साहित्य गतिबिधि

मैनाली कथा सम्मान विजय सागरलाई प्रदान


काठमाडौँ, चैत १९ गते ।
नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको सहकार्यमा साहित्यिक पत्रकार संघले ‘३७ औं कथा दिवस’ समारोहको आयोजना ग¥यो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरी प्रमुख अतिथि रहनुभएको थियो ।

सो अवसरमा कथाकार विजय सागर (भैरहवा) लाई २०७५ सालको मैनाली कथा सम्मान प्रदान गरियो । कथाकार सागरले ५० वर्षदेखि कथा सिर्जना गर्दै आउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि केशरी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र आख्यान विभागका प्रमुख प्राज्ञ माया ठकुरी, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, सम्मानित कथाकार विजय सागर, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, सापसका अध्यक्ष राधेश्याम लेकाली, महासचिव पुष्पा खनाललगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कथाकारहरु हिरण्यकुमारी पाठक, गोपाल अश्क, गोविन्द गिरी प्रेरणा, नारायण तिवारी, तुलसीहरि कोइराला, सुशिला देउजा, ललिता दोषी, डा. पुष्कर भट्ट, छविरमण सिलवाल, राधा पौडेल, निर्मल पराजुली, हन्सावती कुर्मी, श्रीराम राई, रविन्द्र तिमिल्सिना, विणा सिन्हा आदिले आआफ्नो लघुकथा वाचन गर्नु भएको थियो ।

कार्यक्रममा आधुनिक नेपाली कथाका प्रवर्तक गरुप्रसाद मैनालीको योगदानबारे विषेश चर्चा गरिएको थियो ।

समारोहमा प्राज्ञहरू प्रा.डा.योगेन्द्रप्रसाद यादव र लक्ष्मी माली, सापसका पूर्व अध्यक्ष अच्युतरमण अधिकारी, साहित्यकारहरु रामकाजी कोने, घनश्याम राजकर्णिकार, डा. गार्गी शर्मा, भागीरथी श्रेष्ठ, विमल भौकाजी, सन्ध्या पहाडी, जलेश्वरी श्रेष्ठ, शुभ श्रेष्ठ, यादव भट्टराई, धुर्व मधिकर्मी, शशी थापा आदिको उपस्थिति रहेको थियो ।

बुध, चैत्र २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मनमतीमा तीन कृतिको लोकार्पण

काठमाडौँ, चैत्र २२ गते । मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष...

नियात्रा लेखनमा घनश्याम राजकर्णिकारको चर्चा !

काठमाडौँ, चैत २३ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको नियात्रा महिला समितिले ‘नियात्रा उत्सव’ कार्यक्रम राजधानीमा आयोजना ग¥यो । उद्घाटन वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले गर्नुभएको थियो । कार्यक्रमको उदेश्य र महत्वमाथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पार्नुभएको थियो । समितिका सयोजक सरु सुवेदीको सभापतित्वमा सम्पन्न...

साहित्यकार खेलकुद समाज (साखेस) नेपालको साहित्यिक वनभोज

काभ्रे (नाला), चैत्र ९ गते शनिवार । साहित्यकार खेलकुद समाज नेपालले आयोजना गरेको वनभोज कार्यक्रम काभ्रेको नाला, सानोवन स्थित सिद्धार्थ युनिभर्सिटीको गुम्बा परिसरमा सम्म्पन्न भएको छ । साखेस नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको वनभोजमा कार्यक्रम यो वर्ष तेस्रो हो । यसअघि यसले २०७३ मा पहिलो...

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । बुधबार अनामनगरमा एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो। कार्यक्रममा  गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, पोखराका गजलकार पीताम्बर प्रकटका साथमा गजलकार शैलीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए...