समिक्षा

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’चर्चा परिचर्चा


डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’ प्रकाशमा आएको रहेछ | आज ठमेलको ‘चिकुसा क्याफे’मा बसेर कफी पिउँदै पाँच स्रष्टाहरू (तस्वीरमा बायाँदेखि) गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाल, सुरेश कार्की निषाद, किशोर पहाडी र विदुर चालिसेले उक्त कविता सङ्ग्रहको चर्चा परिचर्चा गरेका थिए |
सङ्ग्रहमा ‘चियाङमाईको डबली’ शिर्षककै कवितासहित कूल ७७ वटा कविताहरू संगृहित छन् |
कवि चालिसेको अनुसार थाईल्याण्डमा ‘चियाङमाईको डबली’ भनेर अाफ्ना सशस्त्रा विद्राेहका बाहुबलले ऐतिहासिक सहरकाे रूपमा चियाङमाई सम्राटले शहर स्थापना गर्नुका साथै साे ठाउँमा शान्तिकाे सन्देश छर्न बुध्दकाे पथमा लागे । जहाँ हरेक घर, टोल, सडकहरूमा बुद्धको प्रतिमा, चित्रकला राखिएका छन् | बुद्धको प्रतिमासँगै शासकको प्रतिमा पनि राखिएको हुन्छ |
त्यसैको विम्बमा आधारित कविता ‘चियाङमाईको डबली’ यहाँ प्रस्तुत छ :
___________
कविता : चियाङमाईकाे डबली
~०~
बाेधिसत्वका अतृप्त तृष्णाहरू
जन्तर मन्तरसँग सयाैं गुलाफमा
फुलिरहेथे चियाङमाईकाे डबलीभरि
उष्ण मनाेरममा गाइरहेथे बुध्दका
शान्ति गीतका लवजहरू सम्झदै !

अनुभवहरूका सहनाइ बजिरहेथे
भिक्षुका निरन्तर गुनगुन धुनहरूका
प्रकाशहरू अाेइरिरहेथे गलाहरूमा !

उँचाेउँचाे पहाडकाे रित्ताे धैर्यताहरू
विकासमा लहरिएर त्यसै दाैडिरहेथे
निकास अाेरालाेतिर उसै झरिरहेथे

डबलीमा उभिएर हराइरहेथेँ सहरतिर
म देश खाेजिरहेथेँ मेराे मुटुकाे अन्तरमा
दुखिरहेथ्याे शैलीका दृश्यहरूले मेराे मन
म गाइरहेथेँ ऋषिमनले गीताका श्लाेकहरू
मानिसहरू अाेहाेरदाेहाेर गरिरहेथे म छेउ

लजालु मानिसहरू साेधिरहेथे उता,
ज्ञानकाे पाठशालामा मेराे गृहकार्य
च्याङमाईकाे समशिताेष्ण वायुछेउ

मगन्तेहरू याेग्यतामा घाेकिरहेथे पाठ
उच्च मानिसहरूका तथ्यका विवरणहरू
फूलहरू झैं छरिरहेथे प्रज्ञानका सूत्रलाई !
च्याङमाई कराइरहेथ्याे बुध्दकाे ज्ञानले
डाँडा पाखा पखेरामा डबलीकाे पर्दामा !

बटुवाहरू अाउँथे, जान्थे प्रेक्षालयहरूमा
साेधिरहेथेँ एकएक गरेर तिनीहरूलाई
नाजवाफ हुन्थेँ डबलीमा बसेर !

मेराे शरीरमा सल्बराएकाे राष्ट्रप्रेम
हराउँथ्याे चियाङमाईकाे मझेरीसँग
खाेजिरहेथे यतै यतै मन मुटुलाई !

मलाई अाकासहरू देउ
अनि चराकाे जस्तै उडानहरू
साइबेरियाका बथाननेर लडिरहन्थे
बरू पडाडलाई खाेपेर बसिरहन्थे !

डबलीमा हराइरहेथेँ पापी पेटका लागि
यसै यसै अनिदाे मनले म !

