स्थानीय समाचार

टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई र भूतखेलमा खानेपानी ट्यांकी बनाउन सहयोग रकम प्रदान


टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई ५० हजार र भूतखेलमा खानेपानी ट्यांकी बनाउन ५० हजार रुपियाँ सहयोग रकम प्रदान गरेको छ । ‘‘सांस्कृतिक संरक्षित क्षेत्र” टोखामा बिस्केट जात्राको तयारी भैरहेको अवस्थामा स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकार साथै स्थानीय अभियन्ताहरुको सहभागितामा ‘‘टोखा सांस्कृतिक पर्यटन यात्रा” को आयोजना गरिएको थियो ।

टोखा क्यब मिनी वाटर फन पार्कका अध्यक्ष सुशान्त डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पर्यटनविद् कर्ण शाक्यले टोखा कला, कौशल र शीपमा धनी रहेको उल्लेख गर्दै सकारात्मक सोचबाट समाजमा परिवर्तन हुन सक्ने कुरामा जोड दिनुभयो । पत्रकारहरुले सांस्कृतिक संरक्षित क्षेत्र टोखाको अवलोकन भ्रमण गरेको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वडा नम्बर २ का अध्यक्ष दीपकराज जोशी र नेवाः पत्रकार कोषका अध्यक्ष कुमार रञ्जितले टोखाको सांस्कृतिक सम्पदा संरक्षणमा हुँदै आएका र भैरहेका गतिविधिबारे बोल्नुभएको थियो । टोखा संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डंगोलले स्वागत गर्नुभएको कार्यक्रममा नेवाः गुथि, न्यूयोर्कका निवर्तमान अध्यक्ष समीर महर्जन, उपाध्यक्ष विजयमान सिंह, टोखा नगरपालिकाका उप–प्रमुख ज्ञानमाया डंगोल, वडा नम्बर ३ का अध्यक्ष सिंहराज श्रेष्ठ र योग गुरु हरिओम अधिकारी, वरिष्ठ सञ्चारकर्मी प्रकाश प्रकाश उपाध्याय अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा टोखा सकारात्मक सोच समूह गठनको घोषणा पनि गरिएको थियो । कार्यक्रममा ब्लड डोनर्स एशोसियसनका सल्लाहकार राजेन्द्र कुमार श्रेष्ठले पनि नेवाः पत्रकार कोषलाई १० हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।

मङ्ल, चैत्र १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरे

१३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । पीडितका परिवारले दिएको किटानी जाहेरेको...

खुलामञ्च खाली गराउन उपमेयरको पत्राचार

मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् । उनले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई समेत बोधार्थ दिएर...

प्रथम बर्षमा १० जना नेपाल भाषाका विद्यार्थीभएमा मात्रै कक्षा हुने

काठमाडौं / गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोल सह—सचिव इन्द्रमान महर्जन साथै कोषाध्यक्षमा गंगादेवी...

भाषा, संस्कृति जाेगाउन १५ दिने ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन

काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः...

नेपाल शान्ति स्काउट आफ्नो लक्ष र गतिबिधिमा अग्रसर हुँदै !!

कार्त्तिक २८, बुधबार, २०७५, काठमाण्डौं – इन्दिरा वाग्ले शर्मा ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।’ बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित...

नियम पालना नगर्ने सवारि चालकलाई खादा लगाइ फूलको गुच्छा दिने अभियान सुरु

गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक...