साहित्य गतिबिधि

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन


काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ ।
दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष गरेर ‘जन आकाश’ साप्ताहिकमा निरन्तर आफ्नो कविता प्रकाशन गरिरहेको पाइन्छ ।
आज उनिद्वारा लिखित ‘हाइकु’ विमोचन हुँदा सयौको संख्यामा आएका साहित्यकारहरुको उपस्थिति रहेको थियो । सभापति मुरली प्रसाद ढकालको आतिथ्यमा भएको उक्त विमोचनमा प्रमुख अतिथि प्रा.डा. गार्गी शर्मा रहेका थिए भने विषेश अतिथिहरुमा डा. बम बाहादुर थापा जितालि, डा.शैलेन्दु प्रकाश नेपाल, पुर्वरथि तेजप्रकाश बानिया रहेका थिए । प्रमुख अतिथि शर्माकै हातवाट वरिष्ठ साहित्यकार पुर्व उपरथी तेजप्रकाश बानियाँ र हाइकु बर्णमालाका लेखक दुर्गा अधिकारीलाइ सम्मान गरिएको थियो ।
पुर्व उपरथी तेजप्रकाश बानियाँले समेत ‘जन आकाश’ साप्ताहिकमा आफ्नो साहित्यमा निरन्तर कलम चलाइरहेका छन् । बानियाँ एक कुशल, मिलनसार एवं आफ्नो साहित्यमा निरन्तर अडिग रहन सफल भएका एक कुशल साहित्यकारमा चिनिन्छन् ।
साथसाथै प्रमुख अतिथिकै हातवाट हाइकु वर्णमाला विमोचन गरिएको छ । उक्त हाइकु वर्णमालाका लेखक दुर्गा अधिकारीको रचनालाइ गौरी पव्लिक रिलेशन एन पव्लिकेशनले प्रकाशनमा ल्याएको हो ।
आज नै आमा विषेयक कवितामा पनि प्रतिस्पर्धा गराइएको थियो झण्डै १०० भन्दा बढी कविहरुले भाग लिएका उक्त कवितामा तिलक लुइटेलको संयोजकत्वमा निर्णायक मण्डल बनाइको थियो । निर्णायक मण्डलले दिएको अङकको आधारमा सवैभन्दा उत्कुष्ट कविता वाचन गर्ने कवि गंगा आचार्यलाइ प्रथम पुरुस्कार वितरण गरिएको थियो । उहालाइ कार्यक्रमकी प्रमुख अतिथिको हातवाट पुरस्कार वितरण गरिइको थियो । कार्यक्रमलाइ सम्वोधन गर्ने क्रममा प्रमुख अतिथि प्रा.डा. र्गागीले साहित्य पानी हो जीवन र जगतलाइ नभइन हुने, साहित्त्यले आशु पुच्छ, साइत्य भगवानको स्वरुप हो भन्दै आमाको महत्वलाइ समेत प्रष्ट्याउनु भएको थियो । कार्यक्रमलाइ आकर्षण वनाउन शुरु देखि अन्त्यसम्म गौरी पव्लिकेशनका प्रकाशक तथा साहित्यकार दामोदर ढकालले शैलीवद्ध ढंगवाट कार्यक्रम सफल वनाउन कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

आइत, बैशाख २२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

व्यथित सिन्धु प्रतिभा सम्मान अर्पण कार्यक्रम सम्पन्न।

व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि श्री दुर्गालाल श्रेष्ठ र सिन्धु प्रतिभा सम्मान कवि श्री रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ। आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति माननीय श्री...

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती दुइ दिन मनाए

काठमाडौं, कार्तिक १० र ११ गते । संसाक मासिक ,साहित्यकार खेलकुद समाज नेपाल ,खोज अनलाइन र आधुनिक साहित्य परिषदले दुइ दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती रचनावाचन र देउसी–भैलो खेल्दै मनाइएको छ । पहिलो दिनको कार्यक्रममा संसाकका संरक्षक तथा साहित्यकार डा.सत्यराज थपलियाको सभापतित्वमा सम्पन्न गरिएको थियो । कार्यक्रमका...

प्रज्ञा–प्रतिष्ठानमा दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन

काठमाडौँ, असोज प्रधानमन्त्री केपी शर्मा ओलीले अब हामी एकताको बाटोमा मात्र हैन एकता र सहकार्यको साथ अगाडि बढ्न चाहिरहेको कुरा हालै मात्र महामहिम चिनिया राष्ट्रपति सि जिनपिङको भारत र नेपालको भ्रमणले प्रष्ट पारेको कुरा बताउनुभयो । हामी साहित्य र सँस्कृतिको क्षेत्रमा पनि त्यही सहकार्यको अवस्थालाई निरन्तरता...

मैत्रीपूर्ण साक थोन–२०७६ सम्पन्न

काठमाडौँ, असोज ११ गते । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र काठमाडौँ ग्लोबल स्कुलको संयुक्त आयोजनामा डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यको साथै प्रदेश नं. ३, काठमाडौँ क्षेत्र नं. ६ का सभासद् दीपक निरौलाको विशिष्ट आतिथ्यमा साहित्यकार, कविहरूको...

राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश

७ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता,...