साहित्य गतिबिधि

साहित्यकार खेलकुद समाज (साखेस) नेपालको साहित्यिक वनभोज


khelkud

काभ्रे (नाला), चैत्र ९ गते शनिवार ।
साहित्यकार खेलकुद समाज नेपालले आयोजना गरेको वनभोज कार्यक्रम काभ्रेको नाला, सानोवन स्थित सिद्धार्थ युनिभर्सिटीको गुम्बा परिसरमा सम्म्पन्न भएको छ । साखेस नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको वनभोजमा कार्यक्रम यो वर्ष तेस्रो हो । यसअघि यसले २०७३ मा पहिलो काभ्रेको दोलालघाट र २०७४ मा दोस्रो धुलिखेलमा आयोजना गरेको थियो ।
चैत्र ९ गते बिहान ८ बजे काठमाडौँको गोँगबुँबाट सहभागीहरूलाई लिँदै वनभोज स्थलतर्पm हिडेको बस १० बजे नालाको प्रसिद्ध करुणामय मन्दिर पुग्दा नाला समाजका पदाधिकारीहरूले सगुनसिहतको प्रसाद दिएर सहभागी साहित्यकारहरूको स्वागत गर्नुभएको थियो । ऐतिहासिक नालाबजारको अवलोकन गर्दै त्यसपछि सहभागीहरूको यात्रा नालाभगवती मन्दिर पुगेको थियो । नालाभगवतीको पूजाआजा र दर्शनपछि नालाबजारबाट करिब एक किलोमिटरमाथि मनोरम स्थानमा रहेको वनभोज स्थल सिद्धार्थ युनिभर्सिटीको गुम्बा परिसरमा हामी झण्डै ११ः३० बजे पुगेका थियौँ ।
उग्रचण्डी पार्टी प्यालेसले व्यवस्थापन गरेको खानपिन र ध्वनि व्यवस्थापनलगायत अन्य चाँजोपाँजो सारै नै व्यवस्थित र उपयुक्त रहेको थियो । कार्यक्रम स्थल पुगेदेखि सहभागीहरूले अति हर्षोल्लासका साथ विभिन्न मनोरञ्जन, खेलकुद, रचनावाचन, जङ्गल भ्रमण र फोटो खिच्नेजस्ता कार्यहरू निरन्तर गरिरहनुभएको थियो । नाचगानको कार्यक्रम निरन्तर दिनभरि नै रहिरह्यो । सबैले नाच्नुभयो । सबैले गाउनुभयो । यसरी सिङ्गो दिनभरिमा पनि धित नमर्दानमर्दै खानपिन सकेर हामी साँझ ५ बजे काठमाडौँतर्फ फर्कियौँ । बाटोभरि पनि दोहोरी चलिनै रह्यो । बिहान ८ बजे गोँगबुँबाट सुरु गरेको यात्रा साँझ ७ बजे गोँगबुँमै आएर त्यसदिनको यात्रा अन्त्य भएको थियो ।
कार्यक्रममा गङ्गा कर्मचार्य पौडेल, डा. शैलेन्दुप्रकाश नेपाल, तेजप्रकाश बाँनिया, डा. शेषराज आचार्य, राधेश्याम लेकाली, गुप्तबहादुर श्रेष्ठ, पुष्करराज अथक रेग्मी (पाल्पा), टंकबहादुर खत्री, रत्नप्रसाद अनामणि श्रेष्ठ, जसध्वज गुरूङ, डा. गोपाल पौडेल, सीता बिष्ट कार्की, सरस्वती चिमोरीया (काभ्रे), कृष्णदेव रिमाल, कृष्णप्रसाद अधिकारी, माधवलाल श्रेष्ठ, भगवती रोक्का भूमिका, दुर्गाप्रसाद अधिकारी, द्वारिका कुइकेल, बेनिबहादुर थापा, मुरलीप्रसाद ढकाल, चमेली श्रेष्ठ, गङ्गा आचार्य (सितापाइला), प्रलाद लामिछाने, तोयनाथ घिमिरे (जनकपुर), भवानी मैया पन्त, डिल्लीप्रसाद मुलतिउन, श्यामराज पाठक, गीता खनाल, राधादेवी पाण्डे, सानू शर्मा, जानुका थापा, उत्तम विचार भेटुवाल, गङ्गा आचार्य (नुवाकोट), चन्द्रकला आचार्य, उषा के.सी., प्रशान्त डंगोल, भोला पौडेल, दीपेन्द्र भुजेल, लालकाजी श्रेष्ठ, धरणीधर गुराँगाई, तारा के.सी. र उमेश पाण्डेको सहभागिता रहेको थियो ।
यसअघि कार्यक्रमलाई सफल बनाउनको लागि डा.शैलेन्दुप्रकाश नेपाल, अधिवक्ता कृष्णप्रसाद अधिकारी र रत्नप्रसाद अनामणि श्रेष्ठको मूल समिति र तारा के.सी., प्रशान्त डंगोल र सानु शर्मा रहेको ३ सदस्यीय कार्यक्रम संयोजन समिति गठन गरिएको थियो ।

मङ्ल, चैत्र १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मनमतीमा तीन कृतिको लोकार्पण

काठमाडौँ, चैत्र २२ गते । मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष...

मैनाली कथा सम्मान विजय सागरलाई प्रदान

काठमाडौँ, चैत १९ गते । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको सहकार्यमा साहित्यिक पत्रकार संघले ‘३७ औं कथा दिवस’ समारोहको आयोजना ग¥यो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरी प्रमुख अतिथि रहनुभएको थियो । सो अवसरमा कथाकार विजय सागर (भैरहवा) लाई २०७५...

नियात्रा लेखनमा घनश्याम राजकर्णिकारको चर्चा !

काठमाडौँ, चैत २३ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको नियात्रा महिला समितिले ‘नियात्रा उत्सव’ कार्यक्रम राजधानीमा आयोजना ग¥यो । उद्घाटन वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले गर्नुभएको थियो । कार्यक्रमको उदेश्य र महत्वमाथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पार्नुभएको थियो । समितिका सयोजक सरु सुवेदीको सभापतित्वमा सम्पन्न...

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । बुधबार अनामनगरमा एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो। कार्यक्रममा  गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, पोखराका गजलकार पीताम्बर प्रकटका साथमा गजलकार शैलीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए...