खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै यो किृतिमानी कायम गरेका हुन् ।

सन्दीपले जनवरीयता खेलेका सबै खेलमा गरेर २७ विकेट लिएका छन् । बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेलेको खेलमा सन्दीपले चार विकेट लिएका थिए । त्यस्तै यूएईसँगको तीन टि–२० सिरिजमा उनी पाँच विकेट लिन सफल भएका थिए ।

युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्न गएका सन्दीपले ४ विकेट लिएका थिए । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपले २७ विकेट पुगाउदै यो कृतिमानी कायम गरेको हो ।

सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् । सन्दीप अहिले दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका छन् । उनले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएका थिए ।

मङ्ल, चैत्र १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

१३ औं सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई सरकारले जनही ९ लाख दिने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेदकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई सरकारले जनही ९ लाख दिने भएको छ । बुधबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीहरुलाई प्रतिब्यक्ति नौ लाख दिने घोषणा गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री ओली रजत जित्ने...

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको स्वर्ण नेपालले जिते

२४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ...

१४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय

मंसिर, काठमाडौं । १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय भएको छ । सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ । बैठकको निर्णयमा भनिएको छ ‘आगामी १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता...

दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक स्वर्ण

१७ मंसिर, काठमाडौं । क्षेत्रफलमा दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक स्वर्ण पदक जितेको छ । सागको ३५ वर्षे इतिहासमा उसले एथ्लेटिक्सबाट स्वर्ण जितेको हो । १०० मिटर दौड १०.४९ सेकेन्डमा पुरा गरेर हसन साइदले इतिहास रचेका हुन ।...

तेक्वान्दो खेलाडी आयशा शाक्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जिते

१६ मंसिर, काठमाडौं । तेक्वान्दो खेलाडी आयशा शाक्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी छिन् । उनले पुम्सको एकल र टिममा स्वर्ण जितेकी हुन् । आयशाले ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी थिइन् । त्यसपछि टिममा संजीवकुमार ओझासँग...

नेपाली महिला भलिबल टिमको जितका साथ साग खेलकुदको प्रतियोगिता सुरु

काठमाण्डौ – दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गत नेपाली महिला भलिबल टिमले जितका साथ प्रतियोगिता सुरु गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपाली महिला टिमले बंगलादेश टिमलाई ३–० ले पराजित गरेको हो । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा...