अर्थ

भारतीय पक्षले च्यानल खोल्दा सप्तरीको हनुमाननगर एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर


काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर जस्तै बसेको छ । नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेपछि स्थानीयहरु परिवारसंगै सम्पर्क विहिन भएका छन ।

परियोजनाअन्तर्गतका बाँध नियन्त्रण एवं जल निस्सरण कार्यालय वीरपुरले सम्झौताविपरीत नेपाली भूभागमा बिनाजानकारी खनेको पाइलट च्यानलमा पानी छाड्डा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोवरगाढाको बस्तीमा स्थानीय पुरै थुनिएका छन् ।

कोसीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेका बेला परियोजनाका भारतीय अधिकारीले नेपाली पक्षलाई जानकारी नदिई पाइलट च्यानल खनेर पानी छाडेका हुन् ।

एकतर्फी रूपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छाडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका ९० परिवार बस्तीमै थुनिएका छन् ।

सोही नगरपालिका–१३ का वडाध्यक्ष विन्देश्वर यादवले अचानक पानी छाड्डा गाउँभन्दा बाहिर जान सक्ने अवस्था नरहेको बताए । ‘समान्य रूपमा पानी बगिरहेकाले डुंगा राखेर आवतजावत भइरहेको थियो, ‘उनले भने, ‘अचानक पानी छाड्डा डुंगासमेत बगाएर लगेको छ, अहिले गाउँमा कुनै समस्या भए अकालमै ज्यान पनि जान सक्छ ।’

हनुमाननगर कंकालनी नगरपालिका प्रमुख शेलेशकुमार साहले ३ वर्षदेखि कोसीको ५० ढोकामध्ये २८ नम्बरबाट पाइलट च्यानल खनेर कोसीलाई बीच बाटोबाट बगाउने भन्दै खन्दै आएको बताए । उनले भने, ‘भारतीय अधिकारीले नेपाली भूभाग डुबानमा पर्ने गरी पूर्वपट्टि खनिएको बालुवा थुपार्दे बहाव नै नेपालतिर बनाएको छ।’

लामो समयदेखि नेपाली भूभागमा निर्माण गरिएको पश्चिमी तटबन्धको मर्मत सम्भार नगरी पूर्वी तटबन्ध जोगाउन मात्र परियोजनाका कर्मचारी लागेको उनले बताए । वडाध्यक्ष विन्देश्वरका अनुसार अहिले त्यहाँका बासिन्दा पौडेर बस्तीतर्फ आवतजावत गर्छन । पाइलट च्यानलमा ७० किलोमिटर प्रतिघण्टाका दरले पानीको बहाव रहेको स्थानीय बताउँछन् । नेपालतर्फको तटबन्ध भने ३ दशकदेखि मर्मत–सम्भार भएको छैन ।

कोसी सम्झौताअनुसार नै कोसीको नेपाल भू–भागमा हुने कामको जानकारी दिन र लेखाजोखा गर्न सन् १९५५ मा नेपालमा दुई सम्पर्क कार्यालय स्थापना गरिएको थियो । तर, विराटनगरमा रहेको सम्पर्क कार्यालयको जानकारीबिना परियोजनाका भारतीय अधिकारीहरूले काम गर्ने गरेको पाइएको छ । सम्झौताको बुँदा नम्बर १४ मा नेपाल भूभागमा काम गर्दा नेपालको सार्वभौम अक्षुण्ण राखी काम गर्नुपर्ने उल्लेख छ ।

विहारको भीमनगरदेखि दक्षिण करिब १५ किमि रहेको कोसी स्पर नम्बर २०५० देखि अगाडि कोसीको बहाव पूर्वीतटबन्धमा छोएको छ । कोसीको प्राकृतिक बहाव १० वर्षदेखि पूर्वीतटबन्धलाई छोएर बग्दै छ ।

कोसीमा पानीको बहाव बढे सो स्थानमा खतरा हुने भन्दै परियोजनाले त्यहाँ युद्धस्तरमा मर्मत सम्भार गर्दै आएको छ । त्यहाँ बाँधमा कटान भए विहारको सुपौल, अररिया, पूर्णिया, मधेपुरासहित आसपासका बाढी पसेर ठूलो धनजनको क्षति हुने देखिन्छ । त्यसकारण पानीको बहाव पश्चिमी तटबन्धतर्फ योजनाबद्ध रूपमा पाइलट च्यानल बनाएर मोड्ने गरेको बताइएको छ ।

पश्चिमी तटबन्धतर्फ पानीको बहाव बढे नेपालतर्फको चार स्थानीय तहमा कोसीको पानी पस्छ । हनुमाननगर कंकालनी नगरपालिकाका मेयर शैलेन्द्र साहका अनुसार पश्चिमी तटबन्धतिर पानीको बहाव बढे नेपालको हनुमाननगर कंकालनी नगरपालिकाका अधिकांश वडासहित कोइलारी तिलाठी नगरपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिका जोखिममा पर्नेछ ।

बिहि, जेष्ठ १६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यूवराज खतिवडाको ग्राण्ड डिजाईनमा डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लगाएका सतही आरोपहरुको छानविन गठित समितिका सदस्यले राजीनामा दिए।

अर्थमन्त्री डा. यूवराज खतिवडाको ग्राण्ड डिजाईनमा डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सरकारले लगाएका सतही आरोपहरुको छानविन गठित समितिका सदस्य रामजी रेग्मीले १६ दिनपछि राजीनामा दिएका छन् । सरकारले डेपुटी गभर्नर श्रेष्ठ बिरुद्ध तथ्यबिहीन आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई छानविन गर्न निर्देशन दिएको थियो । गत कार्तिक...

भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास

भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)बीच सहमति भएको छ । करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन...

नेपालको हिटलरले पोलीग्राफ परिक्षण गर्न अस्वीकार

बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँटाभटामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्। ‘हामीले पोलिग्राफ टेस्ट गर्न उहाँको सहमती खोजेका थियौं तर उहाँले मान्नु भएन’, प्रहरी  भन्यो। यसलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा...

सालको पातको व्यापारले प्रभाव पारेको नाला बजार

एक समय थियो अनेकोटबाट सालको पात नाला बजार हुंदै भक्तपुरमा लैजान्थ्यो / अनेकोटका तामाङ्ग जातिले डोकोमा बोकेर ल्याउन्थे / दैनिक जसो ५०/६० भारी बोकेर ल्याउन्थे / छालाको नाम्लोले  बोकेर झन्डै ३० किलो मिटरको गह्रंगो भारी बोक्नुको कम्ताको दुख थिएन /तैपनि उनीहरुको मुस्कानमा खुशी नै भए...

बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा

काठमाडौं। कृषि विकास बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा भएको छ । खासमा यो निकालिएको रकम लुटको ‘मास्टरप्लान’को सानो हिस्सा मात्र थियो । लुटमा मुख्य ‘मास्टरमाइण्ड’ले नेपाली बैंकबाट पूरै ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले यो ‘मास्टरप्लान’लाई मुम्बइमा...

के गोंगबु विकृतिको केन्द्र बन्दै छ ?

श्रोतका अनुसार यसरी देहव्यापारमा लाग्नेहरु १५ देखि ४० वर्षसम्मका महिलाहरु रहेको पाइएको छ । होटेलवालासितको सम्पर्कको आधारमा ती महिलाहरु यस्तो कार्यमा लाग्छन् । काठमाडौंको टोखा नगरपालिकामा भौतिक विकास निमाणको काम तिब्रगतिमा भइरहेको छ । हरेक ठाउँमा राम्रो कामको विकास जुन गतिमा बढीरहेको हुन्छ, त्यहाँ नराम्रो कामले...