साहित्य गतिबिधि

कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिए


काठमाडौँ ६ बैशाख । कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाह भएको छ । धेरैजसो साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा बिहिबार दुइ कविले लगनगाठो गासेका हुन् ।
नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका उनीहरुले आफ्नो कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिएका हुन् । कवि ढुंगाना भन्छिन्, ‘त्यो भेटघाट आज विवाह बन्धनमा परिणत होला भनेर कल्पना पनि गरेको थिइनँ ।’ बिस्तारै एकअर्कालाई बुझ्दै गएपछि त्यो भेटले नै दुवैजनाको भेटघाट बाक्लिँदै गएको उनले बताइन् । पछि त्यो भेट नै बिस्तारै एकअर्काको मनमा प्रेमको भावनाको विजारोपण गरेको थियो ।

कवि दाहाल आफ्नो भाग्यमा लेखिएको कुरा केही गरे पनि नमेटिने बताउँछन् । नुवाकोटकी कवि ढुङ्गानाको कविता सङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कविता सङ्ग्रह समेत विवाहको अवसरका लोकार्पण गरिएको थियो । दुई कृतिको लोकार्पण गर्नुहुँदै संस्कृतिविद तथा शताब्दीपुरुष सत्यमोहन जोशीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यस विवाहले सहयोग पु¥याएको बताए । उनले भने, “विवाहसँगै नयाँ कृतिलाई पनि लोकार्पण गरिनु साधारण कुरा होइन् ।” उनले दुई कृतिसँगै दुई आत्मा पनि जोडिएकोमा बधाई समेत दिन भ्याए ।
साँस्कृतिक संस्थान (नाचघर) मा लगभग ७ सय देखि ८५० को हाराहारीमा उपस्थीति महानुभावले बर-बधुलाई सुभकामना दिएका थए ।

शनि, बैशाख ७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

व्यथित सिन्धु प्रतिभा सम्मान अर्पण कार्यक्रम सम्पन्न।

व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि श्री दुर्गालाल श्रेष्ठ र सिन्धु प्रतिभा सम्मान कवि श्री रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ। आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति माननीय श्री...

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती दुइ दिन मनाए

काठमाडौं, कार्तिक १० र ११ गते । संसाक मासिक ,साहित्यकार खेलकुद समाज नेपाल ,खोज अनलाइन र आधुनिक साहित्य परिषदले दुइ दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती रचनावाचन र देउसी–भैलो खेल्दै मनाइएको छ । पहिलो दिनको कार्यक्रममा संसाकका संरक्षक तथा साहित्यकार डा.सत्यराज थपलियाको सभापतित्वमा सम्पन्न गरिएको थियो । कार्यक्रमका...

प्रज्ञा–प्रतिष्ठानमा दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन

काठमाडौँ, असोज प्रधानमन्त्री केपी शर्मा ओलीले अब हामी एकताको बाटोमा मात्र हैन एकता र सहकार्यको साथ अगाडि बढ्न चाहिरहेको कुरा हालै मात्र महामहिम चिनिया राष्ट्रपति सि जिनपिङको भारत र नेपालको भ्रमणले प्रष्ट पारेको कुरा बताउनुभयो । हामी साहित्य र सँस्कृतिको क्षेत्रमा पनि त्यही सहकार्यको अवस्थालाई निरन्तरता...

मैत्रीपूर्ण साक थोन–२०७६ सम्पन्न

काठमाडौँ, असोज ११ गते । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र काठमाडौँ ग्लोबल स्कुलको संयुक्त आयोजनामा डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यको साथै प्रदेश नं. ३, काठमाडौँ क्षेत्र नं. ६ का सभासद् दीपक निरौलाको विशिष्ट आतिथ्यमा साहित्यकार, कविहरूको...

राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश

७ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता,...