संस्कृति/धर्म

ल्हासाबाट भित्रिएको मासुको परिकार ‘गोर्मा’

-रत्न प्रसाद अनामणि श्रेष्ठ


नेवार समुदायका शाक्य,बज्राचार्य र तुलाधरहरु मल्लकालीन समयमा ल्हासामा निक्कै ब्यापार गर्दथे/ सोहि समयमा ल्हासाबाट सिकेरआएको मासुको परिकार नै ‘गोर्मा’ हो/ यो परिकार विशेषगरि नेवारी समुदायको तुलाधर,बज्राचार्य र शाक्य जातिको ठुलाठुला भोजहरुमा यो परिकार बनाउने गरिन्छ/ बास्तबमा ‘गोर्मा’ शब्द नेवारी होइन/ यो तिब्बती शब्द हो/ तिब्बती भाषामा यसको खास अर्थ “पानी जस्तै सफा देखिनु” हो भन्ने हुनआउछ/ ‘गोर्म़ा’ नेपालमा मल्लकालतिर नेवारी भोजहरू बिशेष गरि शाक्य बंसजहरुमा प्रवेश गरेकोआयातित मासुको परिकार भन्दा फरक पर्दैन/

‘गोर्मा’ मासुको परिकार नेवारी लोकप्रिय परिकार ‘तखा’ (थलथले) जस्तै हो/ यो परिकार बनाउन निक्कै बेर पकाउनु पर्ने हुन्छ/ ‘गोर्मा’ परिकारमा सुकेको मासु,हड्डीको टुक्रा,सुकाईएको बोसो राखेर नया मासुसग पकाउने गरिन्छ/ यसको स्वाद विशेष प्रकारको हुन्छ/ ल्हासाका पशुपालकहरु भेडा च्याङ्ग्रा चराउन जाने बेलामा कुनै भेडा च्याङ्ग्रा दुर्घटना भएर घाइते भइ हिड्न नसक्ने भएमा त्यहि काटेर सुकाएर घर आउदा बनाउने एक किसिमको झोल भएको सुकुटी परिकार जस्तो देखिन्छ/ ‘गोर्मा’ बनाउदा नेपालमा राँगाको मासुमा पुरानो भेडाको मासु ल्हासाबाट ल्याएको मिसाउनै पर्दछ/ ‘गोर्मा’ बनाउदा बेसार राख्नु हुदैन भन्ने गरिन्छ र राखिदैन पनि/ ‘गोर्मा’ बनाउदा सायद ल्हासातिर बेसार नपाइने भएकोले पनि नराखिएको हुनुपर्दछ/ ‘गोर्मा’ बनाउदा चामलको पिठो हाल्ने गरिन्छ/ मसलाहरू नेवारी परिकार’तखा'(थलथले)लाई जस्तै हाल्नुपर्दछ/ धेरैबेर पकाएर माटोको भ्यग (भिउत) मा एकरात राखेपछि भोलिपल्ट यो परिकार खानको लागि तयार हुन्छ/

हिजोआज ‘गोर्मा’ लाई कतैकतै ‘कुटी गोर्मा’ पनि भन्ने गरिन्छ/ तिब्बतको ‘कुटी’ भन्ने स्थानबाट आएको परिकार भएकोले ‘कुटी गोर्मा’ भनेको हुनुपर्दछ/ यो परिकार नेवार समुदायको ‘श्रेष्ठ ‘हरुले बनाउने गर्दैनन्/ यिनीहरुको भोजमा पनि यो परिकार प्रयोग गरिएको पाइदैन/ जे होस् पुर्खाहरुले आफ्नो ज्ञान र शीपले नेपालमा भित्र्याइएको लोकप्रिय र छुट्टै स्वादको यो मासुको परिकारलाई हाल पनि नेवारी समुदाय भित्रका शाक्य परिवारहरुले यसलाई बचाई राख्नु अत्यन्त आवश्यक र भावी पुस्तालाई सिकाउनु पर्ने देखिन्छ/

 

शुक्र, बैशाख ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा हरेक घर घरमा तुलसीको पुजा गरि मनाइन्छ

 हिन्दु धर्म अनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ। भगवान् विष्णुको प्रतीकका रूपमा...

टोकियो कोउतोकु स्थित दान्चीहलमा म्ह पुजा सम्पन्न

टोकियो / जापानमा क्रियाशिल संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदनप्रधान तथा सामुहिक म्ह पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातको लगायत जापानीहरूको पनि सहभागी रहेको थियो । कार्यक्रमको...

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन्...

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...