खेलकुद

नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जिते


काठमाडौं । नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण
पदक जितेका छन् । हङकङमा आइतबार ३ किलोमिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । स्वर्ण जित्ने क्रममा अजितले भारत र यमनका खेलाडीलाई पछि पारे ।

अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्ड पुरा गरे । यसअघि यो स्पर्धामा अजितको
व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेण्ड थियो। दोस्रो भएको भारतका अमितले ८ मिनेट
३६.३४ सेकेण्डको समय निकाल्दा तेस्रो भएका यमनका गुमिल अल हमातीले ८ मिनेट ३८.६० सेकेण्डको समय निकाले ।

यो समयसंगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका छन् ।
यसै वर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा
अजितले ८ मिनेट ४४.९ सेकेण्ड जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

सिनियर भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ
दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेण्ड कीर्तिमान रचेका थिए ।
युथ एथलेटिक्समा नेपालबाट अजित एक्लो सहभागी खेलाडी हुन् । अजितबाहेक उक्त स्पर्धामा
भारत, यमन र आयोजक हङकङबाट २–२ तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट १–१ खेलाडीले सहभागिता जनाएका थिए ।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।
समग्रमा भने दोश्रो पदक हो । ४५ वर्षअघि १९७३ फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।

प्रशिक्षकका रुपमा धनीराम चौधरी अजितसंगै हङकङ गएका थिए । चौधरीकै नाममा २३ वर्षसम्म ८ सय मिटर दौडमा १ मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो । गत भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सोमबहादुर कुमालले १ मिनेट ५०.२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै चौधरीको कीर्तिमान भंग गरेका थिए ।

सोम, चैत्र ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारे

११ साउन, काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ...

विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित

असार, काठमाडौं । विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो । ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको...

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदै

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ ।...

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो खेल मेला(साग)को प्रतिक र मस्टक सार्वजनिक

दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३...

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै...

प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो...