साहित्य गतिबिधि

दीपज्योतिमा बिशेष वसन्त काव्य गोष्ठी 


काठमाडौँ, वैशाख १४ गते शनिवार ।
दीपज्याति आ.मा.वि.गोंगबुँले विगत वर्षदेखि गर्दै आएको वसन्त काव्य गोष्ठी पूर्व रक्षा मन्त्री तथा नेकपाका नेता भीम रावलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।
विद्यालयको प्रिन्सिपल विमला अधिकारी कुँवरको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रा.डा. गार्गी शर्मा, प्रा.डा.बिदुर चालिसे, डा.शैलेन्दुप्रकाश नेपाल, डा.देवी नेपाल, डा.सत्यराज थपलिया, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, पूर्व सचिव आत्मराम पाण्डेको विशिष्ट आतिथ्य र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, डा.बमबहादुर थापा जिताली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर अधिकारी, विद्यालयका संस्थापक प्रिन्सिपल उपेन्द्रनरसिंह अधिकारी, पूर्व सहसचिव होमनाथ थपलिया, गुरू नारायणाचार्य कौशिक, सामुदायिक सेवा केन्द्र गोंगबुँका अध्यक्ष राकेश सिंह, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, कवि रामबाबु सुवेदी, लेखक हरिहर खनाल, कवि प्रभा भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रावलले नयाँ प्रस्तुती र नौलो ढङ्बाट सञ्चालन गरेको यो कार्यक्रम आपूmलाई राम्रो लागेको बताउनुभयो । सर्जकले लेख्दा समाज र देशको अवस्था र खाँचो के हो भन्ने कुरालाई विचार पु¥याउनु पर्छ, रावलले भन्नुभयो ‘देशमा अहिले सरकार छ भन्न पनि लाज लाग्ने अवस्था रहेकोले स्रष्टाको कलमले देशको नेतृत्वमा बसेकाहरूलाई सजग र सचेत गराउँदै लानुपर्ने कुरामा जोड दिनुपर्छ ।’ लेखक, कविका विचार र भावनाले देशको सीमा मिचिँदा, सार्वजनिक सम्पतीको हिनामिना हुँदा र प्रशासनको वेथितिमा सधैँ होशियारी र खवर्दारी गरिरहनुपर्छ, प्रमुख अतिथि रावलको भनाइ थियो ।
कार्यक्रममा अतिथि हरिहर खनालले कार्यक्रमको नयाँ ढाँचा र अवस्था अनुसार स्रष्टाहरूले पनि आपूmलाई सोही अनुसारको व्यवहारमा ढाल्नुपर्ने कुरामा जोड दिनुभयो ।
विद्यालयको प्रिन्सिपल विमला अधिकारी कुँवर र संस्थापक प्रिन्सिपल उपेन्द्रनरसिंह अधिकारीले विद्यालयले आफ्नो स्थापना कालदेखि नै भाषा, साहित्य, कला र तिनका सर्जकहरूलाई सम्मान गर्दै आएको र यसरी विविध क्षेत्रका कवि, कलाकारहरूलाई स्वागत र सम्मान गर्न पाउँदा आपूmहरूलाई निकै खुशी लागेको बताउनुभयो ।
‘हाम्रो उहपार सबैको हातमा पुरस्कार’ भन्ने नाराको साथ आयोजित वसन्त काव्य गोष्ठी–२०७६ मा उपस्थित स्रष्टाहरूलाई कुपन छान्न लगाई, सोही कुपनमा परेको नम्बर अनुसारको गतिविधिको आधारमा सहभागी कवि÷सर्जकहरूले गीत, कविता, गजल, मुक्तक वाचन, नृत्य प्रस्तुती, वक्तव्य तथा शुभकामना मन्तव्य, असल श्रोता, विज्ञापन, जोक्स्, समीक्षा, प्रश्न–उत्तर, स्रष्टाको परिचय तथा प्रशंसा, व्यङ्ग्यात्मक प्रस्तुती, साहित्यिक दोहोरी, सामुहिक फोटा खिचाउने आदि क्रियाकलापहरू प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा सहभागी सबै स्रष्टा सर्जकहरूलाई कुनै न कुनै उपहार र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रा.डा.बिदुर चालिसे, डा.शैलेन्दुप्रकाश नेपाल, कवि प्रकाश वस्नेत गफाडीको निर्णायक मण्डलले समग्र गतिविधिबाट तीन जना उत्कृष्ट स्रष्टाहरू रामबाबु सुवेदी, रीता खतिवडा र वासुदेव ठकुरीको चयन गरेको थियो । उत्कृष्ट तीन स्रष्टाहरूलाई जनही रु.एकहजार नगदसहित मायाको चिनो पनि प्रदान गरिएको थियो । 

बुध, बैशाख १८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

“सपनामा भगवानसँगको कुरा” कथा संग्रह लोकार्पण 

  काठमाडौँ, असार ६ गते । पूर्व मेजर टंकबहादुर बजगाई खत्रीको कथासङ्ग्रह ‘सपनामा भगवानसँगको कुरा’ एक कार्यक्रमको बीच लोकार्पण गरिएको छ । गुरू नारायणाचार्य कौशिक रिमालको सभापतित्वमा सञ्चालन भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि पूर्व सहायक रथी तेजप्रकाश बानियाँ लगायत विशिष्ट अतिथि तथा अतिथिहरूले खत्रीको कथासङ्ग्रहको सामूहिक रूपमा...

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल नुवाकोटमा सम्पन्न

काठमाडौँ, जेठ १७ गते शुक्रबार । संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोटमा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो । खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न...

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन

काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ । दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष...

नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन

काठमाण्डौं, वैशाख २० गते । टोखानगरपालिका ८ नं. वडा कार्यालयले नव वर्ष २०७६ को शुभ अवसरमा ‘वडावासीहरू सबैको एउटै रहर, स्वच्छ, सफा टोखा नगर’ भन्ने नाराका साथ भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो । भित्तेपात्रो (क्यालेण्डर) को विमोचन विमोचन गर्दै काठमाडौँ क्षेत्र नं. ६...

तारा के.सी.को चौथो कृति ‘प्रिय छोरी’ कविता सङ्ग्रह लोकार्पण

काभ्रे (श्रीखण्डपुर), वैशाख १४ गते । श्रीखण्डपुर मा.वि., श्रीखण्डपुर, काभ्रेका एसएलसी २०४७ समूहको आयोजनामा वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य, प्रा.डा. गार्गी शर्मा, डा. शैलेन्दु प्रकाश नेपाल, डा. सत्यराज थपलियाको विशिष्ट आतिथ्य र श्रीखण्डपुर मा.वि.मा पढाउनु हुने गुरूहरू, ताराका समकालीन साथीहरू, डा. गोपाल पौडेल, कवि...