इतिहास

नालामा भजन गाउँदा सबै भन्दा पहिलो गाउनु पर्ने भजन गीत “श्रित कमला कुच मण्डल”

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,बनेपा न.पा.,काभ्रे


मलाई बच्चामा करिब करिब यो भजन कण्ठ थियो /हाल मैले बिर्सी सके /यो गीत बारे मैले मेरो बुबालाई सोध्ने गर्थे /बुबाले देबी देउताको भजन हो भन्ने कुरा गर्नु हुन्थो / बच्चा देखि यो गीत कसले रचना गर्यो / किन यो गीत पहिला गाउनु पर्ने /यस गीतको भाब के हो /मेरो मनमा अहिले सम्म पनि जिज्ञासा भैरहेको छ / बुबा आमाले हामीलाई कहिले पनि भजन मण्डलमा जाने  प्रोत्साहन गर्नु भएन किन भने भजनमा गाँजा चुरोट सल्काउछ रे /छोराहरु कुलतमा लाग्छन् रे / म साँच्चिकै भजनमा नगएर संगीत पक्ष बलियो भएन /नत्र मैले मेरा साथीहरु जस्तै हार्बोनियम ,तबला जानिन्थे / भजन गर्ने नालाका बिभिन्न स्थानहरु मध्य तुपिचा टोलको गणेश मन्दिरको पाटी पनि एक हो / त्यसै गरि यापा टोलको गणेश मन्दिरमा ,इपा टोल को गणेश मन्दिर अगाडिको पाटीमा ,उग्रचण्डी नाला भगवतीको पाटीमा ,करुनामय मन्दिरको सतलमा ,भगवती को द्यों छ्ये मा आदि स्थानमा बाजा गाजा सहितको भजन गाउन्थ्यो / यी भजन खलहरुमा सब भन्दा पहिले  श्रित कमला कुच मण्डल हे जित भन्ने बोलको भजन गाउथ्यो /वास्तबमा यो भजनको रचनाकार जयदेव गोस्वामी रहेछ /

जय देव गोस्वामी संस्कृतका राम्रा कबि थिए / उनको जन्म सन् ११७० मा भएको थियो /उहाँद्वारा रचित गीता गोबिन्द भन्ने संस्कृत भाषाको ग्रन्थ निकै लोकप्रिय छ /हिन्दुहरुलाई भक्ति संगीतमा लगाउन उनको निकै ठुलो हात रहेको छ / उहाको रचनाले सिक्किम क्षेत्रमा पनि निकै प्रभाव पारेका थिए / बिस्तारै नेपालमा पनि प्रभाव पारेको देखिन्छ /जय देव गोस्वामी  १२ शताब्दीका कृष्ण  भक्ति  भजनमा प्रख्यात संस्कृत कबि थिए/

आज पनि  श्रित कमला कुच मण्डल हे जित भन्ने भजन त्यतिनै लोक प्रिय छ / १२ औ शताब्दीको त्यो गीतले नेपाली समाजमा बिशेष गरि भक्ति संगीतमा कतिको  प्रभाव  पारेको छ भन्ने कुरा अध्ययनको बिषय बनेको छ / श्रित कमला कुच मण्डल हे जित भन्ने भजन नेवारी लगायत बिभिन्न भाषा भाषीले गाउँदै जादा बिस्तारै स्थानीय लय र स्थानीय शब्दहरु मिसिंदै गएको देखिन्छ /नेपाल बाहेक बिभिन्न राष्ट्रहरुमा समेत उक्त भजन पुगेको र त्यहा पनि आ आफ्नै तौर तरिकाले गाइरहेको पाइन्छ / संस्कृतको मूल रचनामा ८ श्लोक को गित कतै कतै छोटो त कतै कतै लामो रुपमा गाइरहेको पाइन्छ / नालामा पनि उक्त गित प्रत्यक भजन खलहरुमा बिशेष प्रकारले बनाएको नेपाली  कागजको हस्त लिखित पाइन्छ /नालाको स्थानीय शब्दहरु पनि केही  मात्रामा घुसेको देखिन्छ / उनीद्वारा लेखेको रचना रोमनमा निम्न प्रकारका छन् /

Lyrics 

śrita-kamalā-kuca-maṇḍala dhṛta-kuṇḍala e
kalita-lalita-vana-māla
jaya jaya deva hare ||dhruvapadaṃ||

dina-maṇi-maṇḍala-maṇḍana
bhava-khaṇḍana e
muni-jana-mānasa-haṃsa
jaya jaya deva hare ||1||

kāliya-viṣa-dhara-gañjana
jana-rañjana e
yadukula-nalina-dineśa
jaya jaya deva hare ||2||

madhu-mura-naraka-vināśana
garuḍāsana e
sura-kula-keli-nidāna
jaya jaya deva hare ||3||

amala-kamala-dala-locana
bhava-mocana e
tribhuvana-bhuvana-nidhāna
jaya jaya deva hare ||4||

janaka-sutā-kṛta-bhūṣaṇa
jita-dūṣaṇa e
samara-śamita-daśa-kaṇṭha
jaya jaya deva hare ||5||

abhinava-jala-dhara-sundara
dhṛta-mandara e
śrī-mukha-candra-cakora
jaya jaya deva hare ||6||

tava caraṇaṃ praṇatā vayam
iti bhāvaya e
kuru kuśalaṃ praṇateṣu
jaya jaya deva hare ||7||

śrī-jayadeva-kaver idaṃ
kurute mudam e
maṅgalam ujjvala-gītaṃ
jaya jaya deva hare ||8||

मङ्ल, चैत्र २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भक्तपुरको पाँच तले मन्दिर निर्माणमा नालाको योगदान

नेपालको प्रशिध्द प्यागोडा शैलीको मन्दिरहरु मध्य सबै भन्दा उत्कृष्ठ मन्दिर हो भक्तपुरको पाँच तले मन्दिर /यो मन्दिर भक्तपुरको टौमडीमा रहेको छ । यस मन्दिरको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भूपतिन्द्र मल्लले बनाएका हुन्। यस मन्दिरमा ठुला पाँच तला सिंढी र त्यस माथि पाँच तल्ला मन्दिर...

अनामणि बंशावलीको आवश्यकता

नेपालमा पाइएको बंशावलीहरु मध्ये गोपाल बंशावली सबैभन्दा पुरानो बंशावली हो । यो बंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना गर्ने नेपजातीको बंशावलीको रुपमा लिएको छ । नेपाली इतिहासमा गोपालकाल र महिषपालकाल पछि मात्र किँरातकाल शुरु भएको मानिन्छ । गोपालकालको प्रमाणको रुपमा “गोपालराज बंशावली” लाई लिइने गरिएको...

आज नालामा सिन्दुर जात्रा भब्य रुपमा मनाउंदै

आज नाला प्राचिन शहरमा महालक्ष्मीको तेस्रो दिनको जात्रा हुदैछ/ आजको दिन मुख्य जात्राको दिनको रुपमा लिइन्छ/आजको दिनमा अथवा  बैशाख शुक्लपक्षको चतुर्थिको दिन नालाबासीलाइ हिदुम्ब राक्षसबाट मुक्त गरेको विजय उत्सवको रुपमा लिने गरिन्छ/नाला लागन टोलमा रहेको महालक्ष्मीको मुर्तिलाई रथमा राखी नालाशहर परिक्रमा गरिन्छ/ठाउं  ठाउंमा सिन्दुर एक...

नाला ब्याङ्ग ढुंगाको किम्बदन्ती

वास्तबमा किम्बदन्तीहरु ईतिहास होइनन तर पनि इतिहासलाई थप पुष्टि र प्रमाण जुत्ताउने आधार बनिदिन्छ /किम्बदन्तीहरु रोचकता ,उत्सुकता ,साछी र जन विश्वासलाई मन जित्ने खालको हुन्छ /कुनै कुनै किम्बदन्तीहरु बिज्ञानसंग निकै नाजिकता भएता पनि कुनै पत्याउन नै गाह्रो खालको हुन्छ /कुनै  किम्बदन्तीहरुले लोक संस्कृति नै जन्माएको हुन्छ...

श्री माधव नारायण स्वस्थानी पुरानो श्रीखण्ड मुर्ति नालाको रहेछ

१. छगु पुलांगु धापुकाथं माधव नारायण द्यो या सियागु मुर्ति खुयाहगु ख: अले लिपा थ्व मुर्ति चना वंगुलिं ढलौट यागु दयाका पलिस्था यागु ख:/ थौं कन्य पुज्याना वयाच्वंगु मुर्ति ३० से.मि.धिक सा उकिया तौल २ के.जी.दु /द्यो या ल्युने रिखाय च्वया तगु वाक्य कथं थ्व मुर्ति...

सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भए

सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय...