समिक्षा

साहित्यकार द्वारिका कुईकेल

-तारा के.सी.,गोंगबु टोखा न.पा.


साहित्यका विभिन्न बिधा, कथा कविता, उपन्यासमा कलम चलाएर नेपाली साहित्य जगतमा क्रियाशिल रहदै अाउनु भएकि साहित्यकार हुनुहुन्छ द्वारिका कुइकेल। द्वारिका जी भन्ने बितिकै हामी समाजका घट्ने बिकृति र बिसंगतिप्रति ब्यङ्ग हान्न सिपालु कविकाे रूपमा चिन्छाै।उहाँका प्रकाशित कृतिहरूमा:-
१) विवशताका अाँशुहरू – कविता संङ्ग्रह – २०५८
२) अल्छी श्रीमान – कविता संङ्ग्रह – २०६१
३) ब्लफ कलर – उपन्यास – २०६२
४) प्रेम पत्र – कविता संङ्ग्रह – २०६३
५) प्रतिविम्व – कथा संङ्ग्रह – २०७२
६) बर्णमालाकाे गीत :- बालगीत – २०७४

द्वारिका जी! एउटा असल गृहणीपनि हुनुहुन्छ। मिठाे खाना बनाएर खुवाउन एकदम सिपालु ,साथ साथै असल अामा पनि हुनुहुन्छ। अफिसकाे कामले प्राय श्रीमान बाहिरी जिल्लामा बस्नु पर्दा अाफ्ना दुईअाेटा सन्तानलाई सहि बाटाेमा मार्ग निर्देशन गर्दै मास्टर्ससम्मकाे अध्यन गराउन उहाँ सफल हुनु भएकाे छ। अाफ्नाै पहिचान बनाउनु पर्छ। फलानाेकि छाेरी फलालाेकि बुहारी फलानाेकि श्रीमती भनेरमात्र नारीहरू चिनिनु हुदैन । अाफ्नाे पहिचान खुल्ने काम गर्नु पर्छ भनेर अाफुलाई सानैदेखि बुबाले भनेका कुराहरू उहाँ बेला बेलामा भनिरहनु हुन्छ। म साहित्यमा लाग्नुमा अाफ्नै क्लास फ्रेण्ड श्रीमान रामेश्वर कुइकेलकाे प्रेरणा रहेकाे बताउनु हुने द्वारिका जी! अाफुलाई साहित्यिक यात्रामा श्रीमान र छाेरा छाेरीकाे साथ रहेकाेमा अाफुलाई भाग्यमानी ठान्नु हुन्छ। उहाँ राजनितितिर पनि त्यतिकै सक्रिय देखिनु हुन्छ।

२०३५/३६ सालदेखि अाफुले कविता वाचन गर्दै हिडेकाे संस्मरण गर्ने द्वारिका जीकाे घरमा रहेका बिधिन्न संघ संस्थाबाट प्राप्त सम्मान र पुरस्कारहरूले पनि याे कुरा प्रमाणित गरेकाे छ। उहाँ बिधिन्न साहित्यिक संस्थामा पनि अाबद्व रहनुका साथै गाेङ्गबु साहित्य समाजकाे अध्यक्ष पदमा रहि गत ४ बर्षदेखि काम गर्दै अाउनु भएकाे छ। सधै हसाई रहने हसिलाे स्वभावकि द्वारिका जीकाे अबकाे साहित्यिक यात्राले झनै फड्काे मार्दै जाअाेस्शुभकामना छ।

बुध, चैत्र २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.२ /अक्षर बिम्बमा लेखिकाहरु

पुस्तकको नाम : अक्षर बिम्बमा लेखिकाहरु (खण्ड १ )   विधा : लेखिका परिचय+लेखहरु संकलन तथा सम्पादन : मोहन दुवाल प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ११११ /-  संस्थागत ०००/- आवारण : सुन्दर श्रेष्ठ मुद्राक : कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे पृष्ठ संख्या : ५२८+८ पृष्ठ पुस्तकको साइज : A 4 ISBN NO.: 9789937924641 रचना संख्या...

अनामणिका चम्ल्याहा बाल कृति

बाल साहित्य विषय उठान कुराकानीमा साह्रै नरम, लगनशीलताका पक्षमा कछुवा जस्तो बिस्तारै अघि बढिरहने नजानिँदो साहित्यिक व्यक्तित्वको नाम हो – रत्नप्रसाद अनामणि श्रेष्ठ । पुख्र्यौली घर काभ्रेपलाञ्चोकको नालालाई मनबन्धकीमा राखेर उहाँ बसिरहनु भएको छ काठमाडौँस्थित गोङ््गबुँको टोखा नगरपालिकामा । सडकको धुलो र कसिङ््गरले ढाकिराखेका साना ठुला सबै आकार...

“हिरासतका दिन”भित्र सरसर्ती पस्दा

कवि रसुवालीको पछिलो प्रकाशित कृतिको नाम हो हिरासतका दिन । आफ्नो जीवनको महत्वपूर्ण समय हिरासतमा बिताउनु पर्दाको अनिभुतिलाई यस कृतिमा सजाउनु भएको छ ।  यस कृतिलाई रातो हिमाल द्वौ मासिकबाट प्रकाशित भएको हो । स्मार्ट साइजको आकर्षक वेट लेस पेपरमा छापिएको उक्त पुस्तकको मुल्य २५०/-रहेको...

“तँ” उपन्यास भित्र खोतल्दा

याे उपन्यास दश भागमा विभाजन गरिएकाे छ भाग एकमा उपन्यासकार स्वयंम याैटा पात्र हुनुहुन्छ साथै अर्काे मुख्य पात्र या तँ का जन्मदाताका रुपमा एक जना भुतपूर्व सिडियाे लाई खडा गर्नु भएकाे छ जुन पात्रकै घरमा उहाँले आफ्नो व्यवसाय संचालन गर्नु भएकाे रहेछ तसर्थ उहाँ घर...

अक्षरमार्ग सिर्जना समूहको चौथो श्रृङ्खला

अक्षरमार्ग सिर्जना समूहले चौमासिक रूपमा संचालन गर्दै आएको सिर्जनालयको चौथो श्रृङ्खलामा रेखाकवि टंक साम्बाहाम्फे, कवि तारा के.सी. र मुक्तककार मीलन समीर सुनिएका छन् । लामो समयदेखि साहित्यको कविता विधामा कलम चलाउँदै रेखा कवितालाई स्थापित बनाउन सक्रिय हुँदै आएका आएका रेखाकवि टंक साम्बाहाम्फेले समसामयिक विषयका आधा दर्जन...

गाविस/जिबिस खारेज, नयाँ संरचनामा आफ्नो ठेगाना खोज अनलाइन खोलेर हेर्नुहोस् खोजअनलाइनलाई पुस्तक प्राप्ति-१ / एक सुर्य ,अनेक आलोक

पुस्तकको नाम : एक सुर्य ,अनेक आलोक विधा : समिक्षा पुस्तकको लेखक : भीमप्रसाद काफ्ले प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ७५०/-  संस्थागत १०००/- आवारण : पूर्णराम तुलाधर मुद्राक : न्यू पनौती प्रिन्तिंग प्रेस कम्प्युटर सेटिंग: पृष्ठ संख्या : ५६०+८ पृष्ठ पुस्तकको साइज :  डिमाइज ISBN NO.: 9789937897280 रचना संख्या : खण्ड-१...