प्रविधि

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन्


६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ ।

प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो ।

पाचँथरको चियो भञ्ज्याङदेखि गोर्खा-धादिङको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न लागिएको हो । यही योजनाअनुसार सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि अप्टिकल फाइबर बिछ्याउन सुरुआत गरिँदैछ ।

मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर  र तथा मार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा काम गर्नुपर्ने हुन्छ ।

टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछन् ।

अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउनेछ । प्राधिरकण र नेपाल टेलिकमबीच २०७३ असोज १२ गते नै सम्झौता भएको थियो । झण्डै अढाई वर्ष ढिला गरेर काम अघि बढ्न लागेको हो ।

यसअन्तर्गत पूर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिमको गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिच्छ्याउनका लागि टेलिकम र प्राधिकरणबीच सम्झौता भएको थियो ।

टेलिकमले यो योजनाका लागि पाँचओटा कम्पनी छानेर सम्झौता गरेको छ । कोरियाको एलएस केबुल्सले प्रदेश १ को पाँच सय ९६ किलोमिटरमा काम गर्नेछ । नेपालको अरोग्य कन्स्ट्रक्सनसहित चिनियाँ कम्पनीको जेभीले प्रदेश २ को एक हजार २८ किलोमिटरको जिम्मा पाएको छ ।

हङकङको सीसीएसआई चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनलले प्रदेश ३ को ५ सय ५५ किलोमिटरमा फाइबर बिछ्याउनेछ ।

हङकङको सीसीएसआई, सिंगापुरको सीटीएस कम्युनिकेसनले उपकरणहरु आपूर्तिको जिम्मा पाएका छन् ।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पाल्पाली अचार “चुकौनी “

चुकौनी एक साकाहारी परिकार हो / यो परिकार बिशेष गरि दही र आलुबाट तयार गरिन्छ /चुकौनीलाइ “पाल्पाली अचार” भन्ने गरेको पनि पाइन्छ /बास्तबमा नेपाल एउटा यस्तो भुमि हो जहाँ हरेक क्षेत्रमा आआफ्नै विशेषताले भरिपूर्ण रैथाने स्वादका भर्जिन परिकारहरु पाइन्छन /प्रचार प्रसारको अभावले प्रत्यक नेपालीको जिब्रोले...

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो...

प्रधानमन्त्रीले ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने

असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने भएको छ । कार्यालयमा तयार भएको आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्ने प्रणाली कार्यान्वयनमा आएको हो । यो कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य सचिव...

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप(भिडिओ सहित

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो...

हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन कार्यालयमा निवेदन दर्ता

काठमाडौं । चिनियाँ दिग्गज कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ । हुवावेले नयाँ अपरेटिङ सिस्टमको हार्मोनी नामक ब्राण्डलाई दर्ताको निवेदन दिएको हो । हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग...

नेपालकाे पहिलाे पटक साेलर इन्क्विटरबाट लाेकल चल्ला काेरल्ने सफल परीक्षण

काठमाडौं । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले सोलारबाट चल्ला कोरल्ने सफल परीक्षण गरेको छ । संस्थाका सचिव निर्मला श्रेष्ठका अनुसार दुई दिन परीक्षणपश्चात चल्ला कोरेलेको हो । चल्ला कोरल्नका लागि ३६ देखि ३८ डिग्री तापक्रम चाहिन्छ । भारतको केरलाबाट मेसिन ल्याएर सहकारीले सोलारबाटै चल्ला कोरल्ने योजनाका साथ परीक्षण...