कला/मनोरञ्जन

सत्यमोहन जोशीद्वारा रचित भजन उहाँकै निवासमा संघरत्नले गाए


ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा रचित बुद्धका माता मायादेवीसम्बन्धी दुई भजनका साथै ८ वटा भजन ५१ वर्षदेखि भक्ति संगीतमा समर्पित संघरत्न शाक्यले संगीतबद्ध गरेर एकल गायनमार्फत् प्रस्तुत गरेका छन् ।
आइतबार जोशी निवास ललितपुरको बखुंबहाःस्थित मायादेवी बगैँचामा आयोजित संघरत्न शाक्यको एकल भजन गायन प्रस्तुति कार्यक्रममा प्रमुख अतिथि जोशीले भक्ति संगीतले समाजलाई सत्मार्गमा डो¥याउने बताउनुभएको छ । उहाँले भक्ति संगीतको संरक्षण आवश्यक रहेकोमा जोड दिनुभयो ।
बौद्ध विद्वान सुवर्ण शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञ रामकृष्ण दुवाःले नेपालमा भक्ति संगीतको इतिहास हजारौं वर्ष पुरानो रहेको भन्दै संकलनमा जोड दिनुभयो ।
सत्यमोहन जोशीको सयौं वर्ष जन्मोत्सवको उपलक्ष्यमा बुद्ध हर्ष संघ मैत्री भजन खलःद्वारा आयोजित कार्यक्रममा जोशी दम्पत्तीलाई सम्मान गरिएको थियो भने काठमाडौंको इतुंबहाः निवासी शाक्यलाई जोशीले सम्मान गर्नुभएको थियो ।

सोम, चैत्र १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

फरक फरक विधामा आफुलाई प्रस्तुत गर्दै गायक झलक पुन

पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा आफूलाई फरक फरक विधामा प्रस्तुत गर्दै आएका गायक झलक पुन लोकप्रिय गायक हुन । उनको सत एल्वमको चौथो गीत झरि परेको त्यो दिन भर्खर आफ्नै यूट्यूव च्यानल वाट रिलिज गरेका छन । उक्त गीत अत्यन्तै समय सान्दर्भिक र मन...

जीवन परियारको नयाँ तिज गीत बर्खे झरी सार्वजनिक

नेपाली हिन्दु नारिको महान पर्व तिजको अबसर पारेर विभिन्न गितसंगीत बजारमा आउने क्रममा चर्चित गायक जीवन परियारको नयाँ गीत बर्खे झरी पनि दर्शक श्रोतामाझ आएको छ । जीवन परियार र गिता लामाको सुमधुर स्वर सजियको गितमा शब्द रचना रिना बमको रहेको छ भने लय गायक...

गोसाईकुण्डको यात्रानुभव गत शनिवार एक समारोहका बीच  विमोचित

जिन्दगी यात्राहरुको अनवरत श्रृंखला हो । आफ्नो जीवनकालमा सबै मानिसले थुप्रै स्थानको यात्रा गरेका हुन्छन् । ती मध्ये धेरैले यात्रालाई आफ्नो मानस्पटलमा मात्र राखेर सन्सारबाट बिदा लिन्छन केहीले भने सबैलाई अनुभूति बाँडेर पुण्य कमाउछन् ।  यस्तै यात्रा अनुभूति बाँडेर पुण्य कमाउने व्यक्तित्व हुन कृष्ण...

रोशन बुढाथोकीको जोडदार अभिनयमा नयाँ तीज गीत

“लजाउन लाहुरे” बोलको तीज गीत भर्खरै प्रकाशमा आएको छ /उक्त गीतमा रोशन बुढाथोकीको बेजोड अभिनयका साथै नारायण रिजाल ,शोभा भण्डारी र उषा गुरुङले साथ दिएका छन् /कल्पना गुरुङ र श्याम परियारको मिठो स्वारमा रहेको सो गीतको शब्द रचना कल्पना गुरुङ्गको रहेको छ /माला श्री रेकर्दिङ्ग...

चर्चा बटुल्दै बिनोद ढकालको ब्यङग्यत्मक गित टिकटक गरम आउ ।

अाफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो । म्युजिक ल्याब प्रा.लि.को प्रस्तुति विनोद ढकाल र बिमला कुमालको तिज गित~ गित:टिकटक गरम अाउ, लय/शब्द:विनोद ढकाल, स्वर: विनोद ढकाल र बिमला कुमाल, अभिनय: पवन खतिवडा(म्याकुरि), शुशिला निरौला( बिम्लि), रोमा बिष्ट,बिनोद अधिकारी, प्रकाश कटुवाल,राजु बोहरा,...

यम लिम्बुको सशक्त अभिनयले सुसजित “चन्चले नानी” बोलको गीत सार्वजनिक

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ ।   “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त...