

बैठकमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु पाचौं, नयाँशक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम नेपाल, अखिल नेपाल विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, राष्ट्रवादी विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघका नेताहरू थिए । विज्ञप्तिमा ऋषिकेशजंग शाह, आलोक रायमाझी, घनश्याम मिश्र, श्यामबाबु गौतम, चिरञ्जीवी ढकाल, विवेक राई, हरिकृष्ण गजुरेल, प्रवीण मिश्र, दुजाङ शेर्पा, ताराप्रसाद अर्याल र चिरञ्जीवी यादवले हस्ताक्षर गरेका छन् ।

आइत, चैत्र ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा गोली हाना हान

६ चैत, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना कमाण्डरलाई पक्राउ गरेको प्रहरीले दावी गरेको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ परेकाहरु विप्लव समूहका मध्यकमाण्डर रहेको प्रहरी उच्च स्रोतले बतायो...

मेलम्चीमा दातृ निकाय, राजनीतिक नेतृत्व र कर्मचारीदेखि ठेकेदारसम्मको स्वार्थ

काठमाडौं । हिउँदे ठन्डी बढेपनि पुस लाग्नसाथै काठमाडौं उपत्यका एउटा खबरले तात्यो । निर्माणको अन्तिम चरणमा रहेको मेलम्ची खानेपानी आयोजनाको ठेकेदार काम अलपत्र छाडेर भाग्न खोजेको आरोपमा ८ जनालाई प्रहरीले समात्यो, २ पुसमा । ठेकेदार कम्पनीका परियोजना व्यवस्थापक क्रिश्चियानो ग्रेचोसहित अन्य कर्मचारी समातिए । यससँगै सरकारले...

न्यूजिल्याण्डको मस्जिदमा फेसबुक लाइभ गरेरआक्रमण, ३० जनाको मृत्यु

चैत, काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई  मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणकारीको गोली लागेर ५० जना घाइते भएका छन् । उनीहरुको विभिन्न...

नेपाल बन्दः कतै आगजनी, कतै तोडफोड, कतै बम

काठमाडौँ । विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दकाक्रममा विहानै कैलाली, मकवानपुरमा ट्रक, बस र ट्याक्टरमा आगजनी भएको छ । बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । बन्दमा गाडी चलाएको भन्दै उता कैलालीको...

भरतपुर महानगरपालिका–५, कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट

२९ फागुन, चितवन । जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक...

भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरिदिए

२८ फागुन, काठमाडौं । भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरिदिएको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको बताएका हुन् । कश्मीरको पुलवा आक्रमण प्रकरणपछि भारतको केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले...