इतिहास

अनामणि बंशावलीको आवश्यकता

-रत्नप्रसाद अनामणि श्रेष्ठ


नेपालमा पाइएको बंशावलीहरु मध्ये गोपाल बंशावली सबैभन्दा पुरानो बंशावली हो । यो बंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना गर्ने नेपजातीको बंशावलीको रुपमा लिएको छ । नेपाली इतिहासमा गोपालकाल र महिषपालकाल पछि मात्र किँरातकाल शुरु भएको मानिन्छ । गोपालकालको प्रमाणको रुपमा “गोपालराज बंशावली” लाई लिइने गरिएको छ । वास्तवमा “गोपालराज बंशावली” गोपालकालमा लेखिएको होइन । जयस्थिति मल्लको राज्यकालमा बि.सं.१४११ पछि लेखिएको हो । जयस्थिति मल्लको पालामा लेखेको हस्तलिखित पुस्तकलाई विद्वान बेण्डलले बि.सं.१९५५ मा नेपाल आउँदा निकै मेहनत गरी गोपाल बंशावली प्रकाशन गरेका थिए । राजा जयस्थिति मल्लको सहायताले कसैले तयार गरिराखेको बंशावलीको पाण्डुलिपी सेसिल बेण्डललाई प्राप्त गरेका थिए । उक्त पाण्डुलिपि संस्कृत र नेवारी (भुजिमोल लिपि) भाषाका रचिएको र भुजिमोल लिपिले ताडपत्रमा लेखिएको थियो ।

बंशावली भनेको कुनै बंशमा जन्मेका मानसिहरुको मूलपुरुषदेखि वर्तमान कालसम्मका शाखा सन्तानको क्रमानुसार बनाइएको नामावली अथवा तालिका हो । यसलाई हामी बंश वृत्तान्त वा पुख्र्यौली पनि भन्ने गरिन्छ । यस पुस्तकमा काश्यप गोत्र “अनामणि” अथवा “अनामुनी” श्रेष्ठ जातको बंशको ऐतिहासिक बंश परिचायात्मक पुस्तक हो । बिक्रम सम्वत्का् उन्नाइसौं शताव्दीमा नेपाली भाषामा लेखिएको वंशावलीलाई भाषा बंशावली भनिन्छ । नेपालमा राजभोग वंशावली, राज बंशावली आदि पनि निकै चर्चित बंशावलीहरु हुन् ।

हरेक मानिसले आफ्नो जातिको बंशावली कोरेर, लेखेर, छापेर राख्नु निकै आवश्यक देखिन्छ । मानिसको बसाई, सराई र पेशा प्रवृत्तिले गर्दा हरेक जातिका बंशगत राम्रा संस्कार, ऐतिहासिक तथा साँस्कृतिक मूल्य र मान्यताहरु अलग्गिने अथवा लोप समेत हुने अबको अवस्था बिस्तारै आइरहेको छ । ती राम्रा कुराहरुलाई बचाउन एकै वंशका सन्ततिहरुलाई तिनको बोध गराई एक आपसबाट नचिनिने र हराउने दुखद परिस्थिति नआओस् भन्ने हेतुले आफ्नो पुख्र्यौली हाँगाहरुलाई संकलन गरेर यो बंशावली तयार गरी प्रकाशन गर्ने जमर्को गरेका छौं । “अनामणि” बंशलाई एकीकृत गर्न यहाँका हाँगाबिँगाहरु कहाँ कहाँसम्म पैmलिएका छन्, सबै परिवारहरुलाई जानकारी गराउन यो प्रयास थालेका छौं । हुनसक्छ यसमा थुप्रै सन्ततिहरु छुटेका हुन सक्छन् । तिनीहरुलाई पनि पछिल्लो संस्करण अथवा प्रकाशनमा समावेश गर्ने नै छौं ।

हाम्रो देशमा रहेका तमाम जातजाति त्यस देशको महत्वपूर्ण अंग हुन् । जाति रहेमात्र देश वा राष्ट्र जीवन्त हने हुँदा हरेक देश वा राष्ट्रका लागि त्यसका नागकिहरुका जातजाति र तिनीहरुका कुलबंश अनमोल मणि हुन् । प्रत्येक जातजातिका कुल बंशमा चलिआएका राम्रा मूल्य र मान्यताको ऐक्यवद्ध इतिहासबाट देशको समृद्धि निर्माण हुन्छ । त्यसैले बंशावलीले ठूलो स्थान राख्दछ । जातिय तथा बंशगत उत्थान, चिनाजानी, मित्रवत भेटघाट, बन्धुत्व, स्नेह सद्भाव र अस्तित्वबोध जस्ता अप्रत्यक्ष थुप्रै लाभहरु हामी बंशावलीबाट प्राप्त गर्न सक्दछौं ।

अन्तमा यस “अनामणि श्रेष्ठ” बंशावली यो स्थितिसम्म ल्याउन सकयोग गर्नुहुने व्यक्तित्वहरु र प्रकाशनमा आर्थिक व्ययभार वहन गर्नुहुने महानुभावहरु र सल्लाह सुझाव दिनुहने अग्रजहरु “अनामणि श्रेष्ठ” परिवारका शुभेच्छुकहरुलाई यो प्रथम संस्करण प्रकाशन गर्न पाएकोमा मुरीमुरी धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु । नालाबाट दोलखा बसाई सरेर जानुहुने सम्पूर्ण दाजुभाईहरुलाई पनि आगामी संस्करणमा अवश्य समावेश गर्नेछु भन्ने दृढ संकल्प गर्न चाहन्छु ।

आइत, जेष्ठ ५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आज नालामा सिन्दुर जात्रा भब्य रुपमा मनाउंदै

आज नाला प्राचिन शहरमा महालक्ष्मीको तेस्रो दिनको जात्रा हुदैछ/ आजको दिन मुख्य जात्राको दिनको रुपमा लिइन्छ/आजको दिनमा अथवा  बैशाख शुक्लपक्षको चतुर्थिको दिन नालाबासीलाइ हिदुम्ब राक्षसबाट मुक्त गरेको विजय उत्सवको रुपमा लिने गरिन्छ/नाला लागन टोलमा रहेको महालक्ष्मीको मुर्तिलाई रथमा राखी नालाशहर परिक्रमा गरिन्छ/ठाउं  ठाउंमा सिन्दुर एक...

नाला ब्याङ्ग ढुंगाको किम्बदन्ती

वास्तबमा किम्बदन्तीहरु ईतिहास होइनन तर पनि इतिहासलाई थप पुष्टि र प्रमाण जुत्ताउने आधार बनिदिन्छ /किम्बदन्तीहरु रोचकता ,उत्सुकता ,साछी र जन विश्वासलाई मन जित्ने खालको हुन्छ /कुनै कुनै किम्बदन्तीहरु बिज्ञानसंग निकै नाजिकता भएता पनि कुनै पत्याउन नै गाह्रो खालको हुन्छ /कुनै  किम्बदन्तीहरुले लोक संस्कृति नै जन्माएको हुन्छ...

श्री माधव नारायण स्वस्थानी पुरानो श्रीखण्ड मुर्ति नालाको रहेछ

१. छगु पुलांगु धापुकाथं माधव नारायण द्यो या सियागु मुर्ति खुयाहगु ख: अले लिपा थ्व मुर्ति चना वंगुलिं ढलौट यागु दयाका पलिस्था यागु ख:/ थौं कन्य पुज्याना वयाच्वंगु मुर्ति ३० से.मि.धिक सा उकिया तौल २ के.जी.दु /द्यो या ल्युने रिखाय च्वया तगु वाक्य कथं थ्व मुर्ति...

नालामा भजन गाउँदा सबै भन्दा पहिलो गाउनु पर्ने भजन गीत “श्रित कमला कुच मण्डल”

मलाई बच्चामा करिब करिब यो भजन कण्ठ थियो /हाल मैले बिर्सी सके /यो गीत बारे मैले मेरो बुबालाई सोध्ने गर्थे /बुबाले देबी देउताको भजन हो भन्ने कुरा गर्नु हुन्थो / बच्चा देखि यो गीत कसले रचना गर्यो / किन यो गीत पहिला गाउनु पर्ने /यस गीतको भाब...

सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भए

सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय...

अनामणिबारे केही जिज्ञासाहरु

काभ्रे जिल्लाको उग्रचण्डी नाला गाबिस वडा वडा न.२ तुपिचा टोलमा बसोबास गरिरहेका नेवार समुदायको श्रेष्ठ परिवार अन्तर्गत रहेका एक  जाति मध्य अनामणि श्रेष्ठ एक हो /यस परिवार निक्कै परिश्रमी र मेहनेती छन् /यिनीहरु बनेपा लाइकु वरपरबाट नालामा बसाइ सराइ गरेका हुन् /हालसम्म पनि यिनीहरुको देवाली बनेपा मायोज...