स्थानीय समाचार

गोंगबुमा सडक दौड प्रतियोगिता सम्पन्न


टोखा नगरपालिका वडा न.१० र गोंगबु उपभोक्ता समितिको संयुक्त आयोजनामा प्रथम टोखा नगर वडा स्तरीय सडक प्रतियोगिता सम्पन्न भएकोछ/ उक्त प्रतियोगिता गोंगबु नयाँ सडक भैरब चोकबाटसंचालन भएको थियो/दौडको शुभारम्भमा रास्ट्रिय धुन बजाएरशुरु गरिएको कार्यक्रममा वडा न.१० का अध्यक्ष मधुशुदन पाण्डे ले उद्घाटन गर्नु भएको थियो / सो कार्यक्रममा प्राथमिक उपचारको लागि नेपाल रेडक्रस सोसाइटी विष्णुमति उपशाखाले बिशेष सहयोग गरेकाथिए /कार्यक्रममा प्रथम द्वितीय तृतीय सान्त्वना र अनुसाशन लगायत बिबिध बिषयमा कप ,मेडल र प्रमाण पत्र वितरण गरिएको थियो / दौड प्रतियोगिता २.५ किलोमिटरको थियो/

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गोंगबु चोक अवस्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा

गोंगबु चोक अवस्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा आएको हो। ३ सय ३५ सिट क्षमताको हलमा दुई वटा पर्दा छन् । अत्याधुनिक प्रविधि जडान गरिएको हल वानमा १ सय ८१ र हल टुमा १ सय ५४ सिट क्षमता छ। नेपालमै पहिलो पटक जिडिसी सर्भर जोडिएको...

ख्यातिप्राप्त कलाकारहरुको भब्य कार्यक्रम

वरिष्ठ कलाकार केसाङ लामा नेपालको ख्यातिप्राप्त कलाकार हुन । उनी निरन्तर रूपमा प्रोफेसनल कलाको बहस गरिरहेका छ्न । उनकै पहलमा प्रोफेसनल आर्टिस्ट सोसाइटी समेत बनेको छ । यहि सोसाइटीले आज महर्शी स्कुल सामाखुसीमा भब्य कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ उपयोगी कलाकार जगत बहादुर तुम्बाहाम्फेलाई...

ऐतिहासिक बस्ती नालामा पुरानोघर हराउँदैनयाँ बन्दै

नालामा भुकम्प पछि पून निर्माणमा बनेका घरहरु मौलिकता झल्किने एउटा पनि छैन। बि.स.२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले त्यहाँका सबैजसो पुरानो घरहरु  ध्वस्त भएको थियो। लिच्छिवीकालीन बस्ती अहिले आधुनिक  क्रंक्रिटको जंगल जस्तो भएको छ। ढलान, पिलर उठाएका घरहरु भक्का भक निर्माण हुदैछ / नाला  पुरानो नेवारी बस्ती...

वर्षाका कारण काभ्रेको फेदी दोभानमा एक बालकको मृत्यु ४५ घर जोखिाममा, विद्यालय भवन पुरियो

काभ्रेपलाञ्चोक १ असोज  :  अविरल वर्षाका कारण काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ फेदी दोभानमा एक बालकको मृत्यु भएको छ । फेदीमा पसल गरी बस्ने मण्डन देउपुर नगरपालिका वडा नं ११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेश तामाङको मृत्यु भएको हो । बुधबार विहान बिहान...

अविरल वर्षाका कारण अरनिको राजमार्ग पहिराले यातायात ठप्प

बनेपा । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो...

नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला उपशाखा तदर्थ समितिको बिशेष कार्यक्रम सम्पन्न

श्रावण ७ गते / उग्रचण्डी भगवती मन्दिर  नाला लागंटोल परिसरमा रहेको देवानन्द सत्तलमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा,नाला उपशाखा तदर्थ समितिको अनुशिक्षण,आजीवन सदस्यताको प्रमाण र धडकन स्मारिका बितरण समारोहका साथै प्रत्यक सहभागीको रक्तचाप नाप्ने,तौल लिने,उचाई नाप्ने र कम्मर नाप्ने कार्यक्रम स’सम्पन्न भएको छ /...