बिहि, चैत्र २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.२ /अक्षर बिम्बमा लेखिकाहरु

पुस्तकको नाम : अक्षर बिम्बमा लेखिकाहरु (खण्ड १ )   विधा : लेखिका परिचय+लेखहरु संकलन तथा सम्पादन : मोहन दुवाल प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ११११ /-  संस्थागत ०००/- आवारण : सुन्दर श्रेष्ठ मुद्राक : कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे पृष्ठ संख्या : ५२८+८ पृष्ठ पुस्तकको साइज : A 4 ISBN NO.: 9789937924641 रचना संख्या...

अनामणिका चम्ल्याहा बाल कृति

बाल साहित्य विषय उठान कुराकानीमा साह्रै नरम, लगनशीलताका पक्षमा कछुवा जस्तो बिस्तारै अघि बढिरहने नजानिँदो साहित्यिक व्यक्तित्वको नाम हो – रत्नप्रसाद अनामणि श्रेष्ठ । पुख्र्यौली घर काभ्रेपलाञ्चोकको नालालाई मनबन्धकीमा राखेर उहाँ बसिरहनु भएको छ काठमाडौँस्थित गोङ््गबुँको टोखा नगरपालिकामा । सडकको धुलो र कसिङ््गरले ढाकिराखेका साना ठुला सबै आकार...

“हिरासतका दिन”भित्र सरसर्ती पस्दा

कवि रसुवालीको पछिलो प्रकाशित कृतिको नाम हो हिरासतका दिन । आफ्नो जीवनको महत्वपूर्ण समय हिरासतमा बिताउनु पर्दाको अनिभुतिलाई यस कृतिमा सजाउनु भएको छ ।  यस कृतिलाई रातो हिमाल द्वौ मासिकबाट प्रकाशित भएको हो । स्मार्ट साइजको आकर्षक वेट लेस पेपरमा छापिएको उक्त पुस्तकको मुल्य २५०/-रहेको...

“तँ” उपन्यास भित्र खोतल्दा

याे उपन्यास दश भागमा विभाजन गरिएकाे छ भाग एकमा उपन्यासकार स्वयंम याैटा पात्र हुनुहुन्छ साथै अर्काे मुख्य पात्र या तँ का जन्मदाताका रुपमा एक जना भुतपूर्व सिडियाे लाई खडा गर्नु भएकाे छ जुन पात्रकै घरमा उहाँले आफ्नो व्यवसाय संचालन गर्नु भएकाे रहेछ तसर्थ उहाँ घर...

अक्षरमार्ग सिर्जना समूहको चौथो श्रृङ्खला

अक्षरमार्ग सिर्जना समूहले चौमासिक रूपमा संचालन गर्दै आएको सिर्जनालयको चौथो श्रृङ्खलामा रेखाकवि टंक साम्बाहाम्फे, कवि तारा के.सी. र मुक्तककार मीलन समीर सुनिएका छन् । लामो समयदेखि साहित्यको कविता विधामा कलम चलाउँदै रेखा कवितालाई स्थापित बनाउन सक्रिय हुँदै आएका आएका रेखाकवि टंक साम्बाहाम्फेले समसामयिक विषयका आधा दर्जन...

गाविस/जिबिस खारेज, नयाँ संरचनामा आफ्नो ठेगाना खोज अनलाइन खोलेर हेर्नुहोस् खोजअनलाइनलाई पुस्तक प्राप्ति-१ / एक सुर्य ,अनेक आलोक

पुस्तकको नाम : एक सुर्य ,अनेक आलोक विधा : समिक्षा पुस्तकको लेखक : भीमप्रसाद काफ्ले प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ७५०/-  संस्थागत १०००/- आवारण : पूर्णराम तुलाधर मुद्राक : न्यू पनौती प्रिन्तिंग प्रेस कम्प्युटर सेटिंग: पृष्ठ संख्या : ५६०+८ पृष्ठ पुस्तकको साइज :  डिमाइज ISBN NO.: 9789937897280 रचना संख्या : खण्ड-१...