साहित्य गतिबिधि

तारा के.सी.को चौथो कृति ‘प्रिय छोरी’ कविता सङ्ग्रह लोकार्पण


काभ्रे (श्रीखण्डपुर), वैशाख १४ गते ।
श्रीखण्डपुर मा.वि., श्रीखण्डपुर, काभ्रेका एसएलसी २०४७ समूहको आयोजनामा वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य, प्रा.डा. गार्गी शर्मा, डा. शैलेन्दु प्रकाश नेपाल, डा. सत्यराज थपलियाको विशिष्ट आतिथ्य र श्रीखण्डपुर मा.वि.मा पढाउनु हुने गुरूहरू, ताराका समकालीन साथीहरू, डा. गोपाल पौडेल, कवि छविरमण सिलवाल, कवि÷पत्रकार उमेश पाण्डे, कवि रत्नप्रसाद अनामणि श्रेष्ठ, कवि द्वारिका कुइकेल, कवि सीता बिष्ट कार्की, अधिवक्ता कृष्णप्रसाद अधिकारी, कवि धरणीधर गुरागाईँसमेतको विशेष आतिथ्यमा कवि तारा के.सी.को चौथो कृति ‘प्रिय छोरी’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ !
कवितासङ्ग्रह ‘प्रिय छोरी’ को लोकार्पण गर्दै डा.शैलेन्दुप्रकाश नेपालले स्नातकसम्मको उच्च शिक्षा अध्ययन गरी आफ्ना व्यवहारिक जीवनलाई व्यवस्थापन गर्दै आपूmमा अन्तर्निहित सिर्जनात्मक रागलाई मार्मिक ढङ्गमा प्रस्तुत गर्दै जाने क्रममा ताराको कलमले कविता, मुक्तक, बालगीत, बालकथा, कथालगायतका विधामा आपूmलाई स्थापित गर्दै लगेको छ, भन्नुभयो । डा. नेपालले ताराका कविताहरू मार्मिक छन्, सुन्दर छन्, प्रभावशाली छन्, भन्नुहुँदै उनका कवितामा निजत्व प्रवाहित रहेको पाइन्छ भने चिन्तन पक्ष विशेष देखिन्छ, भन्ने बताउनुभयो । उहाँले ताराका कविताहरू प्रतिकात्मक छन् र कवितामा नारीप्रतिको संवेदनशीलतालाई विशेष रूपले उठएएको पाइन्छ, भन्ने उल्लेख गर्नुभयो । उनका कविताहरूलाई प्राकृतिक र सांस्कृतिक बिम्बहरूले रोचक बनाएको पनि डा.नेपालले बताउनुभयो ।
कार्यक्रममा समीक्षात्मक मन्तव्य राख्दै डा. धनेश्वर भट्टराईले ताराका कविताहरूले युग, समाज र समयसँग परिचित गराएका छन् भन्नुभयो । डा.भट्टराईले उनका कविता हामी बाँचेको समय र युगका पदचापहरू, बानी र बतासहरू, हामीले झेलेका समस्याहरू, अनुभूति र कल्पनाका सुन्दर बान्कीहरू जस्ता लागेको बताउनुभयो । उहाँले सरल, सुबोध्य भाषा–शैलीमा रचिएका कविताहरू औधी सुन्दर रहेको पनि बताउनुभयो ।
कवि तारा के.सी.को चौथो प्रकाशन ‘प्रिय छोरी’ कविता सङ्ग्रहको लोकार्पण समारोहमा प्राज्ञ माया ठकुरी, प्रा. डा. गार्गी शर्मा, डा. शैलेन्दु प्रकाश नेपाल, कवि÷पत्रकार उमेश पाण्डे, मेघनाथ दवाडी, दयाराम श्रेष्ठ र कृष्णमान श्रेष्ठले पनि पुस्तक चर्चाको साथै आफ्ना अमूल्य शब्दहरूबाट स्रष्टा तारा के.सी. लाई आशीर्वचन प्रदान गर्नुभएको थियो ।
चौकोट पनौती, काभ्रेमा जन्मेकी तारा के.सी.का तारापुञ्ज (कवितासङ्ग्रह, २०६७), पूmलबारी (बालकवितासङ्ग्रह, २०७०) र फिन्को र टोरी (बालकथासङ्ग्रह, २०७४) प्रकाशित भइसकेका छन् भने यो प्रिय छोरी (कवितासङ्ग्रह, २०७५) उनको चौथो कृति रहेको छ ।
श्रीखण्डपुर मा.वि., श्रीखण्डपुर, काभ्रेको एसएलसी २०४७ समूहका संयोजक सन्दीप के.सी.को सभापतित्वमा सम्पन्न गुरूवर्ग सम्मान तथा पुस्तक लोकार्पण समारोहमा खास गरी २०४७ सालको उक्त समूहलाई पढाउने शिक्षकहरूको साथै त्यसपछि पनि विद्यालयमा लामो समयसम्म अध्यापन गराउने र हालसम्म पनि कार्यरत शिक्षक÷शिक्षिकाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा डा.धनेश्वर भट्टराई, मेघनाथ दवाडी, दयाराम श्रेष्ठ, कृष्णमान श्रेष्ठ, सुरेन्द्रकुमार राई, राधादेवी राजवंसी, डिल्लीराम निरौलासमेत गरी ११ जनालाई सम्मान गरिएको थियो । त्यसैगरी उक्त समूहले अतिथिहरू प्राज्ञ माया ठकुरी, प्रा.डा.गार्गी शर्मा र डा.शैलेन्दुप्रकाश नेपाललाई पनि सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूबाट गीत तथा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो ।
समारोहमा स्रष्टा तारा के.सी.लाई उनको सिर्जनशीलता र लेखकीय उच्चताको लाथि ‘गोंगबुँ रिडर्स् ग्रुप’ काठमाडौँले छुट्टै पनि सम्मान गरेको थियो । त्यस अवसरमा ‘गोंगबुँ रिडर्स् ग्रुप’ का पदाधिकारीहरू डा. सत्यराज थपलिया, डा.शैलेन्दुप्रकाश नेपाल, उमेश पाण्डे, रत्नप्रसाद अनामणि श्रेष्ठ, सीता बिष्ट कार्की, टंकबहादुर खत्री, द्वारिका कुइकेल, धरणीधर गुरागाईं र कुष्णप्रसाद अधिकारीले आआफ्ना रचना पनि वाचन गर्नुभएको थियो ।

मङ्ल, बैशाख १७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अक्षरमार्गले वषको दुईपल्ट वाङ्मयसेवीहरूलाई सम्मान गर्दै

अक्षरमार्गले हालै काभ्रेमा आयोजित एक समारोह वीच वरिष्ठ साहित्यकार केदारनाथ खनाललाई श्रीराम स्मृति अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट र विष्णुहेम अक्षरमार्ग साहित्यिक पत्रकारिता सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार जयदेव भट्टराईलाई सम्मान गरेको छ । अक्षरमार्ग साहित्यिक त्रैमासिकद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि डा गोविन्दराज भट्टराईले उहाँहरुलाई नगद...

चामलिङलाई प्रज्ञा–प्रतिष्ठानमा स्वागत

माघ २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय...

काभ्रे पनौतीमा शिशिर काब्य गोष्ठी सम्पन्न

अक्षरमार्गले हालै शिशिर काब्य गोष्ठीको आयोजना गरेको छ । सो काब्य गोष्ठी कवि सुदेस सत्यालको फर्केर आऊ घर कविता बाचनबाट प्रारम्भ भएको थियो भने कवि सूर्य लाकोजूको मुक्तक प्रस्तुतिपछि समापन भएको थियो । सो काब्य गोष्ठीमा सारदा शर्मा, मच्छेश्वर सापकोटा, कलानीधि दाहाल, सरु सुवेदी, विनोद...

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका १२ जना व्यक्तिहरुलाई सम्मान गरे

पाल्पा, मंसिर २८/शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले १४ औं वार्षिक उत्सव तथा ९१ औं कूलमणी देवकोटा जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रका १२ जना व्यक्तित्वहरुलाइ शनिबार तानसेनमा सम्मान गरेको हो । प्रतिष्ठानले साहित्य क्षेत्रतर्फ महेश्वरप्रसाद श्रेष्ठलाई जगत...

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

पनौती विशेष कवि गोष्ठी

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान...