खेलकुद

प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने


काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो ।

पटक पटक मिति सरिसकेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे अन्यौलता छाएपछि युवा तथा खेलकुद मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो । शुक्रबार बसेको बोर्ड बैठकले अब नसर्ने गरी मिति तोकेको हो ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालका अनुसार वैशाखमा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । उनले भने, ‘बैठकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म गर्ने निर्णय गरेको छ ।’

प्रतियोगिताको उद्घाटन हुने भनिएको नेपालगञ्ज रंगशलाको निर्माण कार्य नसकेपछि अन्यौलता छाएको थियो । अहिले रंगशालाको भीआईपी प्याराफिट जडानको कार्य धमाधम भइरहेको छ ।

शनि, चैत्र १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भक्तपुरमा बक्सिङ खेलाडी गोसाई मृत भेटिइन्

काठमाडौं । सशस्त्र प्रहरी बलकोतर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ । झुण्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको भनिएको छ । शवलाई पोष्टमार्टमका...

बागमती प्रदेशस्तरिय तेक्वान्दो थ्री डान ग्रेडिङ सम्पन्न

काठमाडौ । नेपाल तेक्वान्दो संघको नियमित ग्रेडिङ कार्यक्रम अन्तर्गत नेपाल तेक्वान्दो संघ बागमती प्रदेश द्वारा ४६ औं ब्याजको तेस्रो डानको ग्रेडिङ गोठाटार तेक्वान्दो दोजाङ्गमा सम्पन्न भएको छ। बागमती प्रदेश भित्र रहेका १३ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सांसद मिनकृष्ण महर्जनको...

१९औँ एसियाली खेलकुद औपचारिक रूपमा चीनको हाङ्जाउमा भव्य र वातावरणमैत्री उद्घाटन

कोभिड-१९ महामारीका कारण २०२२ देखि स्थगित भएको १९औँ एसियाली खेलकुद औपचारिक रूपमा सेप्टेम्बर २३, २०२३ शनिबार चीनको हाङ्जाउमा भव्य र वातावरणमैत्री उद्घाटन समारोहका साथ सुरु भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले ८० हजार दर्शक र हजारौं कलाकारले खचाखच भरिएको हाङ्झाउ ओलम्पिक खेलकुद केन्द्र स्टेडियममा खेलहरू सुरू...

विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै

विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति...

घनामङ्गलको ब्याडमिन्टन भब्यरुपमा अगाडी बढ्दै

कागेश्वरी मनहरा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०७९ धमाधम भैरहेको छ। काठमाडौको कागेश्वोरी मनहरा अमरसिंह चोक मा संचालित यो प्रतियोगितामा २६ टीम सहभागी रहेका छन भने भेट्रान तर्फ ११ टीमले सहभागिता जनायको कुरा आयोजक घनामङ्गल युथ फोरम फर सोसाइटी ले जानकारी दिएको छ।हिजोदेखि सुरु भयको उक्त...

प्रथम मेयर कप दोस्रो पुरुष तथा महिला राष्ट्रब्यापी क्योकुशिनकाई कराते डो प्रतियोगिता भब्य रुपमा सम्पन्न

नाला इन्टरनेशनल क्योकुशिनकाई कराते डो को आयोजनामा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। प्रथम मेयर कप दोस्रो पुरुष तथा महिला राष्ट्रब्यापी कराँते प्रतियोगिता यहि मंशिर १७ र १८ गते काभ्रे बनेपा-४ नालामा सन्चालन भएको थियो । उक्त प्रतियोगिता मंशिर १७ गते उद्घाटन बनेपा नगरका मेयर लक्ष्मी नर्सिंह...