राजनिति

उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबेला गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताए


खोटाङ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबेला गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन् । संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आए आफ्नो पार्टीको बाटो अलग हुने बताएका हुन् ।

‘राजनैतिक कारणहरु, मधेसी, आदिवासी जनजातीका मुद्दाहरु, महिलाका मुद्दाहरु, दलितका मुद्दाहरु, पिछिडिएका वर्ग र समुदायका मुद्दाहरु अहिले पनि सम्बोधन हुन बाँकी छ । त्यसलाई सम्बोधन गरेर जाने समझदारीमा हामी सरकारमा गएको हो,’ संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादवले भने, ‘जुन कारणका लागि हामी सरकारमा समावेस भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला हाम्रो बाटो फरक हुन सक्छ। त्यो निश्चित हो । तर, अहिले नै सरकार छाड्ने भन्ने छैन ।’

मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्नका लागि संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले स्मरण गरे। ‘हामी आएर यो सरकार बनेको पनि होइन । हामी नआउँदा सरकारको बहुमत जान्छ भन्ने पनि होईन । तर, दुई तिहाई पुर्याउनलाई हाम्रो आवश्यकता हो ।

हामीले दुई तिहाई पुर्याइदिएको हो, ताकी मुलुक गाँठो परेर नबसोस,’ स्वास्थ्य शिविर सञ्चालन काक्रममा दिक्तेल आइपुगेका यादवले भने, ‘संविधान संशोधनलगायतका सिस्टम सुधारको कामहरु अगाढि बढोस् । हाम्रो पार्टी सरकारमा निश्चित लक्ष्यका लागि गएको हो।’

मन्त्री यादवले मधेशमा अलग्गै राज्य बनाउने नारा लिएका सिके रावतले जेल बस्दा आत्तिएर मुद्दा छाडेको बताए । ‘पञ्चायत कालमा विभिन्न आन्दोलन गरिन्थ्यो, जेल परिन्थ्यो । दुई चार दिन जेलमा परेपछि कतिपय मान्छे आत्तिन्थे र म आक्कल झुक्कलमा परेको हुँ, म यो निर्दलीय व्यवस्था मान्छु भनेर कागज गर्थे र जेलबाट छुट्थे,’ यादवले भने, ‘सिकेजी चार महिना जेलमा बसे, आत्तिए र आत्मसमर्पण गरे । मधेशलाई अगल देश बनाउछु भन्ने मुद्धा छोडे, अव यस्तो कहिल्यै गर्दिन भनेर कागज गरेर छाडिए । भएको त्यत्ति हो ।’

बिहि, चैत्र २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किए

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किएको समाचार प्राप्त भएको छ । बमको धमाकाले गाउँपालिका भवनमा क्षति पुगेको जनाइएको छ । राति १ बजे भएको बम विस्फोटपछि अनुसन्धानको लागि प्रहरीको टोली त्यसतर्फ लागेको बताइएको छ । बम विप्लव नेकपाकाले बन्दको अवसरमा बम पड्काएको हुनसक्ने अनुमान गरिएको...

चिनियाँ टोली नेपाल आउँदै पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न

वैशाख, काठमाडौं । संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्‍यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । यससँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । त्यस मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भनिएपनि यो अध्ययनमै...

सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार

सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसदको लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायत लगायत आईएनजीओले...

टोखा-छहरे सुरुङमार्ग ३६७ अर्ब लगानी गर्ने चिनिँया प्रस्ताव

काठमाडौं । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने...

काठमाडौंमा पाँच वटा ब्रुमर एकै रातमा १८ टन धुलो संकलन

चैत, काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा...

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेपाली सेनाबीचको दूरी बढ्दै

काठमाडौं – पछिल्लो समय कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेपाली सेनाबीचको दूरी बढ्दै गएको छ । सरकारले एकपछि अर्को गर्दै सेनासँगको सल्लाहबिना नै सेनालाई समेत दीर्घकालीन रूपमा असर पर्ने विषयमा निर्णय लिन थालेपछि सेना सरकारसँग रुष्ट भएको छ । सैनिक उच्च स्रोतका अनुसार नेपालमा सम्पन्न...