अर्थ

जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादल


 काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् ।

२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।

‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं,’ भण्डारीको सालिक अगाडि उभिएर गृहमन्त्री थापाले भने, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’

थापाले हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गरे पनि त्यो कसरी अघि बढ्दै छ भन्नेबारे भने केही पनि खुलाएनन् ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्मय ठानिँदै आएको छ ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सालको पातको व्यापारले प्रभाव पारेको नाला बजार

एक समय थियो अनेकोटबाट सालको पात नाला बजार हुंदै भक्तपुरमा लैजान्थ्यो / अनेकोटका तामाङ्ग जातिले डोकोमा बोकेर ल्याउन्थे / दैनिक जसो ५०/६० भारी बोकेर ल्याउन्थे / छालाको नाम्लोले  बोकेर झन्डै ३० किलो मिटरको गह्रंगो भारी बोक्नुको कम्ताको दुख थिएन /तैपनि उनीहरुको मुस्कानमा खुशी नै भए...

बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा

काठमाडौं। कृषि विकास बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा भएको छ । खासमा यो निकालिएको रकम लुटको ‘मास्टरप्लान’को सानो हिस्सा मात्र थियो । लुटमा मुख्य ‘मास्टरमाइण्ड’ले नेपाली बैंकबाट पूरै ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले यो ‘मास्टरप्लान’लाई मुम्बइमा...

के गोंगबु विकृतिको केन्द्र बन्दै छ ?

श्रोतका अनुसार यसरी देहव्यापारमा लाग्नेहरु १५ देखि ४० वर्षसम्मका महिलाहरु रहेको पाइएको छ । होटेलवालासितको सम्पर्कको आधारमा ती महिलाहरु यस्तो कार्यमा लाग्छन् । काठमाडौंको टोखा नगरपालिकामा भौतिक विकास निमाणको काम तिब्रगतिमा भइरहेको छ । हरेक ठाउँमा राम्रो कामको विकास जुन गतिमा बढीरहेको हुन्छ, त्यहाँ नराम्रो कामले...

बैंकको विश्वास गर्दा सडकबास हुने भो

काठमाडौं । बैंकले जमान गरेअनुसार भुक्तानी नदिएका कारण मेरो सबै श्रीसम्पत्ति अहिले लिलामको प्रक्रियामा छ, मेरो सडकको बास हुँदै छ। ‘बैंक पनि साथी पनि’ भन्ने बैंकको भनाइ झूटो रहेछ। एनआईसी एसिया बैंकले मलाई १ करोड ६० लाख ऋण दिन्छु भन्यो। २०७५ साल साउनको कुरा हो। यसअघि...

पूर्व–पश्चिम रेलमार्ग : मध्यखण्डको डीपीआरमा अलमल

भदौ, काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्य खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन ढिलाइ भएको छ । चितवन राष्ट्रिय निकुञ्ज छल्ने गरी तयार पार्नुपर्ने निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआरका लागि अझै कम्पनी छनोटसमेत हुन सकेको छैन । यो खण्ड करिब १३६ किलोमिटरको हुनेछ । पथलैयाबाट हैटौंडा हुँदै चितवनको...

भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने

काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने भएका छन् । अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको होटल अब बिक्री हुने अन्तिम चरणमा पुगेको देखिन्छ । ३ करोड २९ लाख अमेरिकी डलर तोकिएको होटलको मूल्य तिर्नका लागि थापा तयार भएपछि...