इतिहास

नाला ब्याङ्ग ढुंगाको किम्बदन्ती

-रत्नप्रसाद अनामणी श्रेष्ठ ,नाला बनेपा नपा ,काभ्रे


वास्तबमा किम्बदन्तीहरु ईतिहास होइनन तर पनि इतिहासलाई थप पुष्टि र प्रमाण जुत्ताउने आधार बनिदिन्छ /किम्बदन्तीहरु रोचकता ,उत्सुकता ,साछी र जन विश्वासलाई मन जित्ने खालको हुन्छ /कुनै कुनै किम्बदन्तीहरु बिज्ञानसंग निकै नाजिकता भएता पनि कुनै पत्याउन नै गाह्रो खालको हुन्छ /कुनै  किम्बदन्तीहरुले लोक संस्कृति नै जन्माएको हुन्छ /साँच्चिकै भने हो भने किम्बदन्तीहरु नेपाली समाजको एउटा अभिन्न पात्तोको रुपमा बिकाश  नै भएको छ /हरेक राष्ट्रमा आ आफ्नै खालको किम्बदन्तीहरु पाइन्छ तर तिनीहरु भन्दा नेपालको आफ्नै पन र लोकले बिश्वास गरेको हुन्छ / तिनै किम्बदन्तीहरु मध्य नाला क्षेत्रका केही किम्बदन्तीहरु यहाँ प्रस्तुत गरिएका छौ

१.उहिले उहिले प्राचिन कालमा ओखलढुङ्गाबाट दुई वटा भ्यागुताहरु रातमा नेपाल हेर्न आएछन्  /तिनीहरु आ आफ्नै शुरमा कुरा गर्दै उफ्री उफ्री आएछन / नेपाल हेर्न बडो उत्सुकता साथ बिभिन्न शत्रु जनावरहरु संग छल्दै काठमाडौँ उपत्यका छिरेछन / बालाजु नेर पुगेपछि एउटा भ्यागुता थाकेछ र अर्कोले जति घुम्नलाई कर गरे पनि जान सकेन “तँ यही  बसिराख म घुमेर आउंछु” भनेर नथाकेको भ्यागुतो हिडे / त्यो त्यही बसेछ /नथाकेको भ्यागुतो एक्लै उफी उफ्री रमाइलो मान्दै नेपाल हेर्दै भक्तपुर पनि हेरेछ / हेरे पछि आफ्नो साथी भएको स्थानमा जान भनि हिडेछ जाँदा ठिक दिशा छुट्याउन सकेन/भक्तपुरबाट नालाको बाटोमा गएछ /नालाको टुकुचा नेर पुगेछ त्यहा पुक्दा उज्यालो भएछ/उज्यालो भएपछी ढुङ्गाको रुपमा परिणत भएछ / त्यस ढुङ्गालाइ नेवारी भाषामा ब्याङ्ग ढुंगा भनिन्छ /ब्याङ्ग भनेको नेवारीमा भ्यागुता हो /पछिलो समय सम्म पनि सो क्षेत्रमा भ्यागुतो आकारको ठुलो ढुंगा थियो /पछि बाटो बनाउने क्रममा ढुंगा फुटाएर नास भएतापनि हाल सम्म पनि उक्त ठाउलाई ब्याङ्ग ढुंगा भनिन्छ /त्यसै गरि बालाजु नजिकै थाकेर बसेको भ्यागुतो पनि ढुंगामा परिणत भएछ उक्त भ्यागुतो आकार भएको ढुङ्गालाइ भीम ढुङ्गा भनिन्छ /यसरी काठमाडौँ को भिम ढुंगा र नालाको ब्याङ्ग ढुंगाको नामाकरण भएको किम्बदन्ती रहेको पाइन्छ

 

सोम, बैशाख २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालीहरुको महान पर्व बडा दशैं आज पहिलो दिन घटस्थापना

१२ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी...

पाँच तले मन्दिर बनाइ सकेपछि नाला भगवतीमा पनि पुजा गरे

नेपालको प्रशिध्द मन्दिरहरु मध्य भक्तपुरको पाँच तले मन्दिर पनि एक हो / यो मन्दिर भक्तपुरका राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको हो / पाँच तले मन्दिर बनाइ सकेपछि मुर्ति प्रतिष्ठाको निमित्त ४८ दिन सम्म सिध्दाग्नी कोत्याहुति देवल प्रतिष्ठा कृत्य कार्यक्रम गरेको थियो /उक्त कार्यक्रममा शुरुमा अग्नि...

जातक कथा के हो ?

‘जातक’ भगवान बुद्धको पूर्व जन्म सम्बन्धी कथाहरु हुन/ जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । जातकको वर्तमान रूपमा ५४७ जातक कथाहरु पाईन्छ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन ।  जातकट्ठवण्णनाकार ले विषयवस्तुको दृष्टिले यसलाई पाँच वर्गहरुमा विभाजित गरेकोछ- •...

मङ्गलबार चतुर्थी तिथि भए पनि गणेश चतुर्थी सोमबार नै गर्नुपर्ने ज्योतिषीहरूको राय

सामान्य ज्योतिषीय मान्यता छ, ‘लाग्दो तिथि, छोड्दो व्रत’। यसै मान्यताबमोजिम गणेश चतुर्थी मङ्गलबार मनाउनुपर्ने तर्क पनि उठेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने सोमबार तृतीया तिथिका दिन हरितालिका तीजसँगै यो पर्व जनाएको छ। सोमबार बिहान सूर्योदयका बेला चन्द्रमानअनुसार तृतीया तिथि परेको छ। त्यसैले पात्रोमा सोमबार तृतीया तिथि...

भक्तपुरको पाँच तले मन्दिर निर्माणमा नालाको योगदान

नेपालको प्रशिध्द प्यागोडा शैलीको मन्दिरहरु मध्य सबै भन्दा उत्कृष्ठ मन्दिर हो भक्तपुरको पाँच तले मन्दिर /यो मन्दिर भक्तपुरको टौमडीमा रहेको छ । यस मन्दिरको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भूपतिन्द्र मल्लले बनाएका हुन्। यस मन्दिरमा ठुला पाँच तला सिंढी र त्यस माथि पाँच तल्ला मन्दिर...

अनामणि बंशावलीको आवश्यकता

नेपालमा पाइएको बंशावलीहरु मध्ये गोपाल बंशावली सबैभन्दा पुरानो बंशावली हो । यो बंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना गर्ने नेपजातीको बंशावलीको रुपमा लिएको छ । नेपाली इतिहासमा गोपालकाल र महिषपालकाल पछि मात्र किँरातकाल शुरु भएको मानिन्छ । गोपालकालको प्रमाणको रुपमा “गोपालराज बंशावली” लाई लिइने गरिएको...