राजनिति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने


वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न आजबाट जागरण अभियान सुरु गरिएको जानकारी दिए ।

अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ ।

यसअघि कांग्रेसले वैशाख ११ बाट जागरण अभियान सुरु गर्ने तय गरेको थियो । तर पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको थियो ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ । आजबाट सुरु हुने पहिलो चरणको अभियान १ महिना चल्नेछ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ । सम्पादन गर्नुपर्ने कामबारे जिम्मेवारीपत्र दिएर कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्ला पठाएको हो । कार्यक्रमलाई सफल पार्न कांग्रेसले भातृसंगठनहरुलाई पनि जिल्लामा परिचालन गरेको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, देशभर एउटै मोडलमा जागरण अभियान कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम उद्घाटन पनि कांग्रेसले नयाँ तरिकाले गर्दैछ । स्वामी र बर–पिपलमध्ये १ विरुवा रोपेर कार्यक्रम उदघाटन गर्न सबै जिल्लामा कांग्रेसले सर्कुलर गरेको छ । त्यस्तै, जागरण अभियानमा बजाउन जागरण गीत तयार पारिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लेखेको गीत नेवारी, मैथिली, राई, भोजपुरीलगायतका १२ भाषामा तयार पारिएको हो ।

अभियानमा ३ वक्ताले आफ्नो धारणा राख्नेछन् । सबै कार्यक्रममा महिला वक्ता अनिवार्य गरिएको कांग्रेसले जनाएको छ ।

काठमाडौंकाे हकमा मध्याह्न १२ः३० मा जागरण अभियानको उद्घाटन हुँदैछ । जसको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

बुध, बैशाख २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग

असार, कामठाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पंफा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै पितृसत्तावादी...

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै हुनुहुन्छ । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लाग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको...

समानुपातिक सांसदले पनि रकम पाउने

२९ जेठ, विराटनगर । प्रदेश १ सरकारले समानुपातिक सांसदहरुलाई पनि संसद् विकास कोषमार्फत रकम बाँड्ने भएको छ । संघीय सरकारको अनुशरण गदै आगामी आर्थिक वर्ष ०७६/७७ देखि प्रदेश १ सरकारले समानुपातिक सांसदहरुका लागि पनि रकम बाँड्न लागेकाे हाे । त्यसका लागि उसले संसद् विकास कोष निर्माण...

टोखाको मौलिकता फर्काउन विदेशीको सहयोग लिन सुझाव

टोखा ⁄ सांस्कृतिक संरक्षित क्षेत्र टोखाको मौलिकता संरक्षण गर्न विदेशीको सहयोग लिन सुझाव दिन थालिएको छ । मंगलबार टोखा केब मिनी फन पार्कमा आयोजना गरिएको टोखा संस्कृति सम्पदा संरक्षण दबूको विशेष भेलामा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले भक्तपुर, बन्दीपुर, पनौती...

‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी

१३ जेठ, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन् । हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे...