समिक्षा

अनुभूतिका आँकुरा गोडमेल गर्दै

-—तिलकप्रसाद लुइटेल


धेरै दिन पहिले नै ‘‘मेरो पुस्तक ‘अनुभूतिका आँकुरा’ को विमोचन छ, आउनू है दाइ’’ भनेर सानु शर्माले धेरै पटक कहिले म्यासेन्जरमा त कहिले फोनमा बोलाउनु भएकै हो । मनमा बिर्सिने र सम्झिने गरी दुई भाग हुँदो रहेछ । त्यसैले मैले पुस्तक विमोचनका लागि बोलाएको त्यो तिथिमिति भुसुक्कै बिर्सिएँ तर उपयुक्त कारण भएर नै जान नपाएको हुँ भन्ने सम्झना अझै पनि ताजै छ । निकै दिनपछि कार्यक्रममा भेट भयो र पुस्तक हातमा प¥यो, म खुसी भएँ । रचनाकार स्रष्टाहरुको बोलावटलाई नकार्न बहुत गारो लाग्छ । कार्यक्रममा गइहालेपछि केही न केही नयाँ विचार सुन्न पाइन्छ । पुग्न नसक्नु आफ्नै लागि घाटा पनि हो । मानिसले प्रत्येक अवसरमा केही न केही सिक्तै हुन्छ । त्यसैले अर्काको विचार सुन्न सक्नेले नै आफ्नो विचार दिन पनि सक्छ । सुन्ने अवसर पाइएन भने पढेर लिन सक्ता पनि राम्रै हुन्छ । पुस्तक पाएपछि मनमा यस्तै यस्तै कुरा आए । पुस्तकभित्र राम्रा कुरा पाइलैपिच्छे छन् ।

जीवनमा भोगेका, देखेका, रुचाएका वा नरुचाएका कुराहरु नै रचनामा समावेश हुन्छन् । प्रत्यक्ष अनुभव समेटिएको रचना नै शक्तिशाली हुन्छ । विचारका दृष्टिले यसमा समेटिएका मुक्तकहरु शक्तिशाली हुनुको यथार्थ पनि यही नै हो । देशबाट बौद्धिक र भौतिक शक्ति विदेसिँदा कति खालको नोकसानी र अप्ठारो हुन्छ भन्ने कुरा सविस्तार लेख्ता निकै ठुलो पुस्तक बन्छ । त्यसै विषयमा धेरैतिरको भाव समेटेको क्रमसङ्ख्या ३४ को मुक्तक हेरौँ— तिमी गयौ सात समुद्र तरेर पराइको देशमा । बस्छौ अझै कति दुःख गरेर पराइको देशमा । डाँडा पाखा पखेरू खोला खोजी रहन्छन् तिमीलाई, नबस्नू है मेरा सन्तान बसाइँ सरेर पराइको देशमा ।

भाव पक्षबाट हेर्दा— मायाप्रीति, देशभक्ति, आर्थिक अभाव, युवाशक्ति, रोजगारी, समाजसुधार, राजनीति, भ्रष्टाचार, महिला अधिकार जस्ता धेरै कुरामा यहाँ सङ्कलित मुक्तकहरुले आवाज उठाएकै छन् । त्यसका अतिरिक्त पनि धेरै खालका भिन्न विषयहरु समेत आएका देखिन्छन् । क्रमसङ्ख्या १९६ को मुक्तकमा हेरौँ— कसैलाई स्वार्थ र अनुकूलको लागि प्रयोग गर्ने नगरौँ । शरीरमा तागत छउन्जेल कसैको भर पर्ने नगरौँ । सकेसम्म कसैलाई वचनको भालाले रोप्ने गर्नु हुन्न, स्वार्थ लुट्न बारम्बार हजार ठाउँ चहार्ने र सर्ने नगरौँ । यसरी विचार गर्दा मुक्तकहरुमा विचारको विविधता देखियो । अर्थको प्रचुरता हुनु आफ्नै ठाउँमा छ, त्यसका अतिरिक्त मानिसका जीवनमा नैतिक शिक्षाको कमी रहेको अनुभव रचनाकारलाई भएको अनुमान यहाँबाट गर्न सकियो । मान्छेसँग ‘आत्मनः प्रतिकूलानि परेषां न समाचरेत्’ भन्ने हेक्का रहनुपर्छ भन्ने भावना रचनाकारले मुक्तकका हरफमा उदाहरणका साथमा प्रस्तुत गरेको यहाँ देखिन्छ । त्यसै गरी अर्को क्रमसङ्ख्या २१४ को मुक्तकमा हेरौँ— खोज्नु हुँदैन हजुर दाउ, निहुँ र भाउ जिन्दगीमा । स्वार्थ पूरा गर्न मोल्न हुन्न अरुको पाउ जिन्दगीमा । एक गल्ती छिपाउन अरु हजार गल्ती गर्नुपर्छ, गल्ती नै गल्तीले नबनाऔँ मुटुमा घाउ जिन्दगीमा । यसरी हेर्दा निदाएको नाटक गर्नेहरुले पनि समाजमा दुःख थपेको हो भन्ने भाव रचनाकारले अघि ल्याउन खोजेको अनुमान हुन्छ । स्वार्थ सिद्धिका लागि मानिसले ‘आफ्ना आँगनको भैँसी नदेखेर अर्काका आङको जुम्रो देखेका’ घटनाहरुसँग हाम्रो जम्काभेट हुने गरेकै छ ।

स्वभावलाई स्वच्छ बनाउन सकियो भने नै समाजलाई स्वस्थ बनाउन सकिन्छ भन्ने विचारलाई यसरी कलात्मकता प्रदान गर्ने सिपलाई सराहना गर्न यस मुक्तक सङ्ग्रहमा पाइएको छ । अझ धेरै र अझ शक्तिशाली रचनाहरु फेरि पनि पढ्न पाइयोस् भन्ने आशा पनि लागेको छ ।

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

“हिरासतका दिन”भित्र सरसर्ती पस्दा

कवि रसुवालीको पछिलो प्रकाशित कृतिको नाम हो हिरासतका दिन । आफ्नो जीवनको महत्वपूर्ण समय हिरासतमा बिताउनु पर्दाको अनिभुतिलाई यस कृतिमा सजाउनु भएको छ ।  यस कृतिलाई रातो हिमाल द्वौ मासिकबाट प्रकाशित भएको हो । स्मार्ट साइजको आकर्षक वेट लेस पेपरमा छापिएको उक्त पुस्तकको मुल्य २५०/-रहेको...

“तँ” उपन्यास भित्र खोतल्दा

याे उपन्यास दश भागमा विभाजन गरिएकाे छ भाग एकमा उपन्यासकार स्वयंम याैटा पात्र हुनुहुन्छ साथै अर्काे मुख्य पात्र या तँ का जन्मदाताका रुपमा एक जना भुतपूर्व सिडियाे लाई खडा गर्नु भएकाे छ जुन पात्रकै घरमा उहाँले आफ्नो व्यवसाय संचालन गर्नु भएकाे रहेछ तसर्थ उहाँ घर...

अक्षरमार्ग सिर्जना समूहको चौथो श्रृङ्खला

अक्षरमार्ग सिर्जना समूहले चौमासिक रूपमा संचालन गर्दै आएको सिर्जनालयको चौथो श्रृङ्खलामा रेखाकवि टंक साम्बाहाम्फे, कवि तारा के.सी. र मुक्तककार मीलन समीर सुनिएका छन् । लामो समयदेखि साहित्यको कविता विधामा कलम चलाउँदै रेखा कवितालाई स्थापित बनाउन सक्रिय हुँदै आएका आएका रेखाकवि टंक साम्बाहाम्फेले समसामयिक विषयका आधा दर्जन...

गाविस/जिबिस खारेज, नयाँ संरचनामा आफ्नो ठेगाना खोज अनलाइन खोलेर हेर्नुहोस् खोजअनलाइनलाई पुस्तक प्राप्ति-१ / एक सुर्य ,अनेक आलोक

पुस्तकको नाम : एक सुर्य ,अनेक आलोक विधा : समिक्षा पुस्तकको लेखक : भीमप्रसाद काफ्ले प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ७५०/-  संस्थागत १०००/- आवारण : पूर्णराम तुलाधर मुद्राक : न्यू पनौती प्रिन्तिंग प्रेस कम्प्युटर सेटिंग: पृष्ठ संख्या : ५६०+८ पृष्ठ पुस्तकको साइज :  डिमाइज ISBN NO.: 9789937897280 रचना संख्या : खण्ड-१...

तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा

काठमाडौँ, जेठ ३ गते । कवि तथा साहित्यकार तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा गरिएको छ । कार्यक्रममा ताराको भर्खरै प्रकाशन भएको चौथो कवितासङ्ग्रह ‘प्रिय छोरी’ को अन्तरक्रियात्मक कार्यक्रम राखेर सङ्ग्रहभित्रका कविताहरूको बारेमा बहस गरिएको हो । त्यस अवसरमा कविता के हो ? कविताको बनोट,...

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’चर्चा परिचर्चा

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’ प्रकाशमा आएको रहेछ | आज ठमेलको ‘चिकुसा क्याफे’मा बसेर कफी पिउँदै पाँच स्रष्टाहरू (तस्वीरमा बायाँदेखि) गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाल, सुरेश कार्की निषाद, किशोर पहाडी र विदुर चालिसेले उक्त कविता सङ्ग्रहको चर्चा परिचर्चा गरेका थिए | सङ्ग्रहमा ‘चियाङमाईको...