अर्थ

रुपन्देहीको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा बाल रेल संचालन


वैशाख,बुटवल । रुपन्देहीको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा बाल रेल संचालनमा आएको छ । वनवाटिकास्थित रोटरी बाल विकास केन्द्रमा करिब एक करोड रुपैयाँ लागतमा बाल रेल संचालनमा आएको हो ।

काठमाडौंको भृकुटीमण्डपपछि मोफसलको यो पहिलो बाल रेल हो । गोलाकारको करिब एक किलोमिटर दुरीमा बाल रेल गुड्ने गरी लिक बनाइएको छ ।

रोटरी क्लबको करिब ४५ लाख रुपैयाँ लागतमा बाल रेलका संरचना भारतबाट ल्याएको हो । बाल रेलमा तिलोत्तमा नगरपालिकाको ५ लाख रुपैयाँ लागत सहभागिता रहेको छ भने वन वाटिकाभित्रको सडकमा सिमेन्ट टायल बिच्छ्याउन करिब २५ लाख रुपैयाँ खर्च गरेको छ ।

वन वाटिकाले लिग राख्ने फाउण्डेसन निर्माणमा करिब ५० लाख रुपैयाँ खर्च गरेको छ । तीन वटा बग्गी रहेको बाल रेलमा एकपटकमा ३६ जना चढ्न सक्छन् । बाल रेल भनिए पनि यसमा वयस्कहरु समेत चढ्न मिल्छ ।

बाल रेलको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर चिन्तामणि भट्टराईले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले बाल रेल सञ्चालनले वन वाटिकामा पर्यटक आगमनले गुणात्मक फड्को मार्ने बताए ।

प्रदेशकै नमूना पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले वनवाटिकामा करिब १४ करोड लागतमा १० तले सुविधासम्पन्न भ्यु टावर निर्माण गरिरहेको प्रमुख घिमिरेले बताए ।

उनले रेलमा थप २ वटा बग्गी थप्न र लिगको दुबैतर्फ तार जाली लगाएर सुरक्षित बनाउन सुझाव दिए । रोटरी क्लबका गभर्नर भट्टराईले बाल रेल परियोजना हस्तान्तरण गर्दै वन वाटिकामा बालबालिका लक्षित थप पर्यटकीय पुर्वाधार बनाउन पनि क्लबले सहयोग गर्दै जाने बताए ।

वन वाटिकाका अध्यक्ष बाबुराम अर्यालले हाल वार्षिक करिब २ लाख पर्यटक आउने गरेको उल्लेख गर्दै बाल रेल संचालनपछि पर्यटक संख्या कम्तीमा ३ लाख पुग्ने बताए । उनले वन वाटिकामा रहेको चिडियाघरलाई प्रादेशिकस्तरको बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । रेल चढ्न हाललाई ४० रुपैयाँ शुल्क कायम गरिएको वन वाटिकाका सचिव खिमलाल पाण्डेले बताए ।

शनि, बैशाख २८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भारतीय पक्षले च्यानल खोल्दा सप्तरीको हनुमाननगर एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर जस्तै बसेको छ । नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेपछि स्थानीयहरु परिवारसंगै सम्पर्क विहिन भएका छन । परियोजनाअन्तर्गतका बाँध...

गोपाल गौरी दीगो बिकास प्रतिष्ठानले एकल महिलाहरुलाई आत्मानिर्भर बनाउदै

झापा । झापाको शिवसतासी नगरपालिका ८ की निशा अधिकारी २२ बर्ष मात्र पुग्नु भएको छ तर उहाँ श्रीमानसँग अगल भएर भएर बस्नुभएको ५ बर्ष भयो । उहाको साथमा ४ बर्षकी छोरी समेत छन् । २०७० सालमा बिवाह भएको तीन महिना पछि नै उहाँ अलग हुनुभएको बताउनुहुन्छ...

जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादल

 काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए...

भूकम्पपछि बन्द रहेको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार सञ्चालन हुने दिन नजिकिँदै

सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन । भवनभित्र सुन्दर...

सरकारले निकै उत्साहका साथ आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुक्रबार शुरु

काठमाडौं । सरकारले निकै उत्साहका साथ आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुक्रबार शुरु भयो । तर, कमजोर व्यवस्थापन र लगानीकर्ताको उदासिनताले सम्मेलन अपेक्षित सफल हुनेमा आशंका उब्जिएको छ । उद्योगमन्त्रीले नै सिट  नपाएपछि कार्यक्रम हलमा बस्न पाएनन् भने उद्घाटन समारोहमा आमन्त्रित धेरै लगानीकर्ता...

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी लगानीका अहिलेसम्मकै सबैभन्दा राम्रो वातावरण तयार भएको बताए

१५ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी लगानीका लागि मुलुकमा अहिलेसम्मकै सबैभन्दा राम्रो वातावरण तयार भएको बताएका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रमा बोल्दै उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायतले विगतको भन्दा सहज...