साहित्य गतिबिधि

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी


काठमाडौँ, चैत्र ७ गते ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को भव्य आयोजना गर्ने गरेको सुनाउँदै कवि र कविताको सम्मानमा युनेस्कोले कविताको पठन संस्कृतिको विकास, यसको महत्व र गरिमाको सम्मानार्थ विश्व कविता दिवसको थालनी गरेको उल्लेख गर्नुभयो । उहाँले कविता दिवसलाई देशभरि उत्सवका रूपमा मनाइनु पर्नेमा जोड दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविहरूले विश्वमा कवितालाई नयाँ उचाईमा पु¥याउनका लागि गरेको योगदानको कदर गर्दै विश्व कविता दिवसको परम्परा थालनी भएको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानले नयाँ तथा पुराना सबै पुस्ताका कविलाई निम्त्याएर कविता वाचन गर्ने गरेको उल्लेख गर्दै कार्यक्रममा वाचित कविताहरूले कविता दिवसलाई सार्थक बनाएको विचार व्यक्त गर्नुभयो ।
काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेलले कविता सुनाउने कुराले मात्र होइन, सुन्ने र मनन गर्ने कुराले पनि कविताप्रतिको सम्मान प्रकट हुने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् प्रज्ञा–प्रतिष्ठान–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरेले विविध कविका विविध भाव र लयका कविताले आफूलाई आल्हादित बनाएको बताउँदै कविता भनेको कृष्ण मन्दिर र न्यातपोलजस्तो हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रा कविता लेख्न निरन्तर साधना र काव्यिक सत्सङ्ग चाहिन्छ ।”
सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले सन् १९९९ मार्च २१ का दिनलाई फ्रान्सको पेरिसमा सम्पन्न युनेस्कोको बैठकले विश्व कविता दिवस मनाउने युगान्तकारी निर्णय गरेको बताउँदै मानवता र मानवीयतालाई जोड्न र भातृत्व सम्बन्धलाई प्रगाढ बनाउने काम कविता दिवसले गर्ने जिकिर गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको निर्णयअनुसार सन् १९९९ मार्चको २१ का दिनदेखि विश्वकविता दिवस मनाउन थालिएको थियो । गोष्ठीमा २७ जना कविले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो 

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मनमतीमा तीन कृतिको लोकार्पण

काठमाडौँ, चैत्र २२ गते । मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष...

मैनाली कथा सम्मान विजय सागरलाई प्रदान

काठमाडौँ, चैत १९ गते । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको सहकार्यमा साहित्यिक पत्रकार संघले ‘३७ औं कथा दिवस’ समारोहको आयोजना ग¥यो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरी प्रमुख अतिथि रहनुभएको थियो । सो अवसरमा कथाकार विजय सागर (भैरहवा) लाई २०७५...

नियात्रा लेखनमा घनश्याम राजकर्णिकारको चर्चा !

काठमाडौँ, चैत २३ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको नियात्रा महिला समितिले ‘नियात्रा उत्सव’ कार्यक्रम राजधानीमा आयोजना ग¥यो । उद्घाटन वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले गर्नुभएको थियो । कार्यक्रमको उदेश्य र महत्वमाथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पार्नुभएको थियो । समितिका सयोजक सरु सुवेदीको सभापतित्वमा सम्पन्न...

साहित्यकार खेलकुद समाज (साखेस) नेपालको साहित्यिक वनभोज

काभ्रे (नाला), चैत्र ९ गते शनिवार । साहित्यकार खेलकुद समाज नेपालले आयोजना गरेको वनभोज कार्यक्रम काभ्रेको नाला, सानोवन स्थित सिद्धार्थ युनिभर्सिटीको गुम्बा परिसरमा सम्म्पन्न भएको छ । साखेस नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको वनभोजमा कार्यक्रम यो वर्ष तेस्रो हो । यसअघि यसले २०७३ मा पहिलो...

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । बुधबार अनामनगरमा एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो। कार्यक्रममा  गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, पोखराका गजलकार पीताम्बर प्रकटका साथमा गजलकार शैलीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए...