साहित्य गतिबिधि

मनमतीमा तीन कृतिको लोकार्पण


काठमाडौँ, चैत्र २२ गते ।
मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष श्रीधर पौडेलद्वारा लिखित उपन्यास ‘रातो नदी’, समाजकी सदस्य सानु शर्माद्वारा लिखित ‘अनुभुतिका आँकुरा’ र समाजकी आजीवन सदस रबिना राईद्वारा लिखित ‘काँडा आरोहण’ कृति ज्ञानमणि नेपाल, ज्ञानुवाकर पौडेल, इतिहासकार यस.पी. आशा, इतिहासकार प्रा. छायादत्त न्यौपाने, लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, प्रा.डा.गार्गी शर्मा, डा.बमबहादुर थापा जिताली, भाग्यशाली अधिकारी, खगेन्द्र ‘खोल्साधरे’, घनश्याम राजकर्णिकार, लक्ष्मीप्रसाद मिश्रद्वारा संयुक्त रूपमा लोकार्पण गरिएको थियोे ।
‘रातो नदी’ र ‘काँडा आरोहण’ को समीक्षा प्रा.डा.कृष्णप्रसाद दाहाल र ‘अनुभुतिका आँकुरा’ को समीक्षा ज्ञानुवाकार पौडेलले गर्नुभएको थियोे ।
कार्यक्रमका अन्य अतिथिहरूमा नागार्जुन न.पा.४ का अध्यक्ष करण बलामी, गोपाल न्यौपाने, वीरेन्द्रबहादुर बोगटी, विशेस्वर ढुङ्गाना, जी.पी. शर्मा, पुष्कर लोहनीलगायत हुनुहुन्थ्यो ।
कृष्ण अधिकारी, द्वारीका कुँइकेल, रुद्र अधिकारी, लक्ष्मी बस्नेत, सानु शर्मा, भुवन शिवाकोटी आफ्ना आफ्ना रचना वाचन गर्नुभएको थियोे ।
कार्यक्रममा ज्ञानमणि नेपाल, ज्ञानुवाकर पौडेल, निर्मलरमण पराजुली, रुद्र अधैकारी, फणिन्द्र दत्त शर्मा र मेघदत्त शर्मालाई अभिनन्दन गरिएको थियोे । समाजकी कोषाध्यक्ष रीता खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे भने उपाध्यक्ष जनक राज अधिकारीले कार्यक्रम सन्चालन गर्नुभएको थियोे ।

बिहि, चैत्र २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा छ श्रष्टा सम्मानित

पनौतीमा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काइँलाले नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा उल्ल्ेखनीय योगदान पु¥याएका छ जना वाङ्मयसेवीहरूलाई एक कार्यक्रम वीच सम्मान गरेका छन् । अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्री नेपालीले उहाँहरुलाई सम्मान...

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

“सपनामा भगवानसँगको कुरा” कथा संग्रह लोकार्पण 

  काठमाडौँ, असार ६ गते । पूर्व मेजर टंकबहादुर बजगाई खत्रीको कथासङ्ग्रह ‘सपनामा भगवानसँगको कुरा’ एक कार्यक्रमको बीच लोकार्पण गरिएको छ । गुरू नारायणाचार्य कौशिक रिमालको सभापतित्वमा सञ्चालन भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि पूर्व सहायक रथी तेजप्रकाश बानियाँ लगायत विशिष्ट अतिथि तथा अतिथिहरूले खत्रीको कथासङ्ग्रहको सामूहिक रूपमा...

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल नुवाकोटमा सम्पन्न

काठमाडौँ, जेठ १७ गते शुक्रबार । संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोटमा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो । खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न...

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन

काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ । दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष...

नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन

काठमाण्डौं, वैशाख २० गते । टोखानगरपालिका ८ नं. वडा कार्यालयले नव वर्ष २०७६ को शुभ अवसरमा ‘वडावासीहरू सबैको एउटै रहर, स्वच्छ, सफा टोखा नगर’ भन्ने नाराका साथ भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो । भित्तेपात्रो (क्यालेण्डर) को विमोचन विमोचन गर्दै काठमाडौँ क्षेत्र नं. ६...