संस्कृति/धर्म

गुप्तेश्वर महादेव गुफा


एजेन्सी, संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिका ४ लिङलिङ खानी स्थित रहेको गुप्तेश्वर महादेव गुफा गुम्नाम बनेको छ । आदीमकालमा डोलटार भन्ने ठाउँमा गाई चरन रहेको र चरनका क्रममा गाई हराए पछी खोज्ने क्रममा गुफा भित्रबाट गाईको आवाज आएको र गुफा पत्ता लागेको किम्बदन्ती छ । विभिन्न आकृतिका शिलाबाट निर्माण भएको प्राकृतिक गुफामा महादेवको पुजा गरिन्छ ।

यहाँ माघे संक्रान्ति र हरिबोधनी एकादशीका दिन धार्मिक मेला लाग्ने गरेको छ । अन्य समयमा पनि यहाँ रुद्री लगाउने गरिन्छ । धार्मिक अस्तित्वको यो गुफा प्रचार अभावमा ओझेलमा परेको हो । यो गुफामा मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो गुफामा पुजा गर्नाले सन्तान प्राप्ति तथा दिर्घायु र स्वास्थ्य लाभ हुने स्थानीय सिता श्रेष्ठले बताइन् ।

गुफामा पुजा गर्न छिमेकी जिल्ला भोजपुर, धनकुटा र तेह्रथुमबाट पनि भक्तजनहरु आउने गरेका छन् । तर भक्तजनहरु आउने र बास बस्न नजिकै बस्ती नभएकाले समस्या हुने गरेको छ । गुफा भित्र स्थानीय बुद्धी श्रेष्ठ र सीता श्रेष्ठका दम्पतिले ५० हजार खर्च गरेर विजुली बत्तीको व्यवस्था गरिदिएका छन् । साबिक वाना गाविसले गुफासम्म पुग्न सडकको ट्रयाक ओपन, रेलिङ र सिढी निर्माण गरेको थियो । तर भिरको बाटो भएकाले अहिले नगरपालिकाको ३ लाख रुपैंयाको बजेटले थप रेलिङ तथा सिढी निर्माणको काम भइरहेको छ भने सडकको स्तरोन्नतीको काम भएको वडाअध्यक्ष काजी बहादुर तामाङले बताए ।

सदरमुकामबाट नजिकै रहेको यो गुफा जति चर्चा हुनु पर्ने हो त्यति हुन सकेको छैन । गुफाको थप प्रचार गर्न गुफासम्म पुग्ने सडकलाई स्तरोन्नती गरी बाह्रै महिना सडक सञ्चालन गर्नु पर्ने छ । भने गुफाको महत्व र धार्मिक आस्थाको केन्द्रको रुपमा विकास गर्न सके यसको अस्तित्व चुलिने निश्चित छ । पुर्बेलिन्युज, काठमाडौं।

बुध, चैत्र १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

जनैपूर्णिमाका केही झलकहरु

आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई...

नालामा गुँला पर्व

गुँला नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यसलाई गुँला भनिएको हो । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुने गर्छ । नेपाल संवतको  गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना गुँला पर्व मनाइन्छ । यस महिनाका पक्षहरूलाई गुँलाथ्व र गुँलागा भन्ने गरिन्छ। यो...

नालामा गठे मुगल चह्रे

नेपाल विविध सांस्कृतिक महत्व बोकेको मुलुक हो ।यहाँ विभिन्न समुदायहरुका आ–आफ्नै संस्कृति रहेका छन्  । नेपालमा रहेका बिभिन्न समुदाय मध्य साँस्कृतिक रुपले अत्यन्त धनी समुदाय हो नेवार समुदाय । यस समुदायको महत्वपूर्ण पर्व मध्य गठे मुंगल पर्व पनि एक हो । यो पर्व हरेक बर्षको...

चन्द्र ग्रहण लागेको बेला के गर्ने, के नगर्ने (भिडिओ सहित )

सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका हुन्छन् । यही क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा पर्छ । ग्रहहरुको यस अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भन्छौं । खण्डग्रास चन्द्रग्रहणमा के गर्ने, के नगर्ने भन्ने कुरा गर्दा कतिपयलाई यो...

नालामा महालक्ष्मीको जात्रा आज अन्तिम दिन

आज नाला प्राचिन शहरमा महालक्ष्मीको चौथो दिन(अन्तिम दिनको )जात्रा हुदैछ/ आजको दिनमा अथवा  बैशाख शुक्लपक्षको पंचमी दिन नालाबासीले ख ल्वाकेगु दिनको रुपमा लिने गरिन्छ/नाला लागन टोलमा रहेको महालक्ष्मीको मुर्तिलाई रथमा राखी नालाशहर परिक्रमा गरिन्छ/ठाउं  ठाउंमा बिसाएर निकै रमाइलो गरि जात्रा संचालन गरिन्छ /बिभिन्न बाजागाजाका साथ...

ल्हासाबाट भित्रिएको मासुको परिकार ‘गोर्मा’

नेवार समुदायका शाक्य,बज्राचार्य र तुलाधरहरु मल्लकालीन समयमा ल्हासामा निक्कै ब्यापार गर्दथे/ सोहि समयमा ल्हासाबाट सिकेरआएको मासुको परिकार नै ‘गोर्मा’ हो/ यो परिकार विशेषगरि नेवारी समुदायको तुलाधर,बज्राचार्य र शाक्य जातिको ठुलाठुला भोजहरुमा यो परिकार बनाउने गरिन्छ/ बास्तबमा ‘गोर्मा’ शब्द नेवारी होइन/ यो तिब्बती शब्द हो/ तिब्बती...