अर्थ

गोपाल गौरी दीगो बिकास प्रतिष्ठानले एकल महिलाहरुलाई आत्मानिर्भर बनाउदै

-टीकाराम उप्रेती


झापा । झापाको शिवसतासी नगरपालिका ८ की निशा अधिकारी २२ बर्ष मात्र पुग्नु भएको छ

तर उहाँ श्रीमानसँग अगल भएर भएर बस्नुभएको ५ बर्ष भयो । उहाको साथमा ४ बर्षकी छोरी समेत छन् । २०७० सालमा बिवाह भएको तीन महिना पछि नै उहाँ अलग हुनुभएको बताउनुहुन्छ । श्रीमानले बिभिन्न बहानामा कुटपिट गर्न थालेपछि आफु सहन सकेर अलग हुनुपरेको उहाँको पीडा छ ।

उहाँ जस्तै सोही नगरपालिका ११ निवासी कुमारी भण्डारी समेत अहिले २१ बर्ष पुग्नु भएकोछ । उहाँको समेत घरवार चल्न सकेन । अन्तरजातीय बिवाह गरेका कारण आफ्नो घर चल्न नसकेपछि अहिले माइती घरमा नै बस्दै आउनुभएको छ । यस्तै जिल्लाको कमल गाउपालिका ५ निवासी बर्ष २७ की कल्पना लामिछाने समेत पाँचबर्षदेखि बिवाह भएको घर छोडेर माइती घरमा नै बस्दै आउनुभएको छ । श्रीमान धुर्व गौतमले दोश्रो बिवाह गरेपछि उहा माइती कै सहारामा बस्दै आउनुभएको छ ।
उहाहरु सबैजना झापाको शिवसतासी नगरपालिका ११ स्थित गोपाल गौरी दीगो बिकास प्रतिष्ठानमा ढाका कपडा बन्ने तथा सिलाई कटाइ सम्बन्धि तालिम लिइरहनुभएको छ । यही सिलाई कटाइ गरेर भएपनि आफ्नो बाँकी जीवन सहज रुपमा चलाउन सिप सिक्न आएको भण्डारीले बताउनुभयो । उहाँ जस्तै अधिकांश महिलाले ढाका कपडा बनेर र सिलाई कटाई तालिम लिएर आत्मनिर्भर बन्ने लक्ष लिएका छन् । यही पेशाबाट पैसा कमाएर घर चलाउने छोराछोरी पाल्ने र पढाउने योजना लिएको बताउछन् ।
बैवाहीक जीवन पछि नयाँ भविष्य सम्झेर कलिलै उमेर बिवाह बन्धनमा बाँधिएका धेरै महिलाहरु सहारा खोज्दै माइत र आफन्त कहाँ आश्रयमा बस्नु पर्ने बाध्यता भोगिरहेका छन् । बिवाह गर्ने उमेर हुदैगर्दा घर बिग्रिएपछि अलपत्र परेका महिला, एकल महिला, गरिव तथा सहारा बिहीन महिलालाई मात्र संरक्षण गर्ने उदेश्यले गठन गरिएको प्रतिष्ठानमा १ सय ५० जना भन्दा बढी महिलाहरु ढाका कपडा बुनाइ र सिलाइ कटाइ सम्बन्धि तालिम लिइसककेका छन् । महिलालाई सानो–सानो करणबाट घरमा दुब्र्यवहार, कुटपीट हुने गरेको हुन्छ । आफ्नो कुनै गल्ति नै नभएपनि महिलाले आश्रय नपाउने देखेपछि सहेर बस्नु पर्ने बाध्यता भोग्ने गरेका छन् ।
श्रीमानको देहान्त पछि वा श्रीमानसँग सम्बन्ध बिच्छेद भएपछि एकल महिलाहरुको जीन्दगीमा एक प्रकारका बज्रपात थपीने गरेको छ । जसका कारण सामान्य परिवारका एकल महिलाहरुलाई दैनिक जिवीकोपार्जन गर्नै हम्मे हम्मे पर्ने गरेको छ । यस्तै महिलालाई समेटेर प्रतिस्ठानले जिल्लाभरिका एकल तथा दुःख पाएका महिलालाई भेला गरि आत्मनिर्भरताको तालिमसँगै रोजगार दिन थालेको छ ।

तालिममा सहभागी अधिकांश महिला एकल छन् । कोहि श्रीमानको मृत्यू भएछि एकल बनेका छन् त कोहि श्रीमानसँगको सम्बन्ध बिच्छेद गरेर । श्रीमान् भएकाहरु समेत गरिव पारिवारका महिलालाई तालिम दिएको प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतम बताउनुहुन्छ । आफु समेत एक महिला भएकाले यस्ता महिलाले कति पीडा भोग्नु पर्छ भन्ने बुझेर नै मैले यो सस्था मार्फत महिलाका लागि सिप सिकाउन थालेको गौतम बताउनुहुन्छ ।
झापा र इलामको रोङ्ग गाउँपालिकामा गरि अहिले सम्म १३० जना दुख पाएका महिलाहरुलाई निःशुल्क सिपमुलक तालिम दिएर स्वरोजगार र रोजगार प्रदान गरेको छ ।
तालिममा सहभागी एकल, तथा पारिवाबाट तिरस्कृत बनेका, बाढि पीडित अपाङ्ग लगायत अन्य बिभिन्न कारणले दुःख पाएका महिलाहरुले तालिमसँगै रोजगारी समेत पाउन थालेपछि उनीहरुको जीवनमा समेत सुधार आएको अनुभव गरेका छन् ।

शुक्र, जेष्ठ १०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सालको पातको व्यापारले प्रभाव पारेको नाला बजार

एक समय थियो अनेकोटबाट सालको पात नाला बजार हुंदै भक्तपुरमा लैजान्थ्यो / अनेकोटका तामाङ्ग जातिले डोकोमा बोकेर ल्याउन्थे / दैनिक जसो ५०/६० भारी बोकेर ल्याउन्थे / छालाको नाम्लोले  बोकेर झन्डै ३० किलो मिटरको गह्रंगो भारी बोक्नुको कम्ताको दुख थिएन /तैपनि उनीहरुको मुस्कानमा खुशी नै भए...

बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा

काठमाडौं। कृषि विकास बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा भएको छ । खासमा यो निकालिएको रकम लुटको ‘मास्टरप्लान’को सानो हिस्सा मात्र थियो । लुटमा मुख्य ‘मास्टरमाइण्ड’ले नेपाली बैंकबाट पूरै ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले यो ‘मास्टरप्लान’लाई मुम्बइमा...

के गोंगबु विकृतिको केन्द्र बन्दै छ ?

श्रोतका अनुसार यसरी देहव्यापारमा लाग्नेहरु १५ देखि ४० वर्षसम्मका महिलाहरु रहेको पाइएको छ । होटेलवालासितको सम्पर्कको आधारमा ती महिलाहरु यस्तो कार्यमा लाग्छन् । काठमाडौंको टोखा नगरपालिकामा भौतिक विकास निमाणको काम तिब्रगतिमा भइरहेको छ । हरेक ठाउँमा राम्रो कामको विकास जुन गतिमा बढीरहेको हुन्छ, त्यहाँ नराम्रो कामले...

बैंकको विश्वास गर्दा सडकबास हुने भो

काठमाडौं । बैंकले जमान गरेअनुसार भुक्तानी नदिएका कारण मेरो सबै श्रीसम्पत्ति अहिले लिलामको प्रक्रियामा छ, मेरो सडकको बास हुँदै छ। ‘बैंक पनि साथी पनि’ भन्ने बैंकको भनाइ झूटो रहेछ। एनआईसी एसिया बैंकले मलाई १ करोड ६० लाख ऋण दिन्छु भन्यो। २०७५ साल साउनको कुरा हो। यसअघि...

पूर्व–पश्चिम रेलमार्ग : मध्यखण्डको डीपीआरमा अलमल

भदौ, काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्य खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन ढिलाइ भएको छ । चितवन राष्ट्रिय निकुञ्ज छल्ने गरी तयार पार्नुपर्ने निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआरका लागि अझै कम्पनी छनोटसमेत हुन सकेको छैन । यो खण्ड करिब १३६ किलोमिटरको हुनेछ । पथलैयाबाट हैटौंडा हुँदै चितवनको...

भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने

काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने भएका छन् । अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको होटल अब बिक्री हुने अन्तिम चरणमा पुगेको देखिन्छ । ३ करोड २९ लाख अमेरिकी डलर तोकिएको होटलको मूल्य तिर्नका लागि थापा तयार भएपछि...