समाचार

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण


वैशाख, भद्रपुर । झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ ।

अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गरेका हुन् ।

साढे सात फिट उचाइ र छ फिट गोलाइ रहेको शालिकको जगदेखिको उचाइ १५ फिट रहेको शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र आङ्देम्बेले बताए ।

खुदुनावारी–शनिश्चरे–बिर्तामोड सडकखण्डअन्तर्गत खुदुनावारी चोकमा निर्माण सम्पन्न भएको शालिकको अनावरणपछि उक्त चोकको नाम ‘फाल्गुनन्द चोक’ नामकरण गरिएको छ ।

उक्त मार्ग स्तरोन्नति गर्न सङ्घीय सांसद पवित्रा निरौला खरेलको सांसद विकास कोषबाट रु २० लाख र वडाबाट रु पाँच लाख विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमले जानकारी दिए ।

बुध, बैशाख २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विनायक अस्पतालमा अध्ययनरत नर्सलाई आँखुखोलाले बगाए

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाण्डौस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् ।...

आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने

बैशाख १७ – आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज देशको पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको...

सिद्धिपुरमा बाल–बालिकालाई ‘‘समरिटन्स पर्स” उपहार प्रदान

ललितपुर÷ अनुग्रह बाल क्लब, सिद्धिपुरले सयभन्दा बढी बाल–बालिकालाई विकसित देशका बालबालिकाले संकलन गरेर पठाएको उपहारको पोका ‘‘समरिटन्स पर्स” उपहार बाँडेको छ । शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६, सिद्धिपुरमा आयोजिक कार्यक्रममा उक्त उपहारका पोका वितरण गरिएको हो । उपहार वितरण गर्दै...

मदन श्रेष्ठद्वारा लिखित पुस्तक “ऐतिहासिक नगर टाेखा” बिमोचन सम्पन्न

टाेखा ।ऐतिहासिक नगर टाेखा नामबाट नयाँ पुस्तक प्रकाशित भएकाे छ । मदन श्रेष्ठद्वारा लिखित पुस्तककाे शनिबार ३ नम्बर प्रदेशका सभासद सुरेन्द्र राज गाेसाईले विमाेचन गर्नुभएकाे हाे । राजवीर डंगाेलकाे सभापतित्वमा भएकाे कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारी, वरिष्ठ कलाकार राधेश्याम मुल्मी, टाेखा नगरपालिका वडा नम्बर...

नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थाले

चैत, चितवन । नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उनीहरुले यसलाई सानो आकारको ‘पानी जहाज’ भनेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १६ काब्रेघाटको...

आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि…

एजेन्सी । साना-साना बालबालिकाहरूको सोच्ने तरिका देखि लिएर बानी ब्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ। बालबालिकाहरू साना-साना कुरामा दुखी हुन्छन् भने साना-सानामा खुसी। अहिले भारतका एक बालकले सामाजिक सञ्जालमा निकै र्चचा पाइरहेका छन् । उनको कामले धेरैलाई भावुक र चकित बनाएको छ । भारत मिजोरम...