प्रविधि

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासमा उथलपुथल आउने जनाए


काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासमा उथलपुथल आउने जनाएका छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई आग्रह गरेका छन् ।

रेडियो नेपालको ६९ औँ वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले प्राविधिकरुपमा आधुनिक र आर्थिकरुपमा सक्षम भई जनताका चाहना र अनुसन्धानमा आधारित प्रसारण संस्थाका रुपमा रुपान्तरित हुन आग्रह गरे ।

पिएसबीका लागि भौतिक र कानूनी प्रबन्ध शुरु भइसकेको छ । स्रोत र दर्शककोसमेत प्रतिनिधित्व हुने संरचनासहित स्वायत्त संस्थामा रुपान्तरित गरिने पिएसबीको अवधारणामा उल्लेख छ ।

उनले भने, ‘सम्भवतः अर्को वर्ष रेडियो नेपालले यो रुपमा वार्षिकोत्सव मनाउँदैन । हामी पिएसबीमा गएका हुनेछौँ । त्यसका लागि आइपर्ने चुनौती र अवसरको सामना गर्न तयार हुनुस् । ठूलो प्रशासनिक फेरबदल हुनेछ । ’

सरकारले रकम दिन्छ भनेर हात बाँधेर बसेर नहुनेमा जोड दिँदै उनले भने, ‘यो वृद्धभत्ता बाँड्ने संस्था होइन । यसलाई १६ वर्षको जवानीमा फर्काउनुपर्छ । यो देशलाई एउटै मालामा उन्ने राष्ट्रिय आवाज हो । हरेक बिहान मानिसलाई ब्यूँझाउने संस्थामा सबैले इमानदार भएर काम गर्नुपर्छ ।’

मन्त्री बाँस्कोटाले देश विकासका लागि विदेशीको पनि होस्टेमा हैँसे आवश्यक हुने भए पनि मागेर नचल्ने भएकाले परिभाषित काममा सबैले मेहनत गर्नुको विकल्प नभएको जनाए ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संस्थाले प्रसारण प्रविधिमा सुधार गर्दै २१ भाषामा कार्यक्रम उत्पादन गरिरहेको जानकारी दिए ।

बुध, चैत्र २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पाल्पाली अचार “चुकौनी “

चुकौनी एक साकाहारी परिकार हो / यो परिकार बिशेष गरि दही र आलुबाट तयार गरिन्छ /चुकौनीलाइ “पाल्पाली अचार” भन्ने गरेको पनि पाइन्छ /बास्तबमा नेपाल एउटा यस्तो भुमि हो जहाँ हरेक क्षेत्रमा आआफ्नै विशेषताले भरिपूर्ण रैथाने स्वादका भर्जिन परिकारहरु पाइन्छन /प्रचार प्रसारको अभावले प्रत्यक नेपालीको जिब्रोले...

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो...

प्रधानमन्त्रीले ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने

असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने भएको छ । कार्यालयमा तयार भएको आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्ने प्रणाली कार्यान्वयनमा आएको हो । यो कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य सचिव...

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप(भिडिओ सहित

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो...

हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन कार्यालयमा निवेदन दर्ता

काठमाडौं । चिनियाँ दिग्गज कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ । हुवावेले नयाँ अपरेटिङ सिस्टमको हार्मोनी नामक ब्राण्डलाई दर्ताको निवेदन दिएको हो । हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग...

नेपालकाे पहिलाे पटक साेलर इन्क्विटरबाट लाेकल चल्ला काेरल्ने सफल परीक्षण

काठमाडौं । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले सोलारबाट चल्ला कोरल्ने सफल परीक्षण गरेको छ । संस्थाका सचिव निर्मला श्रेष्ठका अनुसार दुई दिन परीक्षणपश्चात चल्ला कोरेलेको हो । चल्ला कोरल्नका लागि ३६ देखि ३८ डिग्री तापक्रम चाहिन्छ । भारतको केरलाबाट मेसिन ल्याएर सहकारीले सोलारबाटै चल्ला कोरल्ने योजनाका साथ परीक्षण...