प्रविधि

नेपाली वैज्ञानिकको पहिलो नानो स्याटेलाइट भूउपग्रह ४ वैशाखको राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने


काठमाडौं – नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट ९भूउपग्रह० ४ वैशाखको राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी ९ज्याक्सा० को सहयोगमा प्रक्षेपण गरिने भएको हो ।

जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ ।

नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा। रवीन्द्रप्रसाद ढकालले बताए ।

एजेन्सी – साविकको विजेता चेन्नई सुपर किंग्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पहिलो हार खेपेको छ । बुधबार राति भएको खेलमा चेन्नई मुम्बई इन्डियन्ससँग ३७ रनले पराजित भयो । चेन्नईले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।

मुम्बईले दिएको एक सय ७१ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । चेन्नईका लागि केदार जादवले ५८ रन बनाए । सुरेश रैनाले १६, कप्तान महेन्द्र सिंह धोनी र शार्दुल ठाकुरले समान १२–१२ रन बनाए । बलिङमा मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्ड्यले तीन तीन विकेट लिए । जासन बेन्ड्रोफले दुई विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ५९ रन बनाए । कुर्नल पाण्ड्यले ४२ र हार्दिक पाण्ड्यले अविजित २५ रन बनाए ।

बलिङमा चेन्नईका दिपक चाहर, रोहित शर्मा, इमरान ताहिर, रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए । जितसँगै छैटौं स्थानमा रहेको छ । मुम्बईले चार खेलबाट चार अंक बनाएको छ । पहिलो हारसँगै चेन्नईले चार खेलबाट ६ अंक बनाएको छ । चेन्नई तालिकाको दोस्रो स्थानमा छ ।

आइत, चैत्र २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पाल्पाली अचार “चुकौनी “

चुकौनी एक साकाहारी परिकार हो / यो परिकार बिशेष गरि दही र आलुबाट तयार गरिन्छ /चुकौनीलाइ “पाल्पाली अचार” भन्ने गरेको पनि पाइन्छ /बास्तबमा नेपाल एउटा यस्तो भुमि हो जहाँ हरेक क्षेत्रमा आआफ्नै विशेषताले भरिपूर्ण रैथाने स्वादका भर्जिन परिकारहरु पाइन्छन /प्रचार प्रसारको अभावले प्रत्यक नेपालीको जिब्रोले...

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो...

प्रधानमन्त्रीले ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने

असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने भएको छ । कार्यालयमा तयार भएको आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्ने प्रणाली कार्यान्वयनमा आएको हो । यो कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य सचिव...

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप(भिडिओ सहित

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो...

हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन कार्यालयमा निवेदन दर्ता

काठमाडौं । चिनियाँ दिग्गज कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ । हुवावेले नयाँ अपरेटिङ सिस्टमको हार्मोनी नामक ब्राण्डलाई दर्ताको निवेदन दिएको हो । हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग...

नेपालकाे पहिलाे पटक साेलर इन्क्विटरबाट लाेकल चल्ला काेरल्ने सफल परीक्षण

काठमाडौं । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले सोलारबाट चल्ला कोरल्ने सफल परीक्षण गरेको छ । संस्थाका सचिव निर्मला श्रेष्ठका अनुसार दुई दिन परीक्षणपश्चात चल्ला कोरेलेको हो । चल्ला कोरल्नका लागि ३६ देखि ३८ डिग्री तापक्रम चाहिन्छ । भारतको केरलाबाट मेसिन ल्याएर सहकारीले सोलारबाटै चल्ला कोरल्ने योजनाका साथ परीक्षण...