स्थानीय समाचार

बानियाँटारस्थित जालपा पुस्तकालयको नयाँ भवनको उद्घाटन


काठमाण्डौं, वैशाख १२ गते ।
जालपा पुस्तकालयको तेस्रो वार्षिक उत्सवको अवसरमा माननीय उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले एक समारोहका बीच आज काठमाण्डौंको टोखा नगरपालीका–८, बानियाँटारस्थित जालुपा पुस्तकालयको नयाँ भवनको उद्घाटन गर्नुभयो ।
पुस्तकालय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पढ्ने बानीको विकास गर्नका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पुस्तकालयलाई आवश्यक पर्ने सहयोग गर्न नगरपालिका र प्रदेशलाई निर्देशनसमेत दिनुभयो । साथै पोख्रेलले पुस्तकालयको निरन्तरताको निम्ति आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य योगेन्द्र सङ्ग्रौलाले पुस्तकालयको विकासका निम्ति आपूmले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पुस्तकालयको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित टोखा नगरपालिका विद्यालय स्तरीय नृत्य प्रतियोगितामा टोखा नगरपालिका–८, जालपाचोकस्थित पारामाउण्ट एकेडेमी स्कुलको टोली प्रथम भएको भयो । टोखा नगरपालिका भित्रका ९ विद्यालय सहभागी उक्त प्रतियोगितामा पारामाउण्टका विद्यार्थीहरू– कविता भण्डारी, नलिना घर्तिमगर, निहारीका थापा, प्रतिमा गौतम, उजना खत्री, सविता कडेल, आटीटेपा, सृजना रिजालले नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा ग्रीनल्याण्ड स्कुलको टोली द्वितीय र क्युपिड स्कुलका विद्यार्थीहको टोली तृतीय र फ्लोरोसेन्ट स्कुलको टोलीले सान्त्वना जित प्राप्त गरेका थिए ।
जालपा पुस्तकालयका अध्यक्ष नरबहादुर बिसी बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा टोखा नगरपालीकाका मेयर प्रकाश अधिकारी, काठमाण्डौ प्याब्सनका जिल्ला सदस्य तथा पारामाउण्ट एकेडेमीका फाउण्डर प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

शुक्र, बैशाख २०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु

२७ असार, काठमाडाैं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय...

एम्बुलेन्समा लापर्वाही

दोलखा शैलुङ गा पा ८ भैसे विरामीहरुलाइ निशुल्क सेवा दिन भन्दै कर छुट र विभिन्न दातृ निकायको सहयोगमा भित्रने गरेको एम्बुलेन्सहरुले विरामीहरुको सेवा त परै जाओस महंगो शुल्क लिएर ठगी धन्दा गर्दै आएका छन् । अधिकांश एम्बुलेन्सहरु ट्याक्सीको भन्दा महंगो शुल्कमा विरामी यात्रुको सेवामा लिप्त रहेको...

ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिए

काठमाण्डाै – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाकाे डिस्पोजल टोलीले डिस्पाेज गरिरहेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । ...

यो देशको भूमिपुत्र नेवारहरु पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा

तनहुँ डुम्रेका ४८ वर्षीय रोहित श्रेष्ठले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । २२ वर्षअघि रोजगारका लागि अमेरिका पुगेका सफ्टवेयर इञ्जीनियर श्रेष्ठले यही जेठ २ गते बिहीबारका दिन बिहान साढे ६ बजे विश्वको सर्वोच्च शिखर चुमेर आफ्नो उद्देश्य प्राप्ती गरेका हुन् । नेपालमा अलपत्र परेका सडक...

गोंगबुमा सडक दौड प्रतियोगिता सम्पन्न

टोखा नगरपालिका वडा न.१० र गोंगबु उपभोक्ता समितिको संयुक्त आयोजनामा प्रथम टोखा नगर वडा स्तरीय सडक प्रतियोगिता सम्पन्न भएकोछ/ उक्त प्रतियोगिता गोंगबु नयाँ सडक भैरब चोकबाटसंचालन भएको थियो/दौडको शुभारम्भमा रास्ट्रिय धुन बजाएरशुरु गरिएको कार्यक्रममा वडा न.१० का अध्यक्ष मधुशुदन पाण्डे ले उद्घाटन गर्नु भएको थियो...

तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटे

वैशाख, जनकपुरधाम । तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटेको छ । गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो । गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् ।...