खेलकुद

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदै


आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् ।

ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ । पाकिस्तानले हालै इंग्ल्याण्डसँग सिरिज गुमाएको पीडा बिर्सिएर विश्वकप सुरु गर्ने तयारीमा छ । अफगानिस्तानले पनि पाकिस्तानलाई कडा टक्कर दिने अपेक्षा गरिएको छ ।

यसैगरी आजै त्यसै समयमा कार्डिफमा दक्षिण अफ्रिका र श्रीलंका खेल्दैछन् ।

विश्वकपकोे उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका ३० तारिखमा खेल्नेछन् । आईसीसीले यस पटकदेखि विश्वकपका अभ्यास खेलको पनि प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । विश्वकपमा सहभागी १० टिमले लिग चरणमा सबैले सबैसँग प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणको खेल सकिएपछि शीर्ष चार टिमका बीचमा सेमिफाइनल र फाइनल खेल हुनेछ । सेमिफाइनलमा पहिलो र तेस्रो स्थानको टिम तथा दोस्रो र चौथो स्थानको टिमले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

शुक्र, जेष्ठ १०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भक्तपुरमा बक्सिङ खेलाडी गोसाई मृत भेटिइन्

काठमाडौं । सशस्त्र प्रहरी बलकोतर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ । झुण्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको भनिएको छ । शवलाई पोष्टमार्टमका...

बागमती प्रदेशस्तरिय तेक्वान्दो थ्री डान ग्रेडिङ सम्पन्न

काठमाडौ । नेपाल तेक्वान्दो संघको नियमित ग्रेडिङ कार्यक्रम अन्तर्गत नेपाल तेक्वान्दो संघ बागमती प्रदेश द्वारा ४६ औं ब्याजको तेस्रो डानको ग्रेडिङ गोठाटार तेक्वान्दो दोजाङ्गमा सम्पन्न भएको छ। बागमती प्रदेश भित्र रहेका १३ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सांसद मिनकृष्ण महर्जनको...

१९औँ एसियाली खेलकुद औपचारिक रूपमा चीनको हाङ्जाउमा भव्य र वातावरणमैत्री उद्घाटन

कोभिड-१९ महामारीका कारण २०२२ देखि स्थगित भएको १९औँ एसियाली खेलकुद औपचारिक रूपमा सेप्टेम्बर २३, २०२३ शनिबार चीनको हाङ्जाउमा भव्य र वातावरणमैत्री उद्घाटन समारोहका साथ सुरु भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले ८० हजार दर्शक र हजारौं कलाकारले खचाखच भरिएको हाङ्झाउ ओलम्पिक खेलकुद केन्द्र स्टेडियममा खेलहरू सुरू...

विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै

विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति...

घनामङ्गलको ब्याडमिन्टन भब्यरुपमा अगाडी बढ्दै

कागेश्वरी मनहरा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०७९ धमाधम भैरहेको छ। काठमाडौको कागेश्वोरी मनहरा अमरसिंह चोक मा संचालित यो प्रतियोगितामा २६ टीम सहभागी रहेका छन भने भेट्रान तर्फ ११ टीमले सहभागिता जनायको कुरा आयोजक घनामङ्गल युथ फोरम फर सोसाइटी ले जानकारी दिएको छ।हिजोदेखि सुरु भयको उक्त...

प्रथम मेयर कप दोस्रो पुरुष तथा महिला राष्ट्रब्यापी क्योकुशिनकाई कराते डो प्रतियोगिता भब्य रुपमा सम्पन्न

नाला इन्टरनेशनल क्योकुशिनकाई कराते डो को आयोजनामा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। प्रथम मेयर कप दोस्रो पुरुष तथा महिला राष्ट्रब्यापी कराँते प्रतियोगिता यहि मंशिर १७ र १८ गते काभ्रे बनेपा-४ नालामा सन्चालन भएको थियो । उक्त प्रतियोगिता मंशिर १७ गते उद्घाटन बनेपा नगरका मेयर लक्ष्मी नर्सिंह...