प्रमुख समाचार

छोराप्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाए


२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले सहकार्यको ५० औं वर्षगाँठ मनाएका छन् ।

गत वर्ष छोराप्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति थियो ।

 

सहकार्यको ५० औं वर्ष नाम दिइएको कार्यक्रममा प्रचण्ड र सीता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् ।

उपराष्ट्रपतिदेखि बहालवाला मन्त्रीसम्म

ललितपुरको सुनाकोठीमा विहीबार अपरान्ह प्रचण्ड र सीता दाहाल बेहुला-बेहुलीजस्तै बनेर सोफामा बसेका थिए । छेउमा साडीमा सजिएर दुई छोरीहरु बसेका थिए । सीता र प्रचण्डले जग्गेमा बेहुला-बेहुलीले जस्तै एक अर्कालाई माला लगाइदिएका थिए ।

छेउमा समारोहमा रातो लुगामा सजिएका महिलाले नरसिंगा, दमाहा लगायतका पञ्चेबाजा धन्काएका थिए । केहीबेर सामान्य भाषण-भुषण पनि चलेको थियो । सहभागीहरुलाई केक काटेर खुवाइएको थियो । सामान्य खानपिनको व्यवस्था पनि थियो ।

समारोहमा जो मानिसहरु उपस्थित थिए, त्यो उल्लेखनीय थियो । पुनर्विवाह समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी जाने चर्चा चले पनि साँझसम्म उनको सहभागिता देखिएन । प्रधानमन्त्री केपी ओली विहीबार नै भियतनाम जानु परेकाले समारोहमा गएनन् । बाँकी उच्चपदस्थ सरकारी अधिकारीहरु विवाह वर्षगाँठ समारोहमा सहभागी बने ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेना, उपप्रधानमन्त्री उपेन्द्र यादव, अर्का उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, नेकपा नेता वामदेव गौतम लगायतको उपस्थिति थियो ।

नेकपाका शीर्षनेताहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, जनार्दन शर्मा, देव गुरुङ, लीलामणि पोख्रेल, देवेन्द्र पौडेलदेखि लिएर राप्रपाका सुनीलबहादुर थापासम्म समारोहमा सहभागी थिए ।

सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, उर्जामन्त्री वर्षमान पुन र उद्योग मन्त्री मात्रिका यादव लगायतका  बहालवाला मन्त्रीहरु पनि समारोहमा सहभागी थिए ।  कार्यक्रममा नीलो प्लेटको गाडी लिएर ब्यापारी अजय सुमार्गी पनि पुगेका थिए ।

 

शुक्र, बैशाख २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट

सर्लाही – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट गराएका छन् । आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विस्फोट गराइएको हो । विस्फोटका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयको तीनवटा झ्यालको सिसा फुटेको नगर प्रमुख जमरुद्दिन मन्सुरले जानकारी दिनुभयो । विप्लव नेतृत्वको माओवादीले...

प्रहरीले गोली हानी डन ढाले

६ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनेर चिनिने तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान...

भर्खरे धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खसे

काठमाण्डौ – धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खसेको छ । आइतबार बिहान काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले उद्धारको काम भैरहेको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ । ...

सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु

३ जेठ, काठमाडौं । सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...

लागु पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिए

जनकपुरधाम । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए । अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच । प्रदेश २...

नालामा महालक्ष्मीको जात्रा आज अन्तिम दिन

आज नाला प्राचिन शहरमा महालक्ष्मीको चौथो दिन(अन्तिम दिनको )जात्रा हुदैछ/ आजको दिनमा अथवा  बैशाख शुक्लपक्षको पंचमी दिन नालाबासीले ख ल्वाकेगु दिनको रुपमा लिने गरिन्छ/नाला लागन टोलमा रहेको महालक्ष्मीको मुर्तिलाई रथमा राखी नालाशहर परिक्रमा गरिन्छ/ठाउं  ठाउंमा बिसाएर निकै रमाइलो गरि जात्रा संचालन गरिन्छ /बिभिन्न बाजागाजाका साथ...