राजनिति

दुई सय इस्लामिक धर्मगुरुसहित छ सय विदेशीलाई देश निकाला गरे


वैशाख, काठमाडौं । इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ ।

गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको बताएका छन् ।

तर, देश निकाला गरिएकाहरु कुन-कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन । यद्यपि प्रहरी सूत्रका अनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकहरुलाई देश निकाला गरिएको छ ।

श्रीलंकाका केही धार्मिक संस्थाहरुले दशकौंदेखि विदेशी उपदेशकहरुलाई राखेका थिए । गृहमन्त्री अबयवर्दनाले उनीहरुप्रति कुनै गुनासो नरहे पनि एकाएक आएका केही धार्मिक गुरुहरुलाई भने निगरानीमा राखिनुपर्ने बताएका छन् । केही विदेशी धर्मगुरुहरुले कुनै स्थानीय व्यक्ति वा समूहलाई भड्काएर फेरि आत्मघाती आक्रमण गराउन सक्ने श्रीलंका सरकारको आशंका छ ।

यसअघि वैशाख पहिलो साता श्रीलंकाका चर्च र होटलहरुमा श्रृंखलावद्ध बम विष्फोट हुँदा २ सय बढीको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते छन् । विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ ।

हालै नयाँ भिडियो सार्वजनिक गर्दै इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बगदादीले इराकमा हारेको बदला लिन श्रीलंकामा श्रृंखलावद्ध बम विस्फोट गराइएको बताएका छन् ।

सोम, बैशाख २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाण्डौ – लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ । पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिने भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । त्यसअघि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण...

नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि ।

नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।ठ मङ्गलवार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो। अब नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १९१ पुगेको छ। मन्त्रालयका अनुसार पर्सा जिल्लाका ३९ जना, रूपन्देही जिल्लाका नौ जना, कपिलवस्तु...

डेङ्गु संक्रमित पनि फैलिन्दै

कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका...

आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी

कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको हो। ‘मलामीको...

विजय प्रकाश मिश्रविरूद्ध गाली बेइज्जती मुद्दा दायर

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि ‘डिल’ गरेको भनिएको अडिओ सार्वजनिक गरेका विजय प्रकाश मिश्रविरूद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन्। उनले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा मिश्रले सार्वजनिक गरेको अडिओमा भएको स्वर आफ्नो भए/नभएको विषयमा कुनै जिकिर गरेका छैनन्। तर उनले...

पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शूरू गर्ने

काठमाडौं, १४ फागुन / नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शूरू गर्ने भएका छन् । अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे कठमाडौंको बिजुली बाजरमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताउनुभयो ।शाहीले भ्रष्टाचारको अत्य,...