साहित्य गतिबिधि

नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन


काठमाण्डौं, वैशाख २० गते ।
टोखानगरपालिका ८ नं. वडा कार्यालयले नव वर्ष २०७६ को शुभ अवसरमा ‘वडावासीहरू सबैको एउटै रहर, स्वच्छ, सफा टोखा नगर’ भन्ने नाराका साथ भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो ।
भित्तेपात्रो (क्यालेण्डर) को विमोचन विमोचन गर्दै काठमाडौँ क्षेत्र नं. ६ का माननीय सभासद् भीमसेन दास प्रधानले हाम्रा पुर्खाहरूले काठमाडौँलाई व्यवस्थित शहरको रूपमा बसाएका थिए तर आधुनिकताको नाममा आज हामीले जथाभावी अव्यवस्थित शहरी विकास र वस्ती बसाउँदै गएकोले शहरको स्वरूप नै बिग्रँदै गएको र हामीले त्यसको दुःखद् परिणाम पनि भोग्दै आइरहेका छौँ, भन्नुभयो । प्रमुख अतिथि प्रधानले सार्वजनिक सम्पत्तिको संरक्षण, नागरिकका समस्याहरूमा चासो र पारदर्सी विकास, निर्माण गर्नसकिएमा मात्र जनताले जनप्रतिनिधिहरूको सम्मान गर्ने र भोलि हुने निर्वाचन र उमेद्वारीले सार्थकता पाउने कुरा बताउनुभयो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले हामी सबैका गतिविधिहरू समृद्धिको दिशातर्फ लाग्नसके नै यो नयाँ वर्षको सार्थकता रहने बताउनुभयो ।
त्यस अवसरमा टोखानगरपालिका ८ नं. वडाका अध्यक्ष केशवबहादुर खत्रीले वडामा भइरहेका गतिविधि र आगामी कार्यक्रमहरू बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वडा नं. १, ९ र १० का वडा अध्यक्षहरू क्रमशः श्रीकृष्ण अधिकारी, जे.पी. नेपाल र मधुसूदन पाण्डेको साथै वडा सदस्यहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू र वडावासी दाजुभाइ तथा दिदीबहिनीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

शनि, बैशाख २१, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा छ श्रष्टा सम्मानित

पनौतीमा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काइँलाले नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा उल्ल्ेखनीय योगदान पु¥याएका छ जना वाङ्मयसेवीहरूलाई एक कार्यक्रम वीच सम्मान गरेका छन् । अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्री नेपालीले उहाँहरुलाई सम्मान...

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

“सपनामा भगवानसँगको कुरा” कथा संग्रह लोकार्पण 

  काठमाडौँ, असार ६ गते । पूर्व मेजर टंकबहादुर बजगाई खत्रीको कथासङ्ग्रह ‘सपनामा भगवानसँगको कुरा’ एक कार्यक्रमको बीच लोकार्पण गरिएको छ । गुरू नारायणाचार्य कौशिक रिमालको सभापतित्वमा सञ्चालन भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि पूर्व सहायक रथी तेजप्रकाश बानियाँ लगायत विशिष्ट अतिथि तथा अतिथिहरूले खत्रीको कथासङ्ग्रहको सामूहिक रूपमा...

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल नुवाकोटमा सम्पन्न

काठमाडौँ, जेठ १७ गते शुक्रबार । संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोटमा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो । खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न...

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन

काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ । दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष...

दीपज्योतिमा बिशेष वसन्त काव्य गोष्ठी 

काठमाडौँ, वैशाख १४ गते शनिवार । दीपज्याति आ.मा.वि.गोंगबुँले विगत वर्षदेखि गर्दै आएको वसन्त काव्य गोष्ठी पूर्व रक्षा मन्त्री तथा नेकपाका नेता भीम रावलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । विद्यालयको प्रिन्सिपल विमला अधिकारी कुँवरको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रा.डा. गार्गी शर्मा, प्रा.डा.बिदुर चालिसे, डा.शैलेन्दुप्रकाश नेपाल, डा.देवी नेपाल, डा.सत्यराज...