कला/मनोरञ्जन

दोहोरी साँझको वास्तविकता खुलाउदै प्रकाश कटुवाल र बिनोद ढकाल


नेपाली गीत संगीतमा निरन्तरता मौलिकतालाइ प्राथमिकता, यसै भावनालाई आत्मसाथ गर्दै म्युजिक ल्याब प्रा लि ले फेरी अर्को लोक दोहोरि गीत बजारमा ल्याएको छ। नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा जुटिरहेको यस कम्पनीले एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा दोहोरि साझामा भन्ने गीत बजारमा ल्याएको हो। म्युजिक ल्याब प्रा लि को प्रस्तुति बिन्दास मायालु अनलाईन रोधीघरको दोहोरि साझामा नामक लोक दोहोरीमा प्रकाश कटुवाल र इन्दिरा बोहोराको सुमधुर स्वर सजिएको छ भने लय प्रकाश कटुवालको र शब्द कृष्ण राई बिन्दासको रहेको छ। लक्ष्मण श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतमा बिनोद ढकाल ,रन्जिता पाण्डे ,भिम के सी ,कल्पना दाहाल लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ। नेपाली मौलिक रोधी बस्ने चलनको परिमार्जित रुपमा खोलिएका शहर केन्द्रित दोहोरि साझमा हुने यथार्थ घटनाहरुलाइ समेटेर तयार भएको यो गीतको भिडियो पनि अति राम्रो बनेको छ.मरुभूमि नारायणले खिचेका फ़ुटेजलाई   रोशन धितालले सम्पादन गरेको उक्त गीतको भिडियो कलाकार बिनोद ढकालको youtub मा हेर्न सकिन्छ।  गीतका अन्य जानकारी सहित सफलताको शुभकामना सहित हेरौ यो भिडियो।

 

 

 

सोम, बैशाख २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

धुर्मुसद्वारा कुलमान घिसिङसँग सहयोगको माग, समस्या समाधान गर्न घिसिङको निर्देशन

काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू...

माधब प्रसाद सिग्देलको मार्मिक लोकदोहोरी ”जोगी” (भिडियो सहित)

पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सर्जक रामु विरहीको लय तथा शब्द सिर्जनामा नयाँ लोक दोहोरी “जोगी” बजारमा आएको छ । गीतमा गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो । छोटो समयमा नै यस गीतले...

म्युजिक ल्याबले ल्यायो कारुणिक गीति कहानी “मरे म त “

नेपाली मौलिक लोक गीत संगीतमा निरन्तरता म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मरे म त । म्युजिक ल्याबको प्रस्तुति संजु गैरे र धोनी सिजालीको लोकदोहोरि गीत मरे म त मा संजु  गैरे को लय तथा  कृष्ण राई  बिन्दासको शब्द रहेको छ तथा...

साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले

दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको...

सत्यमोहन जोशीद्वारा रचित भजन उहाँकै निवासमा संघरत्नले गाए

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा रचित बुद्धका माता मायादेवीसम्बन्धी दुई भजनका साथै ८ वटा भजन ५१ वर्षदेखि भक्ति संगीतमा समर्पित संघरत्न शाक्यले संगीतबद्ध गरेर एकल गायनमार्फत् प्रस्तुत गरेका छन् । आइतबार जोशी निवास ललितपुरको बखुंबहाःस्थित मायादेवी बगैँचामा आयोजित संघरत्न शाक्यको एकल भजन गायन प्रस्तुति...

बहु प्रतिभासाली प्रेम प्रकाश वलीको नयाँ गीत घुम्न जाऊ सरर गीतको सुटिङ्ग सम्पन्न

०५६ सालमा रेडियो नेपाल पहिलो गीत “नदी एउटै भए पनि किनारा त दुई छ” रेकर्दिंग गर्नु भएका प्रेम् प्रकाश ओली रोल्पा मा जन्मिएर दाङ लाई कर्मथलो बनाई दाङको टरिगाउँ निवासी प्रेम प्रकाश वली नेपाली सुगम सङ्गीतका लेकप्रिय गायक बनेका छन् ।...