शिक्षा

प्यारामाउण्टको १५ औँ वार्षिकोत्सव


काठमौँ, फागुन २४ गते शुक्रवार ।
टोखा नगरपालिका वडा नं.८, गोँगबुँ बानियाँटारस्थित प्यारामाउण्ट एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह के.सी.को सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह के.सी. प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रा.गिरिराज पौडेल विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो । त्यस्तै कार्यक्रममा टोखा नगरपालिका वडा नं.८ का अध्यक्ष केशव खत्री, प्याब्सनका काठमाडौँ जिल्ला उपाध्यक्ष प्रेम राई र सदस्य नारायण रोक्का अतिथि रहनुभएको थियो ।
त्यस अवसरमा लामो वक्तव्य दिएर गिनिज बुकमा विश्व रेकर्ड राख्न सफल अनन्तराम के.सी.लाई सम्मानपत्र र नगद रु. ५०००।– सहित सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयको स्थापनाकालदेखि हालसम्म निरन्तर उत्कष्ट सेवा पु¥याउँदै आएनुभएकोमा शिक्षिका सीता पाण्डे र कर्मचारी गमला फुयाँललाई पनि सम्मानपत्र र जनही नगद रु.५०००।– सहित सम्मान गरिएको थियो । साथै प्रमुख अतिथि के.सी.ले वार्षिक खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्लबका छात्रछात्राहरूले गीत, सङ्गीत, नृत्य, ड्रामा र कराँतेको कला प्रदर्शन गरेर उपस्थित अभिभावक तथा दर्शकहरूलाई भरपुर ज्ञान तथा मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै एकेडेमीका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले तपाईं सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी र शुभेच्छुकहरूकै साथ र सहयोगले हामी यहाँसम्म आइपुगेका छौँ, यो साथ र सहयोग भविष्यका दिनमा पनि हामीलाई निरन्तर प्राप्त भइरहोस् भन्ने आशा गर्दछौँ, भन्नुभयो । 

सोम, चैत्र ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरे

७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए । बोर्डले...

केयूमा ११ दिनदेखि ताला, उपकुलपतिको टोली कोरिया भ्रमणमा

भदौ, काभ्रे । काठमाडौं विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेको एघारौं दिन पुगेको छ । तर, ताला खुलाउन पहल नगरी उपकुलपति रामकण्ठ माकाजु नेतृत्वको टोली आइतबार दक्षिण कोरिया भ्रमणमा जाँदै छ । माकाजुसँगै डा. विष्णुप्रसाद पाण्डे, डा. संगीता शाक्य र सुनन्दा शर्मा आइतबार कोरिया जान लागेका...

ह्याण्ड राइटिङमा श्रेया उत्कृष्ट

काठमाडौँ Edu Tech सामाखुसी, काठमाडौँले अन्तर्रास्ट्रिय बालदिवस २०१८ को उपलक्ष्यमा आयोजना गरेको ‘अन्तर विद्यालय उपत्यकाव्यापी ह्याण्ड राइटिङ प्रतियोगिता’ मा टोखा नगरपालिका, वडा नं. ८, गोँगबुँ, बानियाँटारस्थित प्यारामाउण्ट एकेडेमीकी कक्षा-८ की छात्रा श्रेया गौतम प्रथम स्थान हासिल गर्न सफल भइन् । उपत्यकाभित्रका सयौँ प्रतियोगीहरूलाई पछि पार्दै प्रथम हुन...

Ambassador of Japan Mr. Masamichi Saigo inaugurated the Children’s Home

Ambassador of Japan Mr. Masamichi Saigo inaugurated the Children’s Home in Samundra Devi Khola of Nuwakot District. The Embassy of Japan extended a grant of approximately 9 million rupees to Smile Nepal (NGO) to construct the Home for children in vulnerable conditions like unaccompanied street-living...

राहत तथा बालविकास शिक्षकहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप

१९ फागुन, काठमाडौं । राहत तथा बालविकास शिक्षकहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ वानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा हानेको हो । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोरा प्रयोग गरेको हो । ...

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९,१०,११ र १२ को नयाँ पाठ्यक्रम स्वीकृत गरे

काठमाडौ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९,१०,११ र १२ को नयाँ पाठ्यक्रम स्वीकृत गरेको छ । अब यी तहमा यसै शैक्षिक शत्रदेखि नयाँ पाठ्यक्रम लागु हुनेछ । मन्त्रालयले स्वीकृत गरेको पाठ्यक्रम हामीले तल प्रस्तुत गरेका छौ । सबै विद्यार्थी, अभिभावकको सामाजिक...