इतिहास परको कुरा

अनामणिबारे केही जिज्ञासाहरु


काभ्रे जिल्लाको उग्रचण्डी नाला गाबिस वडा वडा न.२ तुपिचा टोलमा बसोबास गरिरहेका नेवार समुदायको श्रेष्ठ परिवार अन्तर्गत रहेका एक  जाति मध्य अनामणि श्रेष्ठ एक हो /यस परिवार निक्कै परिश्रमी र मेहनेती छन् /यिनीहरु बनेपा लाइकु वरपरबाट नालामा बसाइ सराइ गरेका हुन् /हालसम्म पनि यिनीहरुको देवाली बनेपा मायोज कारखानाको पारि गोपालदास बादे श्रेष्ठको खेतको बिचमा गर्दछन / यिनीहरुलाई किन आनामनिअथवा अनामुनी किन भनियो यसमा केही तर्कहरु निम्न प्रकारका छन

१. ईश्वर राज अर्याल,नयाँ नेपालको इतिहास उन्नाइसौ संशोधन ,सम्बत २०४३ ,रत्न पुस्तक भण्डार द्वारा प्रकाशित पृष्ठ १४ मा “कल्हणका राजा तरंगिणीबाट नेपालका राजा अरमुडी संगको लड़ाइबारे केही कुरा थाहा हुन्छ “भन्ने बाक्य बाट के अड्कल गर्न सकिन्छ भने अरमुडी बाटै अनामुनी भएको होकी भन्ने अनुमान गर्न सकिन्छ / किन भने बनेपामा  परिवार राजपरिवर रहेकै नजिकै बसोबास थियो / अरमुडी संस्कृत शब्द हो /अरि को अर्थ शत्रु र मुडी को अर्थ मर्दन गर्ने भन्ने हुन्छ/

बिपिन अधिकारी ,पृथ्वी नारायण शाह यस कारण राष्ट्र निर्माता,२०७१ पुस २७ गते नेपाल राष्ट्रिय साप्ताहिक  “वास्तबमा अठारौँ शताब्दीका राजा अरमुड़ी ,बाह्रौं शताब्दीका राजा नागराज ,सत्रौं शताब्दी राजा प्रताप मल्ल र राम शाहले पनि यस हिमाबत खण्डमा एकिकरणको भगिरथ प्रयत्न गरेका छन् “यस कथन बाट यो स्पस्ट हुन्छ कि अरिमुड़ी भन्ने राजा भएको प्रमाणित हुन्छ /

२. हिन्दु धर्मको मान्यता अनुसार  आठ सिध्दिहरु रहेका छन् /तिनीहरु अणिमा ,महिमा,गरिमा,लाधिमा,प्राप्ति ,प्राकाम्य ,ईशित्व र वशीत्व छन् / अणिमा सिध्दी प्राप्त गर्ने जाति नै अनामणि भएको हुन् सक्ने बलियो तर्क छ /

आइत, चैत्र ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘भ्रमण’ भन्ने वित्तिकै घुम्ने काम वा घुमाई भन्ने बुझिन्छ । मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । परिवर्तनको अपेक्षा हरबखत गरिरहन्छ । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका सदस्यहरुलाई बाँड्ने उत्कण्ठा हरपल बोकिरहेको हुन्छ मानिसले । कुनै...

नालामा गठे मुगल चह्रे

नेपाल विविध सांस्कृतिक महत्व बोकेको मुलुक हो ।यहाँ विभिन्न समुदायहरुका आ–आफ्नै संस्कृति रहेका छन्  । नेपालमा रहेका बिभिन्न समुदाय मध्य साँस्कृतिक रुपले अत्यन्त धनी समुदाय हो नेवार समुदाय । यस समुदायको महत्वपूर्ण पर्व मध्य गठे मुंगल पर्व पनि एक हो । यो पर्व हरेक बर्षको...

नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला उपशाखा तदर्थ समितिको बिशेष कार्यक्रम सम्पन्न

श्रावण ७ गते / उग्रचण्डी भगवती मन्दिर  नाला लागंटोल परिसरमा रहेको देवानन्द सत्तलमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा,नाला उपशाखा तदर्थ समितिको अनुशिक्षण,आजीवन सदस्यताको प्रमाण र धडकन स्मारिका बितरण समारोहका साथै प्रत्यक सहभागीको रक्तचाप नाप्ने,तौल लिने,उचाई नाप्ने र कम्मर नाप्ने कार्यक्रम स’सम्पन्न भएको छ /...

भक्तपुरको पाँच तले मन्दिर निर्माणमा नालाको योगदान

नेपालको प्रशिध्द प्यागोडा शैलीको मन्दिरहरु मध्य सबै भन्दा उत्कृष्ठ मन्दिर हो भक्तपुरको पाँच तले मन्दिर /यो मन्दिर भक्तपुरको टौमडीमा रहेको छ । यस मन्दिरको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भूपतिन्द्र मल्लले बनाएका हुन्। यस मन्दिरमा ठुला पाँच तला सिंढी र त्यस माथि पाँच तल्ला मन्दिर...

अनामणि बंशावलीको आवश्यकता

नेपालमा पाइएको बंशावलीहरु मध्ये गोपाल बंशावली सबैभन्दा पुरानो बंशावली हो । यो बंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना गर्ने नेपजातीको बंशावलीको रुपमा लिएको छ । नेपाली इतिहासमा गोपालकाल र महिषपालकाल पछि मात्र किँरातकाल शुरु भएको मानिन्छ । गोपालकालको प्रमाणको रुपमा “गोपालराज बंशावली” लाई लिइने गरिएको...

महाकाव्य “बसन्तपल्लव” भित्र नालाको चर्चा

पूर्णप्रकाश नेपाल “यात्री” भोजपुर कटुन्जेमा बि.सं १९९१ मा जन्मनु भएको हो। उहा भोजपुरमा जन्मिएता पनि बिराटनगर हुदै काठमान्डौ कपनमा बसाई सरे। यात्री एक बहुआयामिक नेपाली साहित्यिक प्रतिभा हुन् । उनले कबिता काब्य,उपन्यास,निबन्ध-नियात्रा र खोज अनुसन्धानमा धेरै समय बिताए। उहाका कबिता काब्यहरुमा  वर्णाश्रम धर्म (खण्डकाव्य २००९)...