खेलकुद

भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गए


बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गएको छ । ज्यान जानेमा १८ वर्षीय आनन्द विक रहेका छन् ।आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले विकलाई लौरोले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।घाइते विकको जिल्ला अस्पतालमा उपचार हुन नसके पछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको सोमबार बिहान अत्तरिया पुग्दै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भैरहको छ । घटनामा संग्लग्न दुवैजना फरार रहेको बतायएको छ ।काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर अन्र्तगत नेपाली श्रमिकले पाउने पारिश्रमिक जापानी कामदारले सोही कामका लागि पाउने पारिश्रमिक सरह वा त्यो भन्दा पनि बढी हुनेछ । प्रत्येक कामदारलाई सहायता योजना अन्तर्गत जापानमा दैनिक जीवन यापन सम्बन्धी,अभिमुखीकरण भाषा सिक्नका लागि श्रमिकको बसाई र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा, गुनासो व्यवस्थापनका विषय समेत समेटिएको छ । श्रम रोजगार तथा सामाजिक

सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम समझदारीले नेपाल र जापानको सम्बन्धलाई अझ उचाइमा पुर्याएको उल्लेख गरे । सरकारले लामो समयदेखि सुरक्षित र मर्यादित गन्तव्यमा नेपाली कामदार जान पाउन भनेर वकालत गर्दै आएकोमा यस खालको समझ्दारीले सहयोग पुर्याएको मन्त्री विष्टको भनाइ छ ।श्रमिक भर्ना र भाषा परीक्षाका लागि विभाग अन्तर्गत छुट्टै संयन्त्रविशेष दक्ष कामदारका लागि नेपाली श्रमिकहरुको भर्ना, जापानी भाषा परीक्षा तथा सीप परीक्षणके लागि वैदेशिक रोजगार विभाग अन्तगत एउटा छुट्र्टै संयन्त्र खडा गरिनेछ । सो संयन्त्रको नाम के राख्ने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । यस समझदारीलाई कार्यान्वयन गर्नका लागि दुबै देशका प्रतिनिधि रहने गरी संयुक्त समितिको गठन गरिएको छ । सो समितिले स्पेसिफिक स्किल्ड वर्कर अन्तर्गत नेपाली श्रमिकहरुको भर्ना, रोजगारी र स्वदेश फिर्ती लगायतका विषयमा अपनाइने विधि र प्रक्रिया टुंगो लगाउनेछ । यी क्षेत्रमा पाउनेछन् नेपाली कामदारले काआगामी अप्रिलदेखि बृद्धाबृद्धको स्याहार सुसार, कृषि, सवारी साधनको मर्मत, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन,आवास उद्योग, इलेक्ट्रोनिक्स ,सुचना प्रविधि उद्योग लगायतका १४ क्षेत्रमा १८ वर्ष पुगेका ३ लाख ४ हजार विदेशी कामदार जापानले लैजानेछ ।जापानले पछिल्लो समय श्रम अभाव झेल्दै आएको छ । जापान सरकारले आफ्नो स्वेतपत्रमार्फत जापानमा विगत २० वर्षदेखि कामदारको अभाव हुँदै आएको र सो अभाव पछिल्लो समय झन् झन् चुलिँदै गएको भनेको थियो ।विदेशी कामदार भित्र्याउन जापान सरकारले सन २०१९ का लागि १६ दशमलव ३ अर्ब जापानी येन बजेट छुट्याएको छ । जापानले विभिन्न १४ क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो । जापानी राजदूत मासामिचि साइगोले आवश्यकता अनुसार नेपाली कामदार लैजाने बताए ।

सोम, चैत्र ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

फुटबल प्रतियोगिता विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चले

२० असोज, बनेपा । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “एक राउण्ड गोली...

सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले १३ खेलमा भाग लिने

चीनको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले भाग लिने भएको छ। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो। ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका...

असोज ११ गतेदेखिअन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप आयोजना गरिने

असोज, विराटनगर । झापामा अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप आयोजना गरिने भएको छ । असोज ११ गतेदेखि झापाको झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपालका ६ वटा क्लब र भारतका २ वटा क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १२ लाख...

एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त

एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त गरेको छ । चार खेलमा २ हार एक जित र एक बराबरी खेलको नेपालले चार अंकका साथ समूहमा चौथो स्थानमा रहदै प्रतियोगिता समाप्त गर्‍यो । जोर्डनमा भएको खेलमा नेपालले समूहको अन्तिम खेलमा श्रीलंकालाई तीन–शून्यले हरायो । खेलको...

नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने

नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने भएको छ । यसअघि २० गते हुने भनिएको चुनाव अदालतको आदेशका कारण स्थगित भएको थियो । चुनाव सातदोबाटोमा रहेकाे कमिटीको कार्यालयमा बिहान आठ बजे सुरु हुने छ । यसअघि चुनाव स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य...

टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारे

११ साउन, काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ...