राजनिति

मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने


बैशाख १७ – मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ । निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने समितिले जनाएको छ । समितिले निर्माण कम्पनीसँग सम्झौता रद्ध गरेपछि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव ल्याइएको थियो ।

दुई प्रस्तावमध्ये समितिले द्रुतमार्गबाट जाने निर्णय गरेको हो । जसमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४५ अनुसार विशेष परिस्थितिको कारण जनाइ खरिद प्रक्रिया पु¥याएर छिटो काम सम्पन्न गर्ने भनिएको छ । मन्त्रिपरिषद्को निर्णयपश्चात् प्रक्रिया अघि बढाइने छ ।गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले  समाचार लेखेका छन् ।

मङ्ल, बैशाख १७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

काश्मीरमा भारतविरोधी ठूलो आन्दोलन उठ्न खोज्दै

साउन । भारत सरकारले झन्डै ७० वर्षसम्म कायम रहेको विशेष संवैधानिक हैसियत खारेज गरिदिएपछि सोमबार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ । श्रीनगरस्थित बीबीसी सम्वाददाताका अनुसार कश्मीर क्षेत्रका जनता धोका पाएको तीतो अनुभूति गरिरहेका छन् र भित्रभित्रै आक्रोशित छन् । बन्दुक बोकेका हजारौँ सुरक्षा...

लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगे

९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला...

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग

असार, कामठाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पंफा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै पितृसत्तावादी...

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै हुनुहुन्छ । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लाग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको...

समानुपातिक सांसदले पनि रकम पाउने

२९ जेठ, विराटनगर । प्रदेश १ सरकारले समानुपातिक सांसदहरुलाई पनि संसद् विकास कोषमार्फत रकम बाँड्ने भएको छ । संघीय सरकारको अनुशरण गदै आगामी आर्थिक वर्ष ०७६/७७ देखि प्रदेश १ सरकारले समानुपातिक सांसदहरुका लागि पनि रकम बाँड्न लागेकाे हाे । त्यसका लागि उसले संसद् विकास कोष निर्माण...