कला/मनोरञ्जन

धुर्मुसद्वारा कुलमान घिसिङसँग सहयोगको माग, समस्या समाधान गर्न घिसिङको निर्देशन


काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ ।

सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू समस्या समाधानको लागि तयार रहेको बताउनुभएको छ ।

उहाँले क्रिकेट रंगशाला आसपासको बिजुलीको भोल्टेज बढाएर रंगशाला निर्माणलाई सहज गरिदिन पहल पनि सुरु गर्नुभएको छ । घिसिङले धुर्मुसकै सामुन्ने चितवनका भार प्रेषण शाखाका प्रमुख सुरेश महतोलाई फोन गरेर समस्या समाधानको लागि निर्देशन पनि दिनुभएको छ ।

सोम, जेष्ठ १३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गोसाईकुण्डको यात्रानुभव गत शनिवार एक समारोहका बीच  विमोचित

जिन्दगी यात्राहरुको अनवरत श्रृंखला हो । आफ्नो जीवनकालमा सबै मानिसले थुप्रै स्थानको यात्रा गरेका हुन्छन् । ती मध्ये धेरैले यात्रालाई आफ्नो मानस्पटलमा मात्र राखेर सन्सारबाट बिदा लिन्छन केहीले भने सबैलाई अनुभूति बाँडेर पुण्य कमाउछन् ।  यस्तै यात्रा अनुभूति बाँडेर पुण्य कमाउने व्यक्तित्व हुन कृष्ण...

रोशन बुढाथोकीको जोडदार अभिनयमा नयाँ तीज गीत

“लजाउन लाहुरे” बोलको तीज गीत भर्खरै प्रकाशमा आएको छ /उक्त गीतमा रोशन बुढाथोकीको बेजोड अभिनयका साथै नारायण रिजाल ,शोभा भण्डारी र उषा गुरुङले साथ दिएका छन् /कल्पना गुरुङ र श्याम परियारको मिठो स्वारमा रहेको सो गीतको शब्द रचना कल्पना गुरुङ्गको रहेको छ /माला श्री रेकर्दिङ्ग...

चर्चा बटुल्दै बिनोद ढकालको ब्यङग्यत्मक गित टिकटक गरम आउ ।

अाफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो । म्युजिक ल्याब प्रा.लि.को प्रस्तुति विनोद ढकाल र बिमला कुमालको तिज गित~ गित:टिकटक गरम अाउ, लय/शब्द:विनोद ढकाल, स्वर: विनोद ढकाल र बिमला कुमाल, अभिनय: पवन खतिवडा(म्याकुरि), शुशिला निरौला( बिम्लि), रोमा बिष्ट,बिनोद अधिकारी, प्रकाश कटुवाल,राजु बोहरा,...

यम लिम्बुको सशक्त अभिनयले सुसजित “चन्चले नानी” बोलको गीत सार्वजनिक

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ ।   “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त...

सुध्रिए एण्टिना स्कुल स्कुलमा चेतनामूलक फिल्म देखाउदै

कुनै बेला टेलिसिरियलहरुमा एउटा पात्र खुब चर्चित थियोे । लामो टुप्पी भएका चर्चित हास्यकलाकार एण्टिनालाइ मोबाइल को टावर नआउदा सम्झनेहरु अहिले पनि छन् । उनको अभिनयले एक समय देशमा तहल्का पिटेको थियोे । स्वभाविक छ अहिले उनि के गर्दैछ्न एण्टिना भन्ने प्रश्न । पछिल्लो केही बर्ष...

अनामणिको शब्दमा नेपाल आइडल सेकेन्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत

  काठमाडौँ: नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन्...