अन्तर्राष्ट्रिय पर्यटन

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए


काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर अन्र्तगत नेपाली श्रमिकले पाउने पारिश्रमिक जापानी कामदारले सोही कामका लागि पाउने पारिश्रमिक सरह वा त्यो भन्दा पनि बढी हुनेछ । प्रत्येक कामदारलाई सहायता योजना अन्तर्गत जापानमा दैनिक जीवन यापन सम्बन्धी,अभिमुखीकरण भाषा सिक्नका लागि श्रमिकको बसाई र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा, गुनासो व्यवस्थापनका विषय समेत समेटिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम समझदारीले नेपाल र जापानको सम्बन्धलाई अझ उचाइमा पुर्याएको उल्लेख गरे । सरकारले लामो समयदेखि सुरक्षित र मर्यादित गन्तव्यमा नेपाली कामदार जान पाउन भनेर वकालत गर्दै आएकोमा यस खालको समझ्दारीले सहयोग पुर्याएको मन्त्री विष्टको भनाइ छ ।श्रमिक भर्ना र भाषा परीक्षाका लागि विभाग अन्तर्गत छुट्टै संयन्त्रविशेष दक्ष कामदारका लागि नेपाली श्रमिकहरुको भर्ना, जापानी भाषा परीक्षा तथा सीप परीक्षणके लागि

वैदेशिक रोजगार विभाग अन्तगत एउटा छुट्र्टै संयन्त्र खडा गरिनेछ । सो संयन्त्रको नाम के राख्ने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । यस समझदारीलाई कार्यान्वयन गर्नका लागि दुबै देशका प्रतिनिधि रहने गरी संयुक्त समितिको गठन गरिएको छ । सो समितिले स्पेसिफिक स्किल्ड वर्कर अन्तर्गत नेपाली श्रमिकहरुको भर्ना, रोजगारी र स्वदेश फिर्ती लगायतका विषयमा अपनाइने विधि र प्रक्रिया टुंगो लगाउनेछ । यी क्षेत्रमा पाउनेछन् नेपाली कामदारले काआगामी अप्रिलदेखि बृद्धाबृद्धको स्याहार सुसार, कृषि, सवारी साधनको मर्मत, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन,आवास उद्योग, इलेक्ट्रोनिक्स ,सुचना प्रविधि उद्योग लगायतका १४ क्षेत्रमा १८ वर्ष पुगेका ३ लाख ४ हजार विदेशी कामदार जापानले लैजानेछ ।जापानले पछिल्लो समय श्रम अभाव झेल्दै आएको छ । जापान सरकारले आफ्नो स्वेतपत्रमार्फत जापानमा विगत २० वर्षदेखि कामदारको अभाव हुँदै आएको र सो अभाव पछिल्लो समय झन् झन् चुलिँदै गएको भनेको थियो ।विदेशी कामदार भित्र्याउन जापान सरकारले सन २०१९ का लागि १६ दशमलव ३ अर्ब जापानी येन बजेट छुट्याएको छ । जापानले विभिन्न १४ क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो । जापानी राजदूत मासामिचि साइगोले आवश्यकता अनुसार नेपाली कामदार लैजाने बताए ।

सोम, चैत्र ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ

साउन, काठमाडौं । बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ । नेपाल पर्यटन बोर्डका अनुसार बोर्ड र बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान शुरु भएको छ । त्यसक्रममा करिब ६० वटा रुटमास्टर बसमा नेपालको पोस्टर टाँसिएको छ । पोस्टर अंकित बसहरु...

नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने भएका छन् । त्यसका लागि अन्तरीक्ष पर्यटकहरुले एक रातको ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ । नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिँदैछ । अन्तराष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोविन ग्याटेन्सका...

जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दै

बैशाख १७ – जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर...

काठमाडौ आइरहेको इत्तिहाद एयरको जहाज अर्को जहाजसँग आकाशमै ठोक्किनबाट जोगियो

काठमाडौँ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा दुर्घटना हुनबाट बचेका छन् । गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौँ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,०००...

 पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला

काठमाडौ : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको र...

अमेरिकाले आफ्नो देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण

अमेरिकाको पछि लागेर सत्ता विप्लवमा लागेका भेनेजुयलाका विपक्षी नेतामाथी कारवाहीको माग गरिएको छ । त्यहाँका महाधिवक्ताले नै शीर्ष अदालतसँग विपक्षी नेता खुआन गोइदोमाथि देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता फ्रिज गरिदिन अपिल गरेका हुन् । मंगलबार भेनेजुएलाका अटोर्नी जनरल तारेक विलियम सआमले यस्तो माग...