पर्यटन

काठमाडौ आइरहेको इत्तिहाद एयरको जहाज अर्को जहाजसँग आकाशमै ठोक्किनबाट जोगियो


काठमाडौँ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा दुर्घटना हुनबाट बचेका छन् ।

गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौँ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दिएको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने–सामने भएको थियो ।

‘दुई जहाज तीन नटिकल माईल, अर्थात केहि सेकेण्ड मात्र एक अर्काबाट टाढा थिए,’ पत्रिकाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । दुबै जहाजका पाइलटको सतर्कताका कारण मात्र जहाज हावामै ठोकिन जोगिएका थिए ।

भारत र पाकिस्तानका वायुसेनाबिच विवादस्पद कस्मिरमा केहि समय अघि हानाहान भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तर्राष्ट्रिय जहाज उड्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धले गर्दा व्यवसायिक जहाज पाकिस्तानी आकाश भएर उडेका छैनन् ।

त्यसको सट्टा नेपाल तथा पुर्वी एसिया जाने सबै जहाजहरु हिन्द महासागर हुँदै भारतको आकाश भएर उडीरहेका छन् । त्यसले मुम्बई लगायतका केहि भारतीय सहरमाथिका आकाशमा जहाजहरुको भीडभाड भएको छ ।

एयर कन्ट्रोल टावरलाई जहाजहरु सुरक्षित हवाईमार्गमा उडाउन कठिन परिरहेको समाचार संस्थाहरुले बताउदै आएका छन् ।

सोम, चैत्र ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने भएका छन् । त्यसका लागि अन्तरीक्ष पर्यटकहरुले एक रातको ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ । नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिँदैछ । अन्तराष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोविन ग्याटेन्सका...

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए

काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर...

 पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला

काठमाडौ : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको र...

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट (पर्यटन बजार) आयोजना

पुस, बुटवल । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट (पर्यटन बजार) आयोजना गरिने भएको छ । नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पहिलोपटक जनवरी १० देखि १२ गतेसम्म लुम्बिनी र भैरहवामा ट्राभल मार्ट आयोजना...

तिर्थ पदयात्रा पर्यटन र बागमती सभ्यता

नेपाल पद यात्रा पर्यटनको लागि बिश्व प्रसिध्द छ । हामीले यसलाइ सधै कायम राख्न  सक्नु नै बाह्य पर्यटनको क्षेत्रमा उज्वल भबिश्य देख्नु हो।  पदयात्राको मार्ग नया नया पहिल्याउनु पर्दछ।  पहिलेका पद यात्रा मार्गमा बिभिन्न भौतिक निर्माणहरुले बिस्तारै गुणात्मकमा ह्रास ल्याइराखेको हुन्छ जुन हामीले थाहै नपाइ भैरहेको...

काभ्रेको उग्रचण्डी नालामा यसकारण चाहिन्छ ग्रामीण होमस्टे पर्यटन

कृषि तथा प्राकृतिक पर्यटन ,धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनमा उग्रचण्डी नालालाइ  काभ्रेको केन्द्र  नै बनाउनु पर्दछ। उग्रचण्डी नाला यसको आसपासको क्षेत्र पनि उत्तिकै आकर्षक र मनोरम छ । यहाँको रहनसहन, धार्मिक सम्पदा र प्राकृतिक सुन्दरताको महत्वमा हामीले त्यसको अवधारणा विकसित गर्न सक्नुपर्छ । नाला आफैँमा एउटा सुन्दर सानो शहर...