स्थानीय समाचार

४.८ रिक्टर स्केलको भूकम्प गए


२ वैशाख, काठमाडौं । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय तथा भौतिक क्षति भने नभएको बझाङ प्रहरीले जनाएको छ ।

गोरखा केन्द्रविन्दु भएर ०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पपछि लामो समयसम्म पराकम्पको महसुस भएको थियो । केन्द्रका अनुसार, सोमबार बिहान बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प नयाँ हो

सोम, बैशाख २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ख्यातिप्राप्त कलाकारहरुको भब्य कार्यक्रम

वरिष्ठ कलाकार केसाङ लामा नेपालको ख्यातिप्राप्त कलाकार हुन । उनी निरन्तर रूपमा प्रोफेसनल कलाको बहस गरिरहेका छ्न । उनकै पहलमा प्रोफेसनल आर्टिस्ट सोसाइटी समेत बनेको छ । यहि सोसाइटीले आज महर्शी स्कुल सामाखुसीमा भब्य कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ उपयोगी कलाकार जगत बहादुर तुम्बाहाम्फेलाई...

ऐतिहासिक बस्ती नालामा पुरानोघर हराउँदैनयाँ बन्दै

नालामा भुकम्प पछि पून निर्माणमा बनेका घरहरु मौलिकता झल्किने एउटा पनि छैन। बि.स.२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले त्यहाँका सबैजसो पुरानो घरहरु  ध्वस्त भएको थियो। लिच्छिवीकालीन बस्ती अहिले आधुनिक  क्रंक्रिटको जंगल जस्तो भएको छ। ढलान, पिलर उठाएका घरहरु भक्का भक निर्माण हुदैछ / नाला  पुरानो नेवारी बस्ती...

वर्षाका कारण काभ्रेको फेदी दोभानमा एक बालकको मृत्यु ४५ घर जोखिाममा, विद्यालय भवन पुरियो

काभ्रेपलाञ्चोक १ असोज  :  अविरल वर्षाका कारण काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ फेदी दोभानमा एक बालकको मृत्यु भएको छ । फेदीमा पसल गरी बस्ने मण्डन देउपुर नगरपालिका वडा नं ११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेश तामाङको मृत्यु भएको हो । बुधबार विहान बिहान...

अविरल वर्षाका कारण अरनिको राजमार्ग पहिराले यातायात ठप्प

बनेपा । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो...

नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला उपशाखा तदर्थ समितिको बिशेष कार्यक्रम सम्पन्न

श्रावण ७ गते / उग्रचण्डी भगवती मन्दिर  नाला लागंटोल परिसरमा रहेको देवानन्द सत्तलमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा,नाला उपशाखा तदर्थ समितिको अनुशिक्षण,आजीवन सदस्यताको प्रमाण र धडकन स्मारिका बितरण समारोहका साथै प्रत्यक सहभागीको रक्तचाप नाप्ने,तौल लिने,उचाई नाप्ने र कम्मर नाप्ने कार्यक्रम स’सम्पन्न भएको छ /...

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु

२७ असार, काठमाडाैं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय...