विचार

जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि जागरण ल्याउन यात्रा


काठमाडौँ ।
चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सकिएको छ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि जागरणल्याउन सो यात्रा गरिएको हो ।

पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयाक्रा गरिएको कार्यक्रममा जानकारी दिए ।

एकलाख १७ हजार नागरिकसँग प्रत्यक्ष संवाद, अन्तकृया र छलफल गर्दै आफूहरुले सामाजिक विभेद नै परिर्वतनको बाधक तत्व भएकाले स्थानीय स्तरबाटै यसको समधानको उपाय खोज्न र कानुन कार्यान्वयनमा देखिएका कमीकमजोरी सच्याएर समाजलाई सचेत गराउने काम गरिएको उनीहरुको भनाइ थियो ।

पदयात्री दर्नालले आफूहरुले ५४ दिन लामो महाकाली–मेची पदयात्रामा १३२८ किलोमिटर यात्रा गरेको जानकारी दिए । अर्का पदयात्री आचार्य र परियारले यात्राका क्रममा दलितले भोग्दै आएको पीडाबारे पनि साक्षात्कार गरिएको बताए ।

छुवाछूत सम्बन्धी नीति तथा नियम किताबमा मात्रै सीमित भएकाले त्यसलाई व्यवहारमा लागु गरिनुपर्नेमा जोड दिँदै उनीहरुले आगामी छ महिनाभित्र जातीय विभेद र छुवाछूत अन्त्यका लागि सामाजिक रुपान्तरणमा लाग्ने र ७५३ स्थानीय निकायकाबाट ५१ सदस्यीय परिर्वतनका लागि संवाहक नामक समिति गठन गरी राष्ट्रिय सञ्जाल निर्माण गरिने जानकारी दिए ।

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दैनिक ५ सय राजस्व बुझाएर नेपाल आएर चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर पक्राउ

काठमाडौं : भारतबाट गाडी लिएर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए...

नेपाली बोराका झोला अमेरिका र जर्मनीमा

स्कुल पढ्दाताका कपडाको झोला बारम्बार च्यातिन्थ्यो। पटकपटक सिउँदा पनि पार नलागेपछि आमाको धैर्य टुट्थ्यो र भन्नुहुन्थ्यो– अब तँलाई बोराको झोला सिलाइदिने हो। त्यही बोक! बोराको झोला राम्रो हुँदैनथ्यो, हत्तपत्त फाट्दैन भन्ने आमाको विश्वास थियो। आर्थिक अवस्था कमजोर भएका धेरैले स्कुल पढ्दा बोराको झोला बोक्नु सामान्य थियो। पछिल्लो पुस्ताका...

पाल्पाली संगम साहित्य विभागको आयोजनामा छलफल तथा शुभकामना कार्यक्रम

असोज, काठमाण्डौं । पाल्पाली संगम साहित्य विभाग (समिति) को आयोजनामा छलफल तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ । साहित्यकार प्रा.गोपीकृष्ण शर्माको प्रमुख आतिथ्यता, डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा.सावित्री कक्षपति, प्राज्ञ बिष्णु प्रभात, कमला देवकोटा लगायतको उपस्थितिमा सोमबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो । साहित्य विभागका संयोजक सिता...

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै प्रदर्शन

चितवन । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो । ‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन...

लामखुट्टेलाई हामी आफैंले रगत चुस्न दिउँ

हाम्रो देशमा मलेरिया, डेंगुजस्ता विभिन्न प्राणघातक रोग सार्ने परजीवी लामखुट्टे नियन्त्रण तथा रोकथामका लागि अनेक उपाय अपनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार सन् २०१७ मा मात्रै विश्वमा २२ करोड मानिसलाई औलो रोग लाग्यो र ४ लाख ३५ हजार जनाको मृत्यु भयो...

एउटा नेपाली युवा अहिले भारतमा चर्चामा

काठमाडौं : एउटा नेपाली युवा अहिले भारतमा चर्चामा छन्। भारतबाट निस्किने ‘द बेटर इण्डिया’ ले सन् २०१८ मा उनलाई नेशनल हिरोमा सूचित गरेको छ। आखिर को हुन उनी? किन उनको चर्चा भारतमा। नेपालबारे नकारात्मक कुरालाई बढी प्राथमिकता दिने भारतीय सञ्चारमाध्यमले आखिर किन उनलाई खोजिरहेको छ?...