समाचार

सिद्धिपुरमा बाल–बालिकालाई ‘‘समरिटन्स पर्स” उपहार प्रदान


ललितपुर÷ अनुग्रह बाल क्लब, सिद्धिपुरले सयभन्दा बढी बाल–बालिकालाई विकसित देशका बालबालिकाले संकलन गरेर पठाएको उपहारको पोका ‘‘समरिटन्स पर्स” उपहार बाँडेको छ । शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६, सिद्धिपुरमा आयोजिक कार्यक्रममा उक्त उपहारका पोका वितरण गरिएको हो ।
उपहार वितरण गर्दै प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका उप–मेयर निर्मला थापाले कोही पनि नेपाली बालबालिका आफ्ना अधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिएर आफूहरुले काम गरिरहेको विचार व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष बिनोद महर्जन (थसिमि) द्वारा ६ वर्ष अघिदेखि बाल प्रतिभा उजागर गर्न सञ्चालित क्लबलाई आगामी वर्षदेखि आफूले बजेट छुट्याइदिने महालक्ष्मी नगरपालिका, वडा नम्बर ६ का अध्यक्ष बासुदेव महर्जनले बताउनुभयो ।
उपहारका लागि कार्नेट नेपालका समुवेल सुब्बाले सहयोग गर्नुभएको थियो भने समन्वय महालक्ष्मी नगर संयोजक प्रेम कृष्ण महर्जनले गर्नुभएको थियो । कार्यक्रममा बालबालिकाका तर्फबाट यस्तर घले र दिपेश घिमिरेले मन्तव्य राख्नुभएको थियो ।

आइत, बैशाख ८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण

वैशाख, भद्रपुर । झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ । अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गरेका हुन् । साढे सात फिट उचाइ...

आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने

बैशाख १७ – आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज देशको पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको...

मदन श्रेष्ठद्वारा लिखित पुस्तक “ऐतिहासिक नगर टाेखा” बिमोचन सम्पन्न

टाेखा ।ऐतिहासिक नगर टाेखा नामबाट नयाँ पुस्तक प्रकाशित भएकाे छ । मदन श्रेष्ठद्वारा लिखित पुस्तककाे शनिबार ३ नम्बर प्रदेशका सभासद सुरेन्द्र राज गाेसाईले विमाेचन गर्नुभएकाे हाे । राजवीर डंगाेलकाे सभापतित्वमा भएकाे कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारी, वरिष्ठ कलाकार राधेश्याम मुल्मी, टाेखा नगरपालिका वडा नम्बर...

नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थाले

चैत, चितवन । नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उनीहरुले यसलाई सानो आकारको ‘पानी जहाज’ भनेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १६ काब्रेघाटको...

आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि…

एजेन्सी । साना-साना बालबालिकाहरूको सोच्ने तरिका देखि लिएर बानी ब्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ। बालबालिकाहरू साना-साना कुरामा दुखी हुन्छन् भने साना-सानामा खुसी। अहिले भारतका एक बालकले सामाजिक सञ्जालमा निकै र्चचा पाइरहेका छन् । उनको कामले धेरैलाई भावुक र चकित बनाएको छ । भारत मिजोरम...

काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशूली नदिमा खसेको

सोमबार राति काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशूली नदिमा खसेको छ । मुग्लिनबाट कुरिनटारतर्फ गइरहेको बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना सवार बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको हो । बसमा चालक, सहचालक...