इतिहास

सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भए


सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए । सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीले जनाएको छ ।

ती सिक्का १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ । ‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ ।

सडक खन्ने क्रममा चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

बुध, चैत्र १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालीहरुको महान पर्व बडा दशैं आज पहिलो दिन घटस्थापना

१२ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी...

पाँच तले मन्दिर बनाइ सकेपछि नाला भगवतीमा पनि पुजा गरे

नेपालको प्रशिध्द मन्दिरहरु मध्य भक्तपुरको पाँच तले मन्दिर पनि एक हो / यो मन्दिर भक्तपुरका राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको हो / पाँच तले मन्दिर बनाइ सकेपछि मुर्ति प्रतिष्ठाको निमित्त ४८ दिन सम्म सिध्दाग्नी कोत्याहुति देवल प्रतिष्ठा कृत्य कार्यक्रम गरेको थियो /उक्त कार्यक्रममा शुरुमा अग्नि...

जातक कथा के हो ?

‘जातक’ भगवान बुद्धको पूर्व जन्म सम्बन्धी कथाहरु हुन/ जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । जातकको वर्तमान रूपमा ५४७ जातक कथाहरु पाईन्छ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन ।  जातकट्ठवण्णनाकार ले विषयवस्तुको दृष्टिले यसलाई पाँच वर्गहरुमा विभाजित गरेकोछ- •...

मङ्गलबार चतुर्थी तिथि भए पनि गणेश चतुर्थी सोमबार नै गर्नुपर्ने ज्योतिषीहरूको राय

सामान्य ज्योतिषीय मान्यता छ, ‘लाग्दो तिथि, छोड्दो व्रत’। यसै मान्यताबमोजिम गणेश चतुर्थी मङ्गलबार मनाउनुपर्ने तर्क पनि उठेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने सोमबार तृतीया तिथिका दिन हरितालिका तीजसँगै यो पर्व जनाएको छ। सोमबार बिहान सूर्योदयका बेला चन्द्रमानअनुसार तृतीया तिथि परेको छ। त्यसैले पात्रोमा सोमबार तृतीया तिथि...

भक्तपुरको पाँच तले मन्दिर निर्माणमा नालाको योगदान

नेपालको प्रशिध्द प्यागोडा शैलीको मन्दिरहरु मध्य सबै भन्दा उत्कृष्ठ मन्दिर हो भक्तपुरको पाँच तले मन्दिर /यो मन्दिर भक्तपुरको टौमडीमा रहेको छ । यस मन्दिरको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भूपतिन्द्र मल्लले बनाएका हुन्। यस मन्दिरमा ठुला पाँच तला सिंढी र त्यस माथि पाँच तल्ला मन्दिर...

अनामणि बंशावलीको आवश्यकता

नेपालमा पाइएको बंशावलीहरु मध्ये गोपाल बंशावली सबैभन्दा पुरानो बंशावली हो । यो बंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना गर्ने नेपजातीको बंशावलीको रुपमा लिएको छ । नेपाली इतिहासमा गोपालकाल र महिषपालकाल पछि मात्र किँरातकाल शुरु भएको मानिन्छ । गोपालकालको प्रमाणको रुपमा “गोपालराज बंशावली” लाई लिइने गरिएको